जेठ २४, काठमाडौँ । नेकपा (एमाले) का नेता माधवकुमार नेपालले नयाँ सरकारप्रति आफ्नो पार्टीको पूर्णसमर्थन वा पूर्ण विरोधको नीति नरहने बताउनुभएको छ । 

समसा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... जेठ २४, काठमाडौँ । नेकपा (एमाले) का नेता माधवकुमार नेपालले नयाँ सरकारप्रति आफ्नो पार्टीको पूर्णसमर्थन वा पूर्ण विरोधको नीति नरहने बताउनुभएको छ । 

समसा"/>

६ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सरकारको काम र नीति हेरेर समर्थन र विरोध: नेपाल

२४ जेष्ठ २०७४, बुधबार ०९:४२


प्रज्वल पाैडेल/जेठ २४, काठमाडौं ।
नेकपा एमालेका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले सरकारको नीति, व्यवहार र कामका आधारमा एमालले समर्थन र विरोध गर्ने बताएका छन् ।

समसामयिक राजनीतिक विषयमा प्रेस चौतारी नेपालले बुधबार राजधानीमा आयोजना गरेको अन्तरसंवाद कार्यक्रममा नेता नेपालले यस्ताे बताएका हुन् । देउवाले देशमा सुशासन कायम गर्न राख्न शंका रहेकाे बताउदै उनले देशभक्तिको भावनालाई केन्द्रमा राखेर विकास र समृद्धिकाे पक्षमा नवनिर्वाचित प्रधानमन्त्रीलाई मौका भएकाे धारणा राखे ।

पहिलो चरणको निर्वाचनमा शक्ति र सत्ताको दुरुपयोग हुँदाहुँदै पनि एमाले पहिलो पार्टीको रुपमा उदाएकाे बताउदै नेता नेपालले भने- " कम्युनिष्ट पार्टी तराइमा नै हुर्केकाे पार्टी हाे, अब तराईमा पनि एमाले पहिलो पार्टी बन्छ।"
एमाले वरिष्ट नेता नेपालले तीन तहकै निर्वाचन सम्पन्न भएपछि मात्र संविधान संशोधनमा छलफल हुन सक्ने स्पष्ट पारे ।

उनले भने-"चुनाव अगाडि संविधान संशोधनकाे सम्बन्धमा के कसाे गर्ने भनेर छलफल हुन सक्दैन ।"
नेता नेपालले संसद्को म्याद थपेर सरकारको आयू लम्ब्याउने कुरा एमालेलाई मान्य नहुने धारणा राखे। समयमा नै भयरहित वातावरणमा स्वच्छ निष्पक्ष रूपमा चुनाव सम्पन्न गर्न सरकार लाग्नुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपामा क–कसले पाए टिकट, को कहाँबाट लड्दै छन् चुनाव ? रास्वपाले आशिका तामाङलाई दियो टिकट केपी शर्मा ओली र बालेन शाह आज झापा जाँदै सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति