२०८२, ३ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

ओखलढुङ्गा - OKL

एमालेले ततायो रुम्जाटार (फोटो फिचर सहित)

२०७४, १८ जेष्ठ बिहीबार ०१:११

ओखलढुंगा- नेकपा एमालेले ओखलढुंगाका सबै स्थानीय तहमा उम्मेदवार तय गरेको छ । एक नगरपालिका र सात गाउँपालिकासहित आठ स्थानीय तहमा एमालेले उम्मेदवार टुंग्याएको हो । जिल्ला र स्थानीय तहमा सहमति नजुटेपछि एक प्रमुख र तीन जना उपप्रमुखको उम्मेदवारी भने एमालेको प्रदेश कमिटीले टुंगो लगाएको छ । अन्य तहका सबै उम्मेदवारहरु स्थानीय तहमै छनौट भएका हुन् । 


एमालेले शनिवार रुम्जाटारमा एक कार्यक्रमका बिच सिद्धिचरण नगरपालिका भित्रका उमेद्वार घोषणा गरेको छ । एमाले महासचिव इश्वर पोख्रेलको प्रमुख आतिथ्यतामा भव्य कार्यक्रम गरेर एमालेले नगरपालिका भित्रका उमेद्वारहरुको नाम घोषणा गरेको हो । नगरपालिको प्रमुखमा मोहनकुमार श्रेष्ठ र उपप्रमुखमा इच्छा गुरुङ सहित १२ वटा वडामा ५ जनाका दरले ६० जना समेत गरेर ६२ जनाको उमेद्वारी घोषणा गरिएको हो ।


उमेद्वारी घोषणा सभामा कांग्रेस,माओवादी र अन्य पार्टीबाट ३ सय ५० भन्दा बढि स्थानीय एमालेमा प्रवेश गरेका छन् । उनिहरुलाई एमाले महासचिव इश्वर पोख्रेलले खादा र अविर लगाएर पार्टीमा प्रवेश गराउनुभएको एमाले सिद्धिचरण नगर कमिटि अध्यक्ष मेखबहादुर खड्काले जानकारी दिनुभयो । उहाँका अनुसार प्रवेश गर्नेमा माओवादी केन्द्रका उमेद्वार,कांग्रेसका गाउँ कार्यसमितिका उपसभापति सहितका रहेका छन् । 

माओवादी केन्द्रका उम्मेदवार एमालेमा प्रवेश

ओखलढुंगामा नेकपा माओवादी केन्द्रका उम्मेदवार नै एमालेमा प्रवेश गरेका छन् । सिद्धिचरण नगरपालिका वडा नं. ५ का वडा सदस्यका उम्मेदवार थकप्रसाद दाहाल एमालेमा प्रवेश गर्नुभएको हो । 

दाहालसहित माओवादी केन्द्र र कांग्रेसका केही नेताहरु एमालेमा प्रवेश गरेका छन् । एमाले महासचिव ईश्वर पोखरेलले सिद्धिचरण नगरपालिकाबाट एमाले उम्मेदवारहरु घोषणा गर्दै पार्टी प्रवेश गराउनुभएको हो । माओवादी केन्द्रको धोकापूर्ण राजनीतिले आफू एमालेमा प्रवेश गरेको माओवादी केन्द्रका उम्मेदवार दाहालले बताउनुभयो । आफू अब उम्मेदवार नबन्ने र यस अघि नै घोषित एमालेका उम्मेदवारलाई जिताउन लागि पर्ने उहाँले बताउनुभयो ।


नेपाली कांग्रेसका वडा  सभापति, उपसभापति र तरुण दलका सचिवलगायत सिद्धिचरण नगरपालिकाको रुम्जाटारमा वडा नं. ४ का विभिन्न पार्टीबाट तीन सय २५ जना एमालेमा प्रवेश गरेको एमाले जिल्ला सचिव शंकर कट्वालले बताउनुभयो ।

कार्यक्रमलाई सम्बोधन गर्दै एमाले महासचिव पोख्रेलले एमाले देशको पहिलो शक्ति बन्ने दावी गर्नुभयो । पहिलो चरणको निर्वाचनमा एमालेले धेरै स्थानीय तहमा विजयी गरिसकेकाले दोस्रो चरणमा हुने निवार्चनमा पनि एमाले पहिलो शक्तिका रुपमा स्थापीत हुने दावी गर्नुभयो । उहाँले एमालेका राम्रा कुरा जनतामाझ पुर्याउन नसकेका कारण अझै पनि माओवादी र कांग्रेसलाई मतदाताले मत दिईरहेको भन्दै आफ्नो पार्टीका राम्रा कुरा तल्लो तह सम्म पुर्याउन कार्यकर्तालाई निर्देशन दिनुभयो । 

एमाले केन्द्रिय सदस्य तथा जिल्ला ईन्चार्ज सांसद यज्ञराज सुनुवारले ओखलढुंगे जनताहरुले एमालेको विकल्प रहेको बताएको भन्दै जिल्लाका सबै ठाँउमा एमालेले जित्ने दावी गर्नुभयो । उहाँले विवाद रहित तरिकाले उमेद्वार टुंगो लगाएको भन्दै पार्टीको सबै शक्तिले एमालेको विजयी यात्रालाई सफलतामा पुर्याउने जिकिर गर्नुभयो ।


एमाले जिल्ला कमिटि अध्यक्ष मोहन श्रेष्ठले पनि सहमतीमा उमेद्वार टुंगो लगाएको भन्दै नगरपालिका सहित सबै पालिका जित्ने दावी गर्नुभयो । एमालेले सबै पदमा उमेद्वारबारे निर्णय गरिसकेको छ ।  

यी हुन् एमाले ओखलढुंगाका प्रमुख र उपप्रमुख उम्मेदवार


सिद्धिचरण नगरपालिकाः प्रमुखः मोहनकुमार श्रेष्ठ र उपप्रमुखः इच्छा गुरुङ ।

चिसंखुगढी गाउँपालिकाः प्रमुखः भीमबहादुर थापा मगर र उपप्रमुखः सुष्मा राई ।

मोलुङ गाउँपालिकाः प्रमुखः मणिराज राई र उपप्रमुखः हेमकला धमला ।

खिजीदेम्वा गाउँपालिकाः प्रमुखः लाक्पा गेल्बु शेर्पा र उपप्रमुखः पार्वती रोक्का ।

लिखु गाउँपालिकाः प्रमुखः गोविन्द पौडेल र उपप्रमुखः शान्ता ढुंगेल ।

चम्पादेवी गाउँपालिकाः प्रमुखः हरि घिमिरे र उपप्रमुखः कल्पना थापा ।

मानेभञ्ज्यांङ गाउँपालिकाः प्रमुखः रुपलाल तामाङ र उपप्रमुखः भावना राई ।

सुनकोसी गाउँपालिकाः प्रमुखः ज्ञानवबहदुर खड्का (जिवी) र उपप्रमुखः मुना श्रेष्ठ ।

शनिवार दिनभर रुम्जाटारमा एमालेमा प्रवेश गर्नेहरुको लहर चलेको थियो । पार्टी प्रवेश गरेकाहरुलाई छलफल पछि क्षमताका आधारमा जिम्मेवारी दिईने एमाले आथिर्क विभाग प्रमुख अम्बिरबाबु गुरुङले बताउनुभयो ।


रुम्जाटार एमाले मय भएको दावी गर्दै गुरुङले अन्य पार्टीहरुले उमेद्वार नै नपाइरहेको टिप्पणी गर्नुभयो । नेता गुरुङले एमाले महासचिव पोख्रेलले जिल्लाको विकासका लागि खेलेको भूमिकाको समेत चर्चा गर्नुभयो । कार्यक्रममा कलाकारहरुले मनोरञ्जन समेत दिलाएका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी पुस्तक जलाएको घटनाको छानबिन गरी कारबाही गर्न गृह मन्त्रालयको निर्देशन १३ अंकले बढ्यो नेप्से सरकारी तलब, भत्ता तथा सेवा–सुविधा नलिने रास्वपा सांसद सुदन गुरुङको घोषणा इनिशा बिक हत्या प्रकरणका दोषीलाई कारबाहीको माग गर्दै काठमाडौँमा खबरदारीसहित प्रदर्शन क्यानडा पठाउने भन्दै रकम ठगी गर्ने एक जना महिला पक्राउ भ्रष्टाचारको अन्त्य र सुशासन कायम गरेर देखाउनुपर्ने आवश्यकता छ : डीपी अर्याल ओलीलाई समवेदना दिन गुन्डु पुगे उपराष्ट्रपति यादव रास्वपाको अभिमुखीकरण कार्यक्रममा रवि र बालेन अनुपस्थित सवारी दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु इनिशा बिक हत्या प्रकरण : फरेन्सिक रिपोर्टको पर्खाइमा प्रहरी दार्चुला केन्द्रविन्दु भएर भूकम्प सुनचाँदीको मूल्य बढ्यो नेपालको सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब पुग्यो रवि लामिछानेमाथिको रिटको सुनुवाइ आज पनि ‘हेर्दाहेर्दै’मा १ करोड १६ लाख नगदसहित नागार्जुनबाट दुई हुन्डी कारोबारी पक्राउ