२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

इलाम - ILM

इलाममा माओवादी केन्द्रले उम्मेदवारी टुङ्गो लगायो

१९ जेष्ठ २०७४, शुक्रबार ०७:१७

जेठ १९, इलाम । आसन्न दोस्रो चरणको स्थानीय तहको निर्वाचनका लागि नेकपा माओवादी केन्द्रले यहाँका १० वटा स्थानीय तहमा प्रमुख र उपप्रमुखको उम्मेदवारको टुङ्गो लगाएको छ ।

माओवादी केन्द्र इलाम जिल्ला कार्यालय सचिव जीवन शर्माका अनुसार चार नगरपालिका र छवटा गाउँपालिकामा उम्मेदवार टुङ्गो लागेको हो । उम्मेदवारी घोषणासँगै प्रमुख, उपप्रमुख, वडाध्यक्ष तथा सदस्यका साथै कार्यकर्ता चुनावी प्रचारप्रसारका लागि गाउँ–गाउँ पस्न थालेका छन् । माओवादीले ८१ वटा वडामा वडाध्यक्ष र सदस्यको उम्मेदवारी यसअघि नै घोषणा गरिसकेको छ ।

माओवादी केन्द्रले सन्दकपुर गाउँपालिकाको अध्यक्षमा प्रेम नाछिरिङ राई र उपाध्यक्षमा भूमिका तामाङ, माईजोगमाई गाउँपालिकाको अध्यक्षमा देवी शिवाकोटी र उपाध्यक्षमा सङ्गीता थामी, सूर्योदय नगरपालिकाको प्रमुखमा छवि राई र उपप्रमुखमा टीका घिमिरे (राई)को उम्मेदवारी घोषणा गरेको हो ।

यसैगरी, रोङ गाउँपालिकाको अध्यक्षमा नवराज कट्टेल र उपाध्यक्षमा अञ्जना लेप्चा, माई नगरपालिकाको प्रमुखमा भक्त लुङ्गेली र उपप्रमुखमा रञ्जना थापा, चुलाचुली गाउँपालिकाको अध्यक्षमा तुला लावती र उपाध्यक्षमा धनमाया पोखरेलको उम्मेदवारी घोषणा भएको हो ।

यस्तै, फाकफोकथुम गाउँपालिकाको अध्यक्षमा राजकुमार थापा र उपाध्यक्षमा लक्ष्मी मुखिया, देउमाई नगरपालिकाको प्रमुखमा रामकुमार राई र उपप्रमुख शान्ता बस्नेत तथा इलाम नगरपालिका प्रमुखमा छविलाल आचार्य (प्रभाष) र उपप्रमुखमा प्रेमकुमारी गुरुङको उम्मेदवारी घोषणा भएको हो ।

माङसेबुङ गाउँपालिकामा भने अध्यक्ष र उपाध्यक्षको उम्मेदवार अझै घोषणा गर्न नसकिएको माओवादी केन्द्रले जनाएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त…