६ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बैतडीका मतदाताको दुखेसो- भोट माग्नेले मत हाल्न सिकाएनन्

२५ जेष्ठ २०७४, बिहीबार ०६:३३

जेठ २५, बैतडी । करिब दुई दशकपछि स्थानीय तहको निर्वाचन हुनै लाग्दा ग्रामीण क्षेत्रका नागरिक खुसी भए पनि आफूले हालेको मत बदर हुने हो कि भन्ने चिन्तामा छन् ।

‘यो चुनावमा मतपत्र ठूलो छ भन्ने सुनिएको छ, त्यसैले मत बदर भएर जाने हो कि भन्ने चिन्ता छ,’ डिलाशैनी–१ का जानकी रानाले भनिन् । मतदान गर्ने विषयमा आजसम्म सिकाउन कोही नआएको उनले गुनासो गरिन् । ‘मतदान गर्ने तरिका सिकाउन कोही आएका छैनन्, कसरी मतदान गर्ने भन्ने थाहा नहुँदा अन्योल भएको छ’, उनले भनिन् ।

राजनीतिक दलका नेताहरुले भोट मात्रै माग्न आउने तर मतदान गर्ने तरिका बारेमा सिकाउने नगरेको स्थानीय उद्धवप्रसाद भट्टले बताए । उनले भने, ‘ग्रामीण क्षेत्रका महिलालाई मतदानका विषयमा जानकारी नगराए धेरै मत बदरमा जाने सम्भावना छ ।’

दुई दशकपछि हुन लागेको स्थानीय तहको निर्वाचनमा मत हाल्न आतुर भएपनि मतदान कसरी गर्ने भन्ने विषयमा आफू अनभिज्ञ रहेको स्थानीय लक्ष्मी द्यारले बताए । यता जिल्ला निर्वाचन कार्यालय बैतडीले जेठ ५ गतेदेखि गाउँगाउँमा मतदाता शिक्षा स्वयंसेवक खटाइसकेको जनाएको छ ।

जिल्ला निर्वाचन अधिकारी माधवप्रसाद फुँयालले सबैको घरदैलोमा मतदाता शिक्षा स्वयंसेवक एकैदिन पुग्न नसक्ने भएकाले विस्तारै सबैको घरदैलोमा पुग्ने बताए ।

मतदाताको घरदैलोमै गएर मतदाता शिक्षा प्रदान गर्न १८७ जना मतदाता शिक्षा स्वयंसेवकलाई परिचालन गरेका छौं, उनले भने, ‘बदर मत घटाउने उद्देश्यका साथ जिल्लाभरिनै स्वयंसेवक खटाएका हौँ ।’ यस्तै, राजनीतिक दलहरुले पनि घरदैलो कार्यक्रमसँगै मतदाता शिक्षा पनि सँगसँगै गरिरहेको जनाएका छन् ।

राप्रपाका तर्फबाट दोगडाकेदार गाउँपालिका–३ श्रीकोटमा वडा अध्यक्षका उम्मेदवार हेमराज गिरीले घरदैलोसँगै मतदाता शिक्षाको पनि ज्ञान दिइरहेको बताए ।

उनले भने, ‘पहिलो चरणको निर्वाचनबाट पाठ सिकेकाले अहिले प्राथमिकताका साथ मतदाता शिक्षालाई पनि जोड दिएका छौँ ।’ यस्तै, नेपाली काँग्रेसका जिल्ला सचिव तथा सुर्नया गाउँपालिकामा अध्यक्ष पदका उम्मेदवार वीरबहादुर विष्टले स्वस्तिक छाप तथा नमुना मतपत्र बनाएर मतदातालाई नमुना मतदान गराइरहेको बताए । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केपी शर्मा ओली झापा पुगे रास्वपामा क–कसले पाए टिकट, को कहाँबाट लड्दै छन् चुनाव ? रास्वपाले आशिका तामाङलाई दियो टिकट केपी शर्मा ओली र बालेन शाह आज झापा जाँदै सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै