६ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दुवै छोरा गाउँपालिका अध्यक्षका उम्मेदवार, बुवा भन्छन- भोट कसलाई दिउँ ?

२७ जेष्ठ २०७४, शनिबार ०४:२२

जेठ २७, बैतडी । बैतडीको डिलाशैनी गाउँपालिका–१ का ६८ वर्षीया जञ्जाली रानालाई करिब दुई दशकपछि आएको स्थानीय तहको निर्वाचनले खुसी तुल्याए पनि भोट दिन भने निकै सकस परेको छ । 

आफैँले जन्म दिएका दुई छोरा अलगअलग पार्टीबाट गाउँपालिका अध्यक्ष पदका उम्मेदवार बनेपछि जञ्जालीलाई भोट दिन समस्या भएको हो । जञ्जाली रानाका जेठो छोरा कर्णबहादुर राना नेपाली काँग्रेसबाट डिलाशैनी गाउँपालिकाबाट अध्यक्ष पदका उम्मेदवार बनेका छन् कान्छा छोरा लोकेन्द्र राना (शीतल) नेकपा (माओवादी केन्द्र)बाट उम्मेदवार बनेका छन् । “दुवै छोरा मेरा लागि समान हुन् भोट कसलाई दिउँ ?” जञ्जालीले भन्नुभयो – “दिन मिल्ने भए त दुबै छोरालाई दिने थिए तर मिल्दैन ।” 

उहाँले कसलाई भोट दिने भनेर निर्णय गर्न सक्नुभएको छैन । 

जञ्जालीलाई दुवै छोरा उम्मेदवार बनेकामा खुसी एकातिर छ भने भोट कसलाई दिने भन्ने चिन्ता अर्कातिर आइपरेको छ । उहाँले भन्नुभयो – “दुवै छोरा उम्मेदवार बन्दा खुसी छु तर एउटालाई भोट हाल्न नपाउँदा नियास्रो लाग्छ ।” 

दुवै छोरा उम्मेदवार बनेपनि गाउँ घुम्न नपाएकामा आफू दुःखी भएको जञ्जालीले बताउनुभयो । “म पञ्चायत कालमा राजनीति गर्ने मान्छे हुँ तर दुवै छोरा उम्मेदवार भएपछि गाउँमै जान सकिएको छैन,” उहाँले भन्नुभयो – “कुन छोराको प्रचारप्रसारमा हिँड्ने भनेर प्रचारमै गइनँ ।” 

काँग्रेसबाट डिलाशैनी गाउँपालिकाबाट अध्यक्ष पदका उम्मेदवार बनेका जेठो छोरा कर्णबहादुर रानाले भन्नुभयो – “भाइ माओवादी केन्द्रबाट लडेका छन् । दुवै एउटै आमाको कोखबाट जन्मेका हौँ, काँग्रेसको विचार राम्रो लाग्यो भने बुबाले मलाई दिनुहुन्छ, माओवादीको राम्रो लागे भाइलाई दिनुहुन्छ । तर पनि बुबाले मलाई नै भोट दिनुहुन्छ भन्नेमा म विश्वस्त छु । बुबाको भोट मैले पाउँछु, आमाले भाइलाई दिनुहुन्छ ।” 

एक प्रश्नमा उहाँले भन्नुभयो – “भाइले पनि जित्छु भनेर उम्मेदवारी दिएको हो । मैले नि जित्छु भनेरै उम्मेदवारी दिएको हुँ । को जित्छ भन्ने थाहा पाउन मत परिणामलाई पर्खिनुपर्छ ।” 

यता माओवादी केन्द्रबाट अध्यक्ष पदका उम्मेदवार बनेका कान्छा छोरा लोकेन्द्र राना (शीतल) बुबाले आफूलाई मत दिने दाबी गर्नुहुन्छ । “दाइलाई हराएर गाउँपालिका अध्यक्ष हुन्छु भन्नेमा म ढुक्क छु, डिलाशैनीबाट म भारी मतका साथ विजयी हुन्छु,” उहाँले भन्नुभयो – “योे सुनौलो मौका हो, यसलाई कसरी उपयोग गर्नुपर्छ भन्ने रणनीति बनाइसकेको छु ।” 

डिलाशैनीका स्थानीय बासिन्दालाई समेत एकै घरका सहोदर दाजुभाइ उम्मेदवार बनेपछि कसलाई भोट दिने भनेर अन्योलमा परेका छन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी जुनसुकै भूमिका रहे पनि जनताको सेवामा क्रियाशील हुन्छु : रेनु दाहाल केपी शर्मा ओली झापा पुगे रास्वपामा क–कसले पाए टिकट, को कहाँबाट लड्दै छन् चुनाव ? रास्वपाले आशिका तामाङलाई दियो टिकट केपी शर्मा ओली र बालेन शाह आज झापा जाँदै सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या