२०८२, ४ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

चुनावमा घात गरेको भन्दै एमाले सल्यानले गर्यो आफ्नै कार्यकर्तालाई कारबाहि

२०७४, १८ जेष्ठ बिहीबार १३:०७

खकेन्द्र केसी/जेठ १८ सल्यान । नेकपा एमाले सल्यानले चुनावमा पार्टी बिरोधि गतिविधि गरेको भन्दै २ जना केन्द्रीय कमिटी सदस्य, २ जना प्रदेश कमिटी  सदस्य र अन्य १६ जना जिल्ला कमिटी सदस्यहरुलाई लाई कारबाही गरेको छ । 

कारबाहि पर्नेहरुमा प्रदेश कमिटी सदस्य उदय बहादुर बोहोरा र सान्ता हमाल पनि परेका छन् । पार्टीकै नेता शहरी विकास विभाग सदस्य इन्द्र शर्मा, विज्ञान तथा प्रविधि विभाग सदस्य योवन प्रकास श्रेष्ठ पनि रहेका छन । उनिहरुलाई पार्टीको साधरण सदस्य समेत नहुने गरी कारबाहीका लागि केन्द्रमा पठाएको एमाले सल्यानले जनाएको छ । 

त्यस्तै बागी उमेदार भएर पार्टीलाई घात पुर्याएको भन्दै कारबाही पर्नेमा जिल्ला कमिटी सदस्यहरु सुसिला गिरी, ज्ञान प्रसाद शर्मा, कालो सार्कि, मोहन लाल कवर, जगत न्यौपाने, सन्तोस कुमार राई, जीवन सिंह ठकुरी रहेका छन् । 

पार्टी विरोधी काम गर्ने अन्य ९ जनालाई भने स्पष्टीकरणका लागि १५ दिनको समय दिएको एमाले सल्यानका अध्यक्ष गोविन्द पुनले बताएका छन् । केही दिन अघि पार्टीको बसेको बैठकले सो कुराको निर्णय गरेर आज पत्रकार संमेलन गरेर जानकारी दिएको हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी पुस्तक जलाएको घटनाको छानबिन गरी कारबाही गर्न गृह मन्त्रालयको निर्देशन १३ अंकले बढ्यो नेप्से सरकारी तलब, भत्ता तथा सेवा–सुविधा नलिने रास्वपा सांसद सुदन गुरुङको घोषणा इनिशा बिक हत्या प्रकरणका दोषीलाई कारबाहीको माग गर्दै काठमाडौँमा खबरदारीसहित प्रदर्शन क्यानडा पठाउने भन्दै रकम ठगी गर्ने एक जना महिला पक्राउ भ्रष्टाचारको अन्त्य र सुशासन कायम गरेर देखाउनुपर्ने आवश्यकता छ : डीपी अर्याल ओलीलाई समवेदना दिन गुन्डु पुगे उपराष्ट्रपति यादव रास्वपाको अभिमुखीकरण कार्यक्रममा रवि र बालेन अनुपस्थित सवारी दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु इनिशा बिक हत्या प्रकरण : फरेन्सिक रिपोर्टको पर्खाइमा प्रहरी दार्चुला केन्द्रविन्दु भएर भूकम्प सुनचाँदीको मूल्य बढ्यो नेपालको सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब पुग्यो रवि लामिछानेमाथिको रिटको सुनुवाइ आज पनि ‘हेर्दाहेर्दै’मा १ करोड १६ लाख नगदसहित नागार्जुनबाट दुई हुन्डी कारोबारी पक्राउ