२०८२, २८ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

तेह्रथुममा निर्वाचनको तयारी अन्तिम, काम सकिँदै गएपछि कर्मचारी फुर्सदिला

२०७४, २५ जेष्ठ बिहीबार २०:४०

प्रकाश धौलाकोटी | जेठ २६, तेह्रथुम | दोश्रो चरणमा निर्वाचन हुने तेह्रथुम जिल्लामा निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको छ । 

पटक–पटक मिति सरेपछि जिल्ला निर्वाचन कार्यालयलाई तयारी गर्न समेत सहज भएको हो । अब मतदान केन्द्रमा गर्नुपर्ने बाहेक सबै तयारी सम्पन्न गरिएको जिल्ला निर्वाचन अधिकारी निर्मलकुमार राईले बताए । जिल्लाका छ वटै स्थानीय तहमा निर्वाचन अधिकृतको स्थापना भएर काम थालेका छन् । मतदाता शिक्षा कार्यक्रम अन्तर्गत पनि खटिएका कर्मचारीले दुई पटक सम्म घरदैलो गरिसकेका छन् । निर्वाचनका लागि आवश्यक सुरक्षा व्यवस्था, मतपत्र रुजु तथा कर्मचारी व्यवस्थापन, नमुना मतदान, प्रचार प्रसार लगायत सम्पुर्ण काम अन्तिम चरणमा पुगेको छ ।

चुनावको मिति तोकिएपछि निकै व्यस्त बनेका कर्मचारी लामो समयसम्म स्थगित भएपछि अहिले फुर्सदिला बनेका छन् । दुई नगरपालिका र चार गाउँपालिका रहेको जिल्लामा ५७ स्थानमा ८५ मतदान केन्द्र छन् । कुल ६० हजार ७ सय २१ जना मतदाता रहेकोमा जिल्लाबाट २ सय ४१ जना जनप्रतिनिधि निर्वाचित हुनेछन् ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से मन्त्रिपरिषद् विस्तार हुँदै, थप दुई नयाँ मन्त्री नियुक्त पोखरामा महिला हत्या प्रकरणमा संलग्न दुई जना पक्राउ साउदीमा अवैध रूपमा बसेका ६२ जना नेपालीले पाए ‘एक्जिट भिसा’ श्रम स्वीकृतिसम्बन्धी भ्रामक सूचना हटाउन वैदेशिक रोजगार विभागको निर्देशन