मो इमरान खान/जेठ १९, कपिलवस्तु । नेपाली काँगे्रस जिल्ला कार्य समिति कपिलवस्तुले आगामी असार १४ मा हुने स्थानीय तहको निर्वाचनको लागी ४ नगरपालिकामा मेयरको टुङ्गो लगाएको"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... मो इमरान खान/जेठ १९, कपिलवस्तु । नेपाली काँगे्रस जिल्ला कार्य समिति कपिलवस्तुले आगामी असार १४ मा हुने स्थानीय तहको निर्वाचनको लागी ४ नगरपालिकामा मेयरको टुङ्गो लगाएको"/>
६ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

काँग्रेसले छान्यो कपिलवस्तुका ४ नगरपालिकामा उम्मेद्वार, को-को परे ?

१९ जेष्ठ २०७४, शुक्रबार ०८:२६

मो इमरान खान/जेठ १९, कपिलवस्तु । नेपाली काँगे्रस जिल्ला कार्य समिति कपिलवस्तुले आगामी असार १४ मा हुने स्थानीय तहको निर्वाचनको लागी ४ नगरपालिकामा मेयरको टुङ्गो लगाएको छ । 

जिल्लाका नेताहरुको बैठकले उक्त ४ नगरपालिकामा मेयरको लागि उमेदवारी छनौट गरेका हुन । जस अनुरुप जिल्लाको महाराजगञ्ज नगरपालिकामा पार्टीका कार्यवाहक सभापति रहेका अब्दुल कलाम खाँ लाई मेयरको टिकट दिने निर्णय गरिएको छ । 

त्यस्तै, पार्टी सचिव रहेका प्रेमबहादुर रायमाझीलाई शिवराज नगरपालिकाको मेयरमा छनौट गरेको  छ । उता कृष्णनगर नगरपालिकामा महासमिति सदस्य ब्रह्मानन्द उपाध्यायलाई मेयरको उम्मेदवार बनाइएको छ । त्यस्तैगरी वाणगंगा नगरपालिकामा नगर सभापति मंगल प्रसाद थारुलाई मेयरको उम्मेदवारमा छनौट गरिएको छ । 

त्यस्तै, उपममेयरमा वाणगंगा नगरपालिकामा विमला गैरे, महाराजगंज नगरपालिकामा शोभावती कुर्मी र कृष्णनगर नगरपालिकामा आरतीदेवी चौधरीलाई उम्मेदवार बनाइएको छ । अन्य २ नगरपालिका र ४ गाउँपालिकामा भने अझै उम्मेदवारको टुङ्गो लाग्न सकेको छैन । 

पार्टी सभापति सुरेन्द्रराज आर्चायले ४ नगरपालिकाको मेयरको टुङ्गो लगाएको अन्य ६ वटा स्थानीय तहको समेत उम्मेदवारको टुङ्गो लगाउन गृहकार्य भइरहेको जानकारी दिए । सिंचाइ राज्यमन्त्री समेत रहेका सभापति आर्चायले भने नयाँ प्रधानमन्त्री छनौटको प्रकृया चलेकोले आज काठमाण्डौ तिर जाँदैछु । 

१, २ दिनमा फर्केपछि सबै उम्मेदवारको टुङ्गो लाग्छ । निर्वाचमा जित्न सक्ने र लोकप्रियता र समावेशी हिसावले टिकट वितरण प्रकृया थालिएको समेत आर्चायले बताए । कपिलवस्तु नगरपालिका, बुद्धभुमि नगरपालिका, विजयनगर गाउँपालिका, मायादेवी गाउँपालिका, शुद्धोधन गाउँपालिका र यशोधरा गाउँपालिका उम्मेदवारका आकाँक्षी धेरै भएकोले छलफल जारी भएको र केही दिनमा निर्णय हुने निर्वाचन प्रचार समिति संयोजक प्रकाश घिमिरेले जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी जुनसुकै भूमिका रहे पनि जनताको सेवामा क्रियाशील हुन्छु : रेनु दाहाल केपी शर्मा ओली झापा पुगे रास्वपामा क–कसले पाए टिकट, को कहाँबाट लड्दै छन् चुनाव ? रास्वपाले आशिका तामाङलाई दियो टिकट केपी शर्मा ओली र बालेन शाह आज झापा जाँदै सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु