दलसिंह गिरी | जेठ १९, कालिकोट | फेसबुके हतियार प्रयोग गरि एक जनप्रतिनिधिको चरित्र हत्या गरिएको छ । पार्टीको आन्तरिक बसाईको शिलशिलामा जिल्ला सदरमुकाम मान्म खाडाचक्र आउनु"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... दलसिंह गिरी | जेठ १९, कालिकोट | फेसबुके हतियार प्रयोग गरि एक जनप्रतिनिधिको चरित्र हत्या गरिएको छ । पार्टीको आन्तरिक बसाईको शिलशिलामा जिल्ला सदरमुकाम मान्म खाडाचक्र आउनु"/>
६ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

यसरी भयो – फेसबुके हतियारले गाउँपालिका प्रमुखको चरित्र हत्या

१९ जेष्ठ २०७४, शुक्रबार ०७:४०

दलसिंह गिरी | जेठ १९, कालिकोट | फेसबुके हतियार प्रयोग गरि एक जनप्रतिनिधिको चरित्र हत्या गरिएको छ । पार्टीको आन्तरिक बसाईको शिलशिलामा जिल्ला सदरमुकाम मान्म खाडाचक्र आउनु भएका कालिका गाउपालिकाका प्रमुख खडानन्द चौलागाईको चरित्र हत्या गरिएको हो । 

यहि बैशाख ३१ गते भएको स्थानीय तहको निर्वाचनमा नेकपा एमालेबाट गाउपालिका प्रमुख निर्वाचित हुनु भएका चौलागाई  एमाले पार्टीको आन्तरिक बसाईको शिलशिलमा पार्टी कार्यालयमा आई पल्टीएको अवस्थामा सुनुयोजित तरिकाले मोबाइलमा फोटो खिचि फेसबुकमा अपलोड गरी चौलागाईको ब्यक्तिगत चरित्र तथा पदिय दायित्व माथि आच आउने किसिमका कमेन्ट पोष्ट हुदै अहिले फोटो सामाजिक संजालमा भाइरल बनेको छ ।

एमाले पार्टी कार्यालयमा विशेष बसाईको शिलशिलामा पार्टीका केहि जिम्मेवार ब्यक्तित्वको समयमै अनुउपस्थितिका कारण केही उपस्थित साथीहरु संगैको हासो ठट्टा गर्दै पल्टिरहेका बेला केही आफ्नै सहकर्मी साथीहरुले फोटो खिचि सामाजिक संजालमा हालेर आफ्नो चरित्र हत्या गर्ने प्रयास गरेको कालिका गाउपालिका प्रमुख चौलागाईले बताउनु भएको छ । 

पत्रकारिता पेशाबाटै सामाजिक क्षेत्रमा होमी सामाजिक क्षेत्रमै बेग्लै पहिचान बनाउनु भएका चौलागाई राजनैतिक क्षेत्रबाट जनप्रतिनिधि चुनिए संगै केही अराजक ब्यक्तित्वहरुले चौलागाईको चरित्र हत्या गर्ने काम गरेको हुरेन्डेकका उपाध्यक्ष विरेन्द्र बुढाले बताउनु भएको छ । चौलागाई संग विगत १ दशक देखि सामाजिक क्षेत्रमा संगै काम गर्दै गर्दाको बानी ब्यहोरा बताउदै बुढाले जाड, रक्सी, चुरोट जस्ता पदार्थ सेवन नगर्ने चौलागाईलाई दिउसै रक्सी खाएर कार्यकक्षमा सुतेको भन्दै केही अराजकहरुले मित्थ्या आरोप लगाई चरित्र हत्या गर्ने काम गरेको आरोप लगाउनु भएको छ । 

चौलागाईको विषयलाई लिएर अनलाईनमा आएका समाचार प्रति इंकित गर्दै बुढाले केही साथीहरुका कारण प्रविधिको विकास संगै पछिल्लो चरण छिटो छरितो र प्रभावकारी मिडियाको रुपमा विकास भैरहेको अनलाईन मिडियाको विश्वसनीयता माथि आच आउने भ्रमित समाचारहरु पब्लिष्ट हुने गरेको बताउनु भएको छ । कुनैपनि घटनाको प्रकृति र यथार्थता नबुझि पत्रकार साथीहरुले फेसबुक जस्ता समाजिक संजालमा पोष्ट भएका विषयलाई समाचार बनाएर श्रोता तथा पाठकहरुलाई थप भ्रमित बनाउने काम भएको आरोप लगाउनु भएको छ । 

कुनै घटनाको यथार्थताको गहिराइमा नपुगी केही पत्रकार साथीहरुले भ्रमित समाचार पब्लिष्ट गर्दा विशुद्ध अनलाईन पत्रकारीता गर्ने मिडियाका साथीहरुलाई ठूलो समस्याका साथै चुनौति थपिएको बुढाले बताउनु भएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी जुनसुकै भूमिका रहे पनि जनताको सेवामा क्रियाशील हुन्छु : रेनु दाहाल केपी शर्मा ओली झापा पुगे रास्वपामा क–कसले पाए टिकट, को कहाँबाट लड्दै छन् चुनाव ? रास्वपाले आशिका तामाङलाई दियो टिकट केपी शर्मा ओली र बालेन शाह आज झापा जाँदै सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प