जेठ २७, काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालको राष्ट्रिय पहिचान गुमाउने कुरा पार्टीका लागि मान्य नहुने बताउनुभएको छ । 

पार्टीक"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

जेठ २७, काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालको राष्ट्रिय पहिचान गुमाउने कुरा पार्टीका लागि मान्य नहुने बताउनुभएको छ । 

पार्टीक"/>

६ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

राष्ट्रिय पहिचान गुमाउने कुरा मान्य हुँदैन: ओली

२७ जेष्ठ २०७४, शनिबार १०:५५


जेठ २७, काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालको राष्ट्रिय पहिचान गुमाउने कुरा पार्टीका लागि मान्य नहुने बताउनुभएको छ । 

पार्टीको केन्द्रीय कार्यालय धूम्बाराहीमा आज आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो – “कुनै पनि नेपाली जातिको मातृभाषा नभएको हिन्दीलाई तराई÷मधेसमा मान्यता दिइए त्यहीँका मातृभाषा मैथिली, भोजपुरी र अवधिकोे भविष्य समाप्त हुन सक्छ ।” 

अध्यक्ष ओलीले भन्नुभयो– “प्रदेशस्तरमा धेरै बोलिने एक दुई भाषालाई काम काजको भाषा बनाउन सकिन्छ तर केही क्षेत्रमा बोलिने भाषालाई राष्ट्रिय मान्यता दिन सकिँदैन, भाषा आयोगको सिफारिसमा संविधानको अनुसूचीमा व्यवस्था गरी प्रदेशमा धेरै बोलिने भाषालाई मान्यता दिन सकिन्छ ।” 

एमाले व्यवस्थापिका– संसद्मा प्रतिपक्षमा भए पनि स्थानीय तहको पहिलो चरणको निर्वाचनमा सत्ता पक्ष बनेको उल्लेख गर्दै उहाँले स्थानीय तहको अहिलेसम्मको परिणाम अनुसार पहिलो शक्ति भएकाले सत्ता पक्षले ल्याउने राम्रा प्रस्तावलाई सकारात्मक रुपमा सहयोग गरिने बताउनुभयो । 

अध्यक्ष ओलीले जनताका समस्या समाधान र गरिबी हटाउन एमालेले काम गरेकाले अन्य दल डराउने गरेको बताउँदै प्रदेश नं–२ मा एमालेको सरकार बनोस् भन्ने त्यहाँका जनताको जनमत रहेको दाबी पनि गर्नुभयो । 

सो अवसरमा नेपाल कम्युनिष्ट पार्टी क्रान्तिकारी परित्याग गरी एमाले प्रवेश गर्नुभएका महासचिव प्रद्युम्ननारायण यादव र प्रवक्ता लक्ष्मीप्रसाद ओली एवम् नाट्यकर्मी रमेशरञ्जन झालाई पनि अध्यक्ष ओली लगायतका शीर्षस्थ नेताले स्वागत गर्नुभएको थियो ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी जुनसुकै भूमिका रहे पनि जनताको सेवामा क्रियाशील हुन्छु : रेनु दाहाल केपी शर्मा ओली झापा पुगे रास्वपामा क–कसले पाए टिकट, को कहाँबाट लड्दै छन् चुनाव ? रास्वपाले आशिका तामाङलाई दियो टिकट केपी शर्मा ओली र बालेन शाह आज झापा जाँदै सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या