दलसिंह गिरी | जेठ १९, कालिकोट | फेसबुके हतियार प्रयोग गरि एक जनप्रतिनिधिको चरित्र हत्या गरिएको छ । पार्टीको आन्तरिक बसाईको शिलशिलामा जिल्ला सदरमुकाम मान्म खाडाचक्र आउनु"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... दलसिंह गिरी | जेठ १९, कालिकोट | फेसबुके हतियार प्रयोग गरि एक जनप्रतिनिधिको चरित्र हत्या गरिएको छ । पार्टीको आन्तरिक बसाईको शिलशिलामा जिल्ला सदरमुकाम मान्म खाडाचक्र आउनु"/>
२०८२, ४ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

यसरी भयो – फेसबुके हतियारले गाउँपालिका प्रमुखको चरित्र हत्या

२०७४, १९ जेष्ठ शुक्रबार ०७:४०

दलसिंह गिरी | जेठ १९, कालिकोट | फेसबुके हतियार प्रयोग गरि एक जनप्रतिनिधिको चरित्र हत्या गरिएको छ । पार्टीको आन्तरिक बसाईको शिलशिलामा जिल्ला सदरमुकाम मान्म खाडाचक्र आउनु भएका कालिका गाउपालिकाका प्रमुख खडानन्द चौलागाईको चरित्र हत्या गरिएको हो । 

यहि बैशाख ३१ गते भएको स्थानीय तहको निर्वाचनमा नेकपा एमालेबाट गाउपालिका प्रमुख निर्वाचित हुनु भएका चौलागाई  एमाले पार्टीको आन्तरिक बसाईको शिलशिलमा पार्टी कार्यालयमा आई पल्टीएको अवस्थामा सुनुयोजित तरिकाले मोबाइलमा फोटो खिचि फेसबुकमा अपलोड गरी चौलागाईको ब्यक्तिगत चरित्र तथा पदिय दायित्व माथि आच आउने किसिमका कमेन्ट पोष्ट हुदै अहिले फोटो सामाजिक संजालमा भाइरल बनेको छ ।

एमाले पार्टी कार्यालयमा विशेष बसाईको शिलशिलामा पार्टीका केहि जिम्मेवार ब्यक्तित्वको समयमै अनुउपस्थितिका कारण केही उपस्थित साथीहरु संगैको हासो ठट्टा गर्दै पल्टिरहेका बेला केही आफ्नै सहकर्मी साथीहरुले फोटो खिचि सामाजिक संजालमा हालेर आफ्नो चरित्र हत्या गर्ने प्रयास गरेको कालिका गाउपालिका प्रमुख चौलागाईले बताउनु भएको छ । 

पत्रकारिता पेशाबाटै सामाजिक क्षेत्रमा होमी सामाजिक क्षेत्रमै बेग्लै पहिचान बनाउनु भएका चौलागाई राजनैतिक क्षेत्रबाट जनप्रतिनिधि चुनिए संगै केही अराजक ब्यक्तित्वहरुले चौलागाईको चरित्र हत्या गर्ने काम गरेको हुरेन्डेकका उपाध्यक्ष विरेन्द्र बुढाले बताउनु भएको छ । चौलागाई संग विगत १ दशक देखि सामाजिक क्षेत्रमा संगै काम गर्दै गर्दाको बानी ब्यहोरा बताउदै बुढाले जाड, रक्सी, चुरोट जस्ता पदार्थ सेवन नगर्ने चौलागाईलाई दिउसै रक्सी खाएर कार्यकक्षमा सुतेको भन्दै केही अराजकहरुले मित्थ्या आरोप लगाई चरित्र हत्या गर्ने काम गरेको आरोप लगाउनु भएको छ । 

चौलागाईको विषयलाई लिएर अनलाईनमा आएका समाचार प्रति इंकित गर्दै बुढाले केही साथीहरुका कारण प्रविधिको विकास संगै पछिल्लो चरण छिटो छरितो र प्रभावकारी मिडियाको रुपमा विकास भैरहेको अनलाईन मिडियाको विश्वसनीयता माथि आच आउने भ्रमित समाचारहरु पब्लिष्ट हुने गरेको बताउनु भएको छ । कुनैपनि घटनाको प्रकृति र यथार्थता नबुझि पत्रकार साथीहरुले फेसबुक जस्ता समाजिक संजालमा पोष्ट भएका विषयलाई समाचार बनाएर श्रोता तथा पाठकहरुलाई थप भ्रमित बनाउने काम भएको आरोप लगाउनु भएको छ । 

कुनै घटनाको यथार्थताको गहिराइमा नपुगी केही पत्रकार साथीहरुले भ्रमित समाचार पब्लिष्ट गर्दा विशुद्ध अनलाईन पत्रकारीता गर्ने मिडियाका साथीहरुलाई ठूलो समस्याका साथै चुनौति थपिएको बुढाले बताउनु भएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी पुस्तक जलाएको घटनाको छानबिन गरी कारबाही गर्न गृह मन्त्रालयको निर्देशन १३ अंकले बढ्यो नेप्से सरकारी तलब, भत्ता तथा सेवा–सुविधा नलिने रास्वपा सांसद सुदन गुरुङको घोषणा इनिशा बिक हत्या प्रकरणका दोषीलाई कारबाहीको माग गर्दै काठमाडौँमा खबरदारीसहित प्रदर्शन क्यानडा पठाउने भन्दै रकम ठगी गर्ने एक जना महिला पक्राउ भ्रष्टाचारको अन्त्य र सुशासन कायम गरेर देखाउनुपर्ने आवश्यकता छ : डीपी अर्याल ओलीलाई समवेदना दिन गुन्डु पुगे उपराष्ट्रपति यादव रास्वपाको अभिमुखीकरण कार्यक्रममा रवि र बालेन अनुपस्थित सवारी दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु इनिशा बिक हत्या प्रकरण : फरेन्सिक रिपोर्टको पर्खाइमा प्रहरी दार्चुला केन्द्रविन्दु भएर भूकम्प सुनचाँदीको मूल्य बढ्यो नेपालको सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब पुग्यो रवि लामिछानेमाथिको रिटको सुनुवाइ आज पनि ‘हेर्दाहेर्दै’मा १ करोड १६ लाख नगदसहित नागार्जुनबाट दुई हुन्डी कारोबारी पक्राउ