जेठ २६, नवलपरासी । लामो सकस पछि नेपाली कांग्रेसले नवलपरासी प्रमुख तथा उपप्रमुखको उम्मेदवारी टुंगो लगाएको छ । 

कांग्रेसले जिल्लामै प्रमुख तथा "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

जेठ २६, नवलपरासी । लामो सकस पछि नेपाली कांग्रेसले नवलपरासी प्रमुख तथा उपप्रमुखको उम्मेदवारी टुंगो लगाएको छ । 

कांग्रेसले जिल्लामै प्रमुख तथा "/>

६ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

लामो सकसपछि कांग्रेसले नवलपरासीमा उम्मेदवारी टुङ्गो लगायो

२६ जेष्ठ २०७४, शुक्रबार ०७:१९


जेठ २६, नवलपरासी । लामो सकस पछि नेपाली कांग्रेसले नवलपरासी प्रमुख तथा उपप्रमुखको उम्मेदवारी टुंगो लगाएको छ । 

कांग्रेसले जिल्लामै प्रमुख तथा उपप्रमुखको उम्मदेवारी टुंगो लगाउन नसकेपछि पार्टीले उक्त नामावलीहरु केन्द्रमा पठाएको थियो । वृहत छलफल पश्चात केन्द्रिय पार्टीले नवलपरासीको उम्मेदवारी टुंगो लगाएको कांग्रेसका केन्द्रिय सदस्य देवेन्द्रराज कण्डेलले बताए ।

पार्टीले सुनवल नगरपालिकाको मेयरमा भिम बहादुर थापाक्षेत्री र उपमेयरमा तारा भण्डारीलाई टिकट वितरण गरेको छ भने रामग्राम नगरपालिकाको मेयरमा नरेन्दं्र कुमार गुप्ता उपमेयर रम्भा कुँवरलाई टिकट दिएको छ । बर्दघाट नगरपालिकाको मेयरका टिकट विश्वप्रेम पाठक र उपमेयरमा रमिता चौधरीले पाउनु भएको छ ।

त्यस्तै गाउँपालिकाहरुमा पार्टीले पाल्हीनन्दन गाउँपालिकाको प्रमुखमा राजेन्द्र सहानी, उपप्रमुख पवित्रा कोँहार, सरावल गाउँपालिकाको प्रमुखमा प्रदीप अग्रहरी, उपप्रमुखमा उत्तमा राय, प्रतापपुर गाउँपालिको प्रमुखमा राजकुमार शर्मा, उपप्रमुखमा अन्जु चौधरी र सुस्ता गाउँपालिकाको प्रमुखमा हसमुद्दिन शेष उपप्रमुखमा बिमला उपाध्यायलाई टिकट वितरण गरेको जिल्ला पार्टी सभापति विष्णु लामिछानेले जानकारी दिनु भयो ।

नवलपरासी दुई प्रदेशमा विभाजन गरिएको छ । प्रदेश नं. ४ मा पर्ने जिल्लाको नवलपुर क्षेत्रको ४ नगरपालिका र ४ गाउँपालिका गरि ८ स्थानिय तहको निर्वाचन पहिलो चरणमा सम्पन्न भैसकेको छ भने प्रदेश नं. ५ मा पर्ने परासी क्षेत्रको ३ नगरपालिका र ४ गाउँपालिको निर्वाचन दोश्रो चरणमा हुन लागेको छ । 

यस परासी क्षेत्रमा राजपमा बाहेक नेपाली कांग्रेस, नेकपा एमाले, माओबादी केन्द्र, नयाँ शक्ति, फोरम नेपाल, लोकतान्त्रिक लगायतका पार्टीहरुलेपनि उम्मेदवारको टुंगो लगाइ सकेको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी जुनसुकै भूमिका रहे पनि जनताको सेवामा क्रियाशील हुन्छु : रेनु दाहाल केपी शर्मा ओली झापा पुगे रास्वपामा क–कसले पाए टिकट, को कहाँबाट लड्दै छन् चुनाव ? रास्वपाले आशिका तामाङलाई दियो टिकट केपी शर्मा ओली र बालेन शाह आज झापा जाँदै सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा