मो इमरान खान | जेठ २४, भैरहवा | सिद्धार्थनगर नगरपालिकामा ने.क.पा. (माओवादी केन्द्र) को तर्फबाट मेयर र उपमेयरका प्रत्यासीसंग प्रेस सेन्टर नेपाल रुपन्देही भैरहवा शाखाले छ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... मो इमरान खान | जेठ २४, भैरहवा | सिद्धार्थनगर नगरपालिकामा ने.क.पा. (माओवादी केन्द्र) को तर्फबाट मेयर र उपमेयरका प्रत्यासीसंग प्रेस सेन्टर नेपाल रुपन्देही भैरहवा शाखाले छ"/>
६ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

सिद्धार्थनगरमा प्रेस सेन्टर र उम्मेदवारबीच छलफल

२४ जेष्ठ २०७४, बुधबार ०६:५१

मो इमरान खान | जेठ २४, भैरहवा | सिद्धार्थनगर नगरपालिकामा ने.क.पा. (माओवादी केन्द्र) को तर्फबाट मेयर र उपमेयरका प्रत्यासीसंग प्रेस सेन्टर नेपाल रुपन्देही भैरहवा शाखाले छलफल गरेको छ ।

असार १४ गते हून गइरहेको स्थानीय तहको निर्वाचनमा माओवादी केन्द्रका उम्मेदवारहरुको पक्षमा निर्वाचन परिणाम कसरी पार्न सकिन्छ भनेर पार्टी सिद्धार्थनगर कमिटीले भैरहवामा आयोजना गरेको छलफलमा उम्मेदवार तथा माओवादीका नेताहरुले अहिले सम्म भएको प्रचार प्रसार कार्यक्रमको बारेमा जानकारी गराएका थिए । माओवादी केन्द्र सिद्धार्थनगर कमिटीका अध्यक्ष चोपलाल आचार्य, माओवादी केन्द्रका पोलिटव्युरो सदस्य एवं रुपन्देही जिल्ला इन्चार्ज हकिकुल्लाह खाँ, जिल्ला सह–संयोजक एवं सिद्धार्थनगर इन्चार्ज अनुप बराल, नगर सचिव तीर बहादुर रोकाय डार्बिन, सह–सचिव मेराज खान लगायतको उपस्थिीतिमा भएको उक्त छलफलमा मेयरका प्रत्यासी फैज अहमद खानले सिद्धार्थनगरका जनताले घरदैलोको क्रममा दिएको आवश्वासनले आफुहरुको जीत सुनिश्चतता दिएको बताए । सोही अवसरमा उपमेयरको उम्मेदवार कमला थापाले अहिले देशभरी नै माओवादी केन्द्रको जनलहरले गर्दा सिद्धार्थनगरमा पनि जनताको साथ र सहयोग पाउनेमा आफु ढुक्क भएको बताइन ।

छलफलमा मेयरका पदका उम्मेदवार फैज अहमद खानले सिद्धार्थनगरको विकासको लागी माओवादी केन्द्रको जीत आवश्यक भएको जनताले बुझिसकेको समेत बताए । उनले विश्वास व्यक्त गर्दै भने माओवादी  प्रति जनताको विश्वास र भरोसा बढेको छ । हामी दावीका साथ भन्छौं माओवादी केन्द्रले सबैको अधिकार सुनिश्चित गर्छ । सिहंदरबारको अधिकार गाउँ, नगरमा पु¥याउने काम पनि माओवादीले गरेको हो । पहिलो चरणमा  माओवादीले  जितेका स्थानहरुमा प्रतिबद्धता गरे अनुसार काम गरिरहेको छ । यसर्थ हामीले प्रतिबद्धता गरे अनुसारको काम पुरा गरेर जनतालाई समुन्नत र सम्पन्न बनाउन चाहन्छौं ।

छलफलमा प्रेस सेन्टर नेपाल रुपन्देहीका उपाध्यक्ष कमल रायमाझी, प्रदेश नं. ५ सदस्य दिपक गलामी, भैरहवा शाखा अध्यक्ष पशुपति यादव, उपाध्यक्ष सचिन चौधरी, सचिव रबिन्द्र प्रताप गुप्ता, सदस्य आशिष चौधरीले बोल्दै मिडिया र प्रविधिको सहि प्रयोग गर्दै जनता समक्ष आफ्ना एजेण्डाहरु पु¥याउन उम्मेदवारलाइ सुझाव दिएका थिए ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपामा क–कसले पाए टिकट, को कहाँबाट लड्दै छन् चुनाव ? रास्वपाले आशिका तामाङलाई दियो टिकट केपी शर्मा ओली र बालेन शाह आज झापा जाँदै सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति