कमल पौडेल | जेठ १८, खर्वाङ | मुसिकोट गाउँपालिकाको वडा नं. ७ मा नेकपा एमाले र राष्ट्रिय जनमोर्चा विच चुनावी तालमेल भएको छ । नेकपा एमाले संगठन कमिटिका अध्यक्ष गोपिकृष्ण खरेल र राष्ट्रिय जनमोर्चाका वडा समिति सचिव सुन्दर प्रधानले संयुक्त रुपमा जारी गरेको वक्तव्यमा जनताको पक्षमा काम गरी समाजलाई रुपान्तरण गर्दै समाजवादको तहसम्म पुर्याउन चुनावी तालमेल गरेको वताइएको छ ।
तालमेल अनुसार वडा अध्यक्ष र ३ सदस्य एमालेले पाउने र १ सदस्य जनमोर्चाले पाउने भएका छन् भने सवैको चुनाव चिन्ह सुर्य हुने विज्ञप्तीमा उल्लेख गरिएको छ।