२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

द्वन्द्व रुपान्तरण संवाद समिति–बैठक

२७ जेष्ठ २०७४, शनिबार ०९:४५

जेठ २७, इटहरी । प्राकृतिक स्रोत द्वन्द्व रुपान्तरण संवाद समितिको चौथाँै स्थापना दिवसका उपलक्ष्यमा समितिले सुनसरी जिल्लामा प्राकृतिक द्वन्द्व रुपान्तरणका पक्षमा चार महिनाको अवधिमा भएका कार्यक्रमको समीक्षा बैठक यहाँ आज आयोजना गरियो । 

देशको विभिन्न १७ जिल्लाको जल जमिन र जङ्गललगायतका विषयसँग सरोकार राखेर विगत लामो समयदेखि स्थानीय समुदायमा सिमाना क्षेत्र, प्राकृतिक स्रोतको बाँडफाँड, उपभोग र त्यसको भोगचलन लगायतका विषयमा लामो समयदेखि उत्पन्न द्वन्द्व वा विवाद समाधान गर्ने कार्यमा सफलता प्राप्त गर्दैआएको यस समितिले सुनसरीमा पनि धेरै समस्याको समाधान गरेको छ । 

प्राकृतिक सम्पदाको सिमाना क्षेत्र तथा स्वामित्व विवाद समाधान गरी एक आपसमा मेलमिलाप गराउँदै आएको समितिले सुनसरी जिल्लाको जल जमिन जङ्गलसँग सम्बन्ध राख्ने धेरै द्वन्द्वको सहजीकरण गरेर मिलाप गराइसकेको छ । 

जल जमिन र जङ्गल सम्बन्धी द्वन्द्व व्यवस्थापनमा सक्रिय सुनसरीकी राष्ट्रिय स्रोतव्यक्ति कृष्ण राईले सुनसरीमा पाँचवटा भन्दा बढी द्वन्द्वको व्यवस्थापन गरी १२ वटा त्यस्ता द्वन्द्व सम्बन्धी घटनाको अभिलेखिकरण गरेर ती समस्याको निरुपण गर्ने अभियान चलाइरहेको बताउनुभयो । उहाँले समितिले नेपालका १७ जिल्लामा ९५ वटा द्वन्द्व सम्बन्धी घटना मिलाउने कार्य गरेको जानकारी दिनुभयो । 

बैठकमा अभियानको क्षेत्रीय निर्देशक हिम डिसीले जल जमिन र जङ्गलबाहेक अन्य प्राकृतिक स्रोत सम्बन्धी विवाद वा द्वन्द्वलाई व्यवस्थापन गर्दै यसको दिगो समाधानका लागि समितिले सक्रिय पहल गर्दैआएको बताउनुभयो । 

जिल्ला समन्वय समितिका कार्यक्रम अधिकृत भेषराज घिमिरेको अध्यक्षतामा बसेको बैठकले सुनसरी जिल्लाको विभिन्न सामुदायिक वन, तालतलैया, बर्जुताल र धरानको सर्दू जलाधार क्षेत्रलगायतका विषयमा पछिल्लो समयमा उत्पन्न विवाद र समस्याको सुक्ष्म अध्ययन गरेर त्यसको समाधान निकाल्ने विषयमा पनि वृहत छलफल गरेको छ । 

सो अवसरमा जिल्ला बार एसोसिएसनका अध्यक्ष राजु ढकाल, जिल्ला वन कार्यालयका वीरेन्द्र महासेठ, सिँचाइ डिभिजन कार्यालयका इन्जिनियर विष्णु चौधरी, सामुदायिक वन उपभोक्ता जिल्ला महासङ्घका टेकबहादुर तामाङ, जिल्ला शान्ति समितिका संयोजक डम्बर बुढाथोकी र अग्रज पत्रकार याम प्रधानलगायतले प्राकृतिक स्रोतमाथिको विवाद लगायतका विषयलाई गम्भीरतापूर्वक लिनुपर्नेमा जोड दिनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य