जेठ २४, काठमाडौं । कम्युनिस्ट केन्द्र नेपाल र नेकपा (माक्र्सवादी)बीच पार्टी एकता भएको छ । 

बुधबार राजधानीको अनामनगरस्थित संवाद डबलीमा आयोजित एक विशेष का"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

जेठ २४, काठमाडौं । कम्युनिस्ट केन्द्र नेपाल र नेकपा (माक्र्सवादी)बीच पार्टी एकता भएको छ । 

बुधबार राजधानीको अनामनगरस्थित संवाद डबलीमा आयोजित एक विशेष का"/>

६ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कम्युनिष्ट केन्द्र र माक्र्सवादीबीच पार्टी एकता

२४ जेष्ठ २०७४, बुधबार १२:३५


जेठ २४, काठमाडौं । कम्युनिस्ट केन्द्र नेपाल र नेकपा (माक्र्सवादी)बीच पार्टी एकता भएको छ । 

बुधबार राजधानीको अनामनगरस्थित संवाद डबलीमा आयोजित एक विशेष कार्यक्रममा एकता घोषणा गरेको हो । कार्यक्रममा केन्द्रका अध्यक्ष दुर्गाप्रसाद जैसी र नेकपा (माक्र्सवादी)का संयोजक टंकनाथ पौडेलद्वारा वितरित हस्ताक्षरित संयुक्त प्रेस विज्ञप्तिमा माक्र्सवाद–लेनिनवाद–माओविचारधारालाई पथप्रदर्शक मान्दै नौलो जनवादी क्रान्ति सम्पन्न गर्र्नुलाई मुख्य कार्यभार बनाइएको उल्लेख गरिएको छ । 

साथै, जनताको चाहना गणतन्त्र घोषणा भइक्दा पनि पूरा हुन नसकेको भन्दै संविधानप्रति पार्टीले अलोचनात्मक समर्थन मात्र गरेको उल्लेख छ । तत्कालीन प्रधानमन्त्री प्रचण्डले दिल्लीमा गरेको सम्झौतापछि मुलुकको सार्वभौमसत्ता र स्वाधीनता कमजोर भएको भन्दै सम्झौताको खुलेर विरोध गरेको छ । 

०६२/०६३ को जनआन्दोलनपछि राज्य पुनर्संरचनाका क्रममा राज्यले पश्चिमी संसदीय प्रणालीलाई अझ बलियो पार्ने काम गरेको भन्दै मुलुकलाई सिक्कीमिकरण र भुटानीकरण गर्दै लगेकोमा आपत्ति जनाइएको छ ।

कार्यक्रममा माक्र्सवादी नेता साध्यबहादुर भण्डारी, जनमोर्चा नेपालका तेजप्रसाद घिमिरे, शिव श्रेष्ठ, नेकपा (माक्र्सवादी)का अमृत पुरी, कम्युनिस्ट केन्द्र नेपालका केपी गौतम, रामहरि गौतमलगायत नेताहरुले धारणा राखेका थिए ।

एकतापछि पार्टीको नाम नेकपा (माक्र्सवादी) राखिएको छ । यसलाई महाधिवेशन वा राष्ट्रिय सम्मेलनबाट अनुमोदन गर्ने जनाइएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केपी शर्मा ओली झापा पुगे रास्वपामा क–कसले पाए टिकट, को कहाँबाट लड्दै छन् चुनाव ? रास्वपाले आशिका तामाङलाई दियो टिकट केपी शर्मा ओली र बालेन शाह आज झापा जाँदै सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै