मो इमरान खान/जेठ १९, कपिलवस्तु । नेपाली काँगे्रस जिल्ला कार्य समिति कपिलवस्तुले आगामी असार १४ मा हुने स्थानीय तहको निर्वाचनको लागी ४ नगरपालिकामा मेयरको टुङ्गो लगाएको"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... मो इमरान खान/जेठ १९, कपिलवस्तु । नेपाली काँगे्रस जिल्ला कार्य समिति कपिलवस्तुले आगामी असार १४ मा हुने स्थानीय तहको निर्वाचनको लागी ४ नगरपालिकामा मेयरको टुङ्गो लगाएको"/>
२०८२, ४ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

काँग्रेसले छान्यो कपिलवस्तुका ४ नगरपालिकामा उम्मेद्वार, को-को परे ?

२०७४, १९ जेष्ठ शुक्रबार ०८:२६

मो इमरान खान/जेठ १९, कपिलवस्तु । नेपाली काँगे्रस जिल्ला कार्य समिति कपिलवस्तुले आगामी असार १४ मा हुने स्थानीय तहको निर्वाचनको लागी ४ नगरपालिकामा मेयरको टुङ्गो लगाएको छ । 

जिल्लाका नेताहरुको बैठकले उक्त ४ नगरपालिकामा मेयरको लागि उमेदवारी छनौट गरेका हुन । जस अनुरुप जिल्लाको महाराजगञ्ज नगरपालिकामा पार्टीका कार्यवाहक सभापति रहेका अब्दुल कलाम खाँ लाई मेयरको टिकट दिने निर्णय गरिएको छ । 

त्यस्तै, पार्टी सचिव रहेका प्रेमबहादुर रायमाझीलाई शिवराज नगरपालिकाको मेयरमा छनौट गरेको  छ । उता कृष्णनगर नगरपालिकामा महासमिति सदस्य ब्रह्मानन्द उपाध्यायलाई मेयरको उम्मेदवार बनाइएको छ । त्यस्तैगरी वाणगंगा नगरपालिकामा नगर सभापति मंगल प्रसाद थारुलाई मेयरको उम्मेदवारमा छनौट गरिएको छ । 

त्यस्तै, उपममेयरमा वाणगंगा नगरपालिकामा विमला गैरे, महाराजगंज नगरपालिकामा शोभावती कुर्मी र कृष्णनगर नगरपालिकामा आरतीदेवी चौधरीलाई उम्मेदवार बनाइएको छ । अन्य २ नगरपालिका र ४ गाउँपालिकामा भने अझै उम्मेदवारको टुङ्गो लाग्न सकेको छैन । 

पार्टी सभापति सुरेन्द्रराज आर्चायले ४ नगरपालिकाको मेयरको टुङ्गो लगाएको अन्य ६ वटा स्थानीय तहको समेत उम्मेदवारको टुङ्गो लगाउन गृहकार्य भइरहेको जानकारी दिए । सिंचाइ राज्यमन्त्री समेत रहेका सभापति आर्चायले भने नयाँ प्रधानमन्त्री छनौटको प्रकृया चलेकोले आज काठमाण्डौ तिर जाँदैछु । 

१, २ दिनमा फर्केपछि सबै उम्मेदवारको टुङ्गो लाग्छ । निर्वाचमा जित्न सक्ने र लोकप्रियता र समावेशी हिसावले टिकट वितरण प्रकृया थालिएको समेत आर्चायले बताए । कपिलवस्तु नगरपालिका, बुद्धभुमि नगरपालिका, विजयनगर गाउँपालिका, मायादेवी गाउँपालिका, शुद्धोधन गाउँपालिका र यशोधरा गाउँपालिका उम्मेदवारका आकाँक्षी धेरै भएकोले छलफल जारी भएको र केही दिनमा निर्णय हुने निर्वाचन प्रचार समिति संयोजक प्रकाश घिमिरेले जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी पुस्तक जलाएको घटनाको छानबिन गरी कारबाही गर्न गृह मन्त्रालयको निर्देशन १३ अंकले बढ्यो नेप्से सरकारी तलब, भत्ता तथा सेवा–सुविधा नलिने रास्वपा सांसद सुदन गुरुङको घोषणा इनिशा बिक हत्या प्रकरणका दोषीलाई कारबाहीको माग गर्दै काठमाडौँमा खबरदारीसहित प्रदर्शन क्यानडा पठाउने भन्दै रकम ठगी गर्ने एक जना महिला पक्राउ भ्रष्टाचारको अन्त्य र सुशासन कायम गरेर देखाउनुपर्ने आवश्यकता छ : डीपी अर्याल ओलीलाई समवेदना दिन गुन्डु पुगे उपराष्ट्रपति यादव रास्वपाको अभिमुखीकरण कार्यक्रममा रवि र बालेन अनुपस्थित सवारी दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु इनिशा बिक हत्या प्रकरण : फरेन्सिक रिपोर्टको पर्खाइमा प्रहरी दार्चुला केन्द्रविन्दु भएर भूकम्प सुनचाँदीको मूल्य बढ्यो नेपालको सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब पुग्यो रवि लामिछानेमाथिको रिटको सुनुवाइ आज पनि ‘हेर्दाहेर्दै’मा १ करोड १६ लाख नगदसहित नागार्जुनबाट दुई हुन्डी कारोबारी पक्राउ