जेठ १९ काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पहिलो चरणको स्थानीय तहको निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न नेपाल प्रहर"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

जेठ १९ काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पहिलो चरणको स्थानीय तहको निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न नेपाल प्रहर"/>

८ कार्तिक २०८१, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

निर्वाचनको वातावरण बनाउन प्रहरीलाई प्रधानमन्त्रीको निर्देशन

१९ जेष्ठ २०७४, शुक्रबार ०८:०३


जेठ १९ काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पहिलो चरणको स्थानीय तहको निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न नेपाल प्रहरीले खेलेको भूमिकाको प्रशंसा गर्दै दोस्रो चरण तथा प्रदेश र सङ्घका निर्वाचनमा समेत यस्तै भूमिका खेल्न निर्देशन दिएका छन् । 

प्रहरी निरीक्षक आधारभूत तालिम १६५औँ समूहको दीक्षान्त समारोहलाई आज यहाँ सम्बोधन गर्दै प्रधानमन्त्रीले दीक्षित हुन लागेका अधिकृतहरुले पनि स्थानीय तहको दोस्रो चरणको निर्वाचन सम्पन्न गराउने चुनौतीपूर्ण अवसर प्राप्त गरेको बताए। 

उन्नाइस महिनाको निरन्तर तथा अथक प्रयास, दृढ समर्पण, लगन र मिहेनतपश्चात् प्रहरी निरीक्षक तालिम सफलतापूर्वक सम्पन्न गरेकामा दीक्षित भएकाहरुलाई प्रधानमन्त्रीले बधाई दिँदै कार्य क्षेत्र र व्यक्तिगत जीवनमा सदैव सफलताको शुभकामना दिए। 

समग्र राज्यको सुरक्षा र सञ्चालनमा आन्तरिक सुरक्षाको महत्वपूर्ण र गहन जिम्मेवारी सरकारले नेपाल प्रहरीलाई दिएको बताउँदै प्रधानमन्त्री प्रचण्डले भने, 'प्रहरी कानुनको आँखा पनि हो, जसले सबै ठाउँमा निगरानी राख्छ।'

प्रहरीले समाजमा शान्ति सुव्यवस्था कायम राख्न आवश्यक पर्ने ज्ञान, सीप र दक्षता अभिवृद्धिका लागि हालका दिनमा प्रहरी निरीक्षक आधारभूत तालिमलाई आधुनिकीकरण तथा अन्तर्राष्ट्रिय रुपमा समेत शैक्षिक पहिचान दिलाउने उद्देश्यले त्रिभुवन विश्वविद्यालयसँगको सम्बन्धनमा पिजी डिप्लोमा कार्यक्रम सञ्चालन गरेको जानकारी पाउँदा आफूलाई खुसी लागेको प्रधानमन्त्रीले बताए । 

समय र प्रविधिको विकास सँगसँगै अपराधको क्षेत्रमा समेत नयाँ नयाँ चुनौती र जटिलता थपिएकाले त्यस्ता किसिमका चुनौतीलाई व्यावसायिक र प्रभावकारी रुपमा सामना गर्न परिष्कृत ज्ञान, सीप साथै दायित्वबोध र निरन्तर लगावको खाँचो पर्नेमा उनले जोड दिए । 

प्रधानमन्त्री प्रचण्डले लोकतन्त्रसँगै आमनागरिकमा राज्यप्रतिको माग र आकाङ्क्षाहरु बढेर गएसँगै केही आपराधिक र गैरराजनीतिक तत्वहरु यसै अवसरलाई उपयोग गरी अवाञ्छित क्रियाकलाप सञ्चालन गर्ने दुष्प्रयास गरिरहेको उल्लेख गरे। दीक्षित भई जान लागेका प्रहरी अधिकृतहरुलाई लक्षित गर्दै उनले कार्य क्षेत्रमा आफूलाई प्राप्त ज्ञान, कौशल र सीपको सही र उचित सदुपयोग गरी यस्ता अवाञ्छित क्रियाकलापलाई नियन्त्रण गर्न निर्देशन दिए । 

कार्यक्रममा उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले जनमैत्री प्रहरी सेवालाई थप प्रभावकारी बनाउन आग्रह गरे । 

प्रहरीले दिने जनसेवा नागरिकले बिना भेदभाव सरल र सहज रुपमा पाउने वातावरण बनाउन दीक्षित भएका प्रहरी अधिकृतहरुलाई निर्देशन दिए । 

प्रहरी महानिरीक्षक प्रकाश अर्यालले प्रशिक्षणको दिन सकिएको र अब परीक्षाको दिन सुरु भएकाले त्यसमा इमान्दारितापूर्वक व्यावसायिक कार्यमा लाग्न अधिकृतहरुलाई आग्रह गरे ।

थापा उत्कृष्ट प्रशिक्षार्थीः

तालिममा लमजुङका नारायण थापा प्रथम, धनकुटाका मोतिलाल योञ्जन तामाङ द्वितीय, बैतडीका केशवराज भट्ट तृतीय भए ।

त्यस्तै अध्ययनतर्फ कैलालीका नरेशराज मल्ल प्रथम, कवाजतर्फ कञ्चनपुरका नरबहादुर साउद, शारीरिक व्यायामतर्फ धनकुटाका मोतिलाम योञ्जन तामाङ, प्रहरी युक्ति तथा कारबाहीतर्फ बागलुङका दीपक थापा र चाँदमारीतर्फ बैतडीका पुष्करराज पन्त र महिलातर्फ काभ्रेपलाञ्चोककी अनु लामा प्रथम भए। दीक्षान्त समारोहमा उत्कृष्ट प्रशिक्षार्थीलाई प्रधानमन्त्रीले पुरस्कृत गरे।

तालिममा १३ जना महिलासहित १३२ जना प्रशिक्षार्थीको सहभागिता रहेको थियो ।    

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेको जग्गा विवाद : न्यायाधीशले हेर्न नमिल्ने भएपछि सुनुवाइ स्थगित, आइतबारलाई तोकियो पेसी रमेशचन्द्र पौडेल कतारका लागि राजदूत नियुक्त अमेरिका गएका वडाध्यक्ष ९ महिना बित्दा पनि नफर्किएपछि वडा कार्यालयमा तालाबन्दी एकै पटक ८५ विमानमा बमको धम्की भाजपाका विदेश विभाग प्रमुखसँग गगन थापाको भेटवार्ता साफ महिला च्याम्पियनसिप: माल्दिभ्सलाई १३-० ले हराउँदै अंक तालिकाको शीर्ष स्थानमा उक्लियो भुटान छविलाल जोशी र लिला पछाईंलाई थप ७ दिन हिरासतमा राख्न अनुमति धनराज र ऋषिकेशलाई जोगाएर रविलाई थुनेको भन्दै माओवादीको आपत्ति रवि लामिछानेलाई थप ७ दिन हिरासतमा राख्न अनुमति रवि लामिछानेको म्याद थपबारेको बहस सकियो ‘पुष्पा २’ नेपालमा अहिलेसम्मकै महंगो मूल्यमा भित्रिँदै, लगानी उठाउन १९ करोड कमाउनुपर्ने जीवी राईका कानूनी सल्लाहकार राष्ट्रपतिको सल्लाहकार पङ्क्तिमा विराजमान हुनु लज्जास्पद : सूर्य थापा पर्यटनमन्त्री पाण्डेका तीन महिना : ऐन, नियम र कानुन निर्माण प्राथमिकतामा जलवायु परिवर्तनको समस्यालाई सम्बोधन गर्न राष्ट्र संघको सहयोग जरुरी सलमान खानलाई धम्की दिने पक्राउ : ५ करोड भारु फिरौती माग्ने झारखण्डमा तरकारी बेच्थे विराज भट्टको ‘१२ गाउँ’ कीर्तिमानी व्यापारको यात्रामा, दुई हप्तामा कति कमायाे ? रवि र छवीलाई अदालतमा उपस्थित गराइयो रास्वपाको आज पोखरामा अन्तिम प्रदर्शन, अब काठमाडौँ केन्द्रीत आन्दोलन गर्ने आज घट्यो सुनचाँदीको मूल्य तिहारमा काठमाडौंमा प्लास्टिकको मालामा प्रतिबन्ध