६ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

कांग्रेसका दुईसय नेता कार्यकर्ताद्वारा पार्टी परित्याग

२५ जेष्ठ २०७४, बिहीबार १०:३७

मो इमरान खान/ जेठ २५, कपिलवस्तु । दोस्रो स्थानीय तह निर्वाचन नचिकदा उम्मेदवार विषयमा कपिलवस्तु जिल्लामा बिवाद उत्पन्न हुदै गइरहेको छ । 

उम्मेदवारको बिवाद लिई नेपाली कांग्रेसका जिल्ला नेतासहित दुर्यसय कार्यकर्ताले नेपाली कांग्रेस परित्याग गरेका छन । स्थानीय तह निर्वाचनमा नगरपालिकाको उम्मेदवार चयनको विषयमा पार्टी नेतृत्वले मनोमानी ढंगले टिकट वितरण गरेको भन्दै महाराजगंज नगरपालिका क्षेत्रका झण्डै २ सय नेता कार्यकर्ताले पार्टी परित्यागको घोषणा गरेका हुन ।

नेपाली कांग्रेसका महाअधिवेशन प्रतिनिधी दिर्घनारायण पाण्डेयलाई महाराजगंज नगरपालिकाको मेयर पदमा उम्मेदवार नबनाएको भन्दै नेता पाण्डेयसहितका क्रियाशील सदस्यहरुले पार्टीको साधारण सदस्य समेतबाट राजीनामा दिएको बताएका छन । यसरी नेता पाण्डेय संगै पार्टी परित्याग गर्नेहरुमा महाराजगंज ईकाई सभापति बलराम यादव, सचिव पशुपति मौर्य, कोषाध्यक्ष हनुमान गुप्ता, क्षेत्रीय सदस्य मुनीराम यादव लगायतका नेताहरु रहेका छन ।

पछिल्लो संविधान सभा निर्वाचनमा आफू सभासद्को आकांक्षी रहेको, महाराजगंज गाविसका पूर्व अध्यक्ष समेत रही जनताको घरदैलोमा पुगी सेवा गरेको भए पनि आफूलाई पार्टीले मूल्यांकन नगरेका कारण वाध्य भै पार्टी परित्याग गर्नु परेको बताएका छन । नेता पाण्डेय सहित पार्टी परित्याग गरेका नेता कार्यकर्ताहरु अहिले कुनै पार्टी प्रवेश भने गरेका छैनन् ।

नेता पाण्डेयले आफूलाई पार्टीले मेयर पदको उम्मेदवार नबनाए पनि आफू कुनै अन्य राजनैतिक दल वा स्वतन्त्र रुपमै भए पनि स्थानीय तह निर्वाचनमा उम्मेदवार बन्ने बताएका छन । नेपाली कांग्रेसले सो नगरपालिकामा पार्टीका कार्यवाहक सभापति अब्दुल कलाम खांलाई उम्मेदवार बनाएको छ ।

नेपाली कांग्रेस ठूलो पार्टी भएका कारण उम्मेदवारको आकांक्षी धेरै जना हुने गरेको र उम्मेदवार बनाउन छुटेका अग्रज कार्यकर्ताहरुलाई अन्य स्थानमा समेट्ने पार्टीले नीति लिएको पार्टीका जिल्ला सचिव महेन्द्र पाठकले बताउनुभयो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केपी शर्मा ओली झापा पुगे रास्वपामा क–कसले पाए टिकट, को कहाँबाट लड्दै छन् चुनाव ? रास्वपाले आशिका तामाङलाई दियो टिकट केपी शर्मा ओली र बालेन शाह आज झापा जाँदै सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै