६ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘घरझगडाको निहुँमा एमालेले संसद अवरोध गर्न बेर छैन’

१८ जेष्ठ २०७४, बिहीबार १२:५९


जेठ १८, काठमाडौं । प्रमुख दल नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवम् सांसद मीन विश्वकर्माले भरतपुर महानगरपालिकामा मतपत्र च्यातिएको विषयलाई लिएर एमालेले संसद अवरुद्ध गर्नु गलत भएको टिप्पणी गरेका छन् । उनले निर्वाचन आयोग यसबारेमा निर्णय लिन स्वतन्त्र भएकोले यसमा कसैले हल्ला गरेर केही नहुने स्पष्ट पारे ।

बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता विश्वकर्माले निर्वाचन ऐन, निर्देशिका र आचारसंहिताले यसबारेमा प्रष्ट रुपमा व्यवस्था गरेकोले मतदान अधिकृतले निर्णय तुरुन्त पूनः मतदान गर्नुपर्ने बताए । उनले भने,‘मतदान अधिकृतले नयाँ मिति, स्थान र समय तोक्न सक्ने व्यवस्था छ।’

उनले मतदान अधिकृत किन आँत्तिएको भन्दै प्रश्न समेत गरे । विश्वकर्माले भने,‘मतदान अधिकृत किन आत्तिनुभएको हो ? उहाँले आत्तिएर समिति बनाउनुभयो, एमालेले संसद अवरुद्ध गर्यो भनेर डराउनुभएको होला ।’ उनले संसद अवरुद्ध एमालेले गर्नुभन्दापनि अब आफूहरुले गर्नुपर्ने बेला आएको बताए ।

विश्वकर्माले निर्वाचन आयोग संवैधानिक अंग भएकोले यसबारेमा निर्णय लिन आयोग स्वतन्त्र रहेको समेत स्पष्ट पारे । उनले मुलुक पछिल्लो समय लहडमा चलेको समेत गुनासो पोखे । उनले भने,‘एमालेका साथीहरु खासगरी वुद्धिजीवी साथीहरुले फेसबुकमा र टिव्टरमा लेखिहाल्नुहुन्छ, म भन्छु देश अहिले लहडमा चलेको छ, देश भावनामा चल्दैछ।’

उनले पद्धती, विधि र संविधानलाई सबैले स्विकानुपर्ने बताउँदै भने,‘एमाले अहिले उल्टो बाटोमा हिडिँरहेको छ।’ भरतपुर महानगरपालिकाको घट्नालाई नौलो रुपमा लिन नहुने समेत उनले बताए । उनका अनुसार ०५४ को स्थानीय तहको निर्वाचनमा कन्चटमा पेस्टोल तेर्साएर समेत मतपत्र च्यातेका घट्नाहरु घटेका उदाहरण सुनाए । उनले भने,‘त्यतिवेला हामीले ५८ नगरपालिकामा जम्मा कांग्रेसले ९ वटामा मात्रै विजयी हाँसिल गरेको थियो, तर हामीले परिणाम स्विकार्यौं।’

उनले एमालेले भरतपुर घट्नालाई लिएर संसद अवरुद्ध गरेको घट्नालाई विगतमा जे हुँदापनि चक्काजाम गर्ने चलन दोहोर्याउन खोजेको आरोप लगाए । उनले भने,‘कुन बेला एमालेले कमरेडको घरमा झगडा भयो भनेर संसद अवरोध गर्न बेर छैन ?’ उनले आफूले संसद अवरुद्ध गरेको विषयमा एमालेका दोस्रो वरियताक्रमका नेताहरुसँग कुरा समेत गरेको सुनाएँ । उनले गेम हार्नेले ग्राउण्ड नै भत्काउने काम गर्न नहुने समेत सुझाए ।

उनले केही दिनभित्रै प्रधानमन्त्री चयनको लागि निर्वाचन तालिका सार्वजनिक हुने समेत जानकारी दिए । उनले भने,‘सभामुखज्यूले प्रधानमन्त्री चयनको कार्यसूचि सार्वजनिक गनुहुनेछ।’ उनले अबको चार दिनभित्र प्रधानमन्त्री चयन हुने समेत दाबी गरे । माओवादी केन्द्रको समर्थन रहेकोले कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने सुनिश्चित रहेको स्पष्ट पारे । उनले भने,‘अहिले हाम्रो पक्षमा ३ सय छ ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केपी शर्मा ओली र बालेन शाह आज झापा जाँदै सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का