६ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

चुनाव चिह्न अङ्कित टिसर्ट, टोपी र झोला नबाँड्नू: निर्वाचन आयोग

२७ जेष्ठ २०७४, शनिबार ११:५२

जेठ २७, काठमाडौँ । दोस्रो चरणको स्थानीय तह निर्वाचनको पूर्वसन्ध्यामा निर्वाचन आयोगले राजनीतिक दल र उम्मेदवारलाई निर्वाचन आचार संहिताविपरीत हुने कुनैपनि क्रियाकलाप नगर्न निर्देशन दिएको छ । 

निर्वाचन आयुक्त सुधीरकुमार शाहको अध्यक्षतामा आज बसेको निर्वाचन आचार संहिता समितिको बैठकले निर्वाचन चिह्न अङ्कित टिसर्ट, टोपी, झोलालगायतका जिन्सी समान मतदातालाई वितरण नगर्न/नगराउन निर्देशन दिने निर्णय भएको आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिनुभयो । 

सम्बन्धित जिल्लाका मुख्य निर्वाचन अधिकृत/निर्वाचन अधिकृत/प्रमुख जिल्ला अधिकारी तथा आचार संहिता अनुगमन गर्ने अधिकारीलाई तत्सम्बन्धमा अनुगमन गरी त्यस्ता आचार संहिता विपरीतका कार्य रोक्न पनि आयोगले निर्देशन दिएको छ ।

दोस्रो चरणमा १, २, ५ र ७ नम्बर प्रदेशका ४३ जिल्लाका ४६१ स्थानीय तहको निर्वाचन आगामी असार १४ गते बुधबार विहान ७ देखि अपराह्न ५ बजेसम्म हुनेछ । दोस्रो चरणको निर्वाचनका लागि धेरैजसो राजनीतिक दलले उम्मेदवार छनोट गरी निर्वाचन प्रचार सुरु गरिसकेका छन् । 

निर्वाचनमा विराटनगर र वीरगन्ज महानगरपालिका, १० उपमहानगरपालिका, १५६ नगरपालिका र २९३ गाउँपालिकाका ९० लाख ९७ हजार ५५७ मतदाताले जनप्रतिनिधि छान्नेछन् । 

निर्वाचनबाट प्रमुख/अध्यक्ष ४६१ सोही संख्यामा उपप्रमुख एवम उपाध्यक्ष, ४०८६ वडा अध्यक्ष, सोही सङ्ख्यामा महिला वडा सदस्य र दलित महिला सदस्य र आठ हजार १७२ वडा सदस्यको चयन हुनेछ । आयोगले छ हजार ७१८ मतदानस्थल, ११ हजार ९३१ मतदान केन्द्र कायम गरेको छ ।  


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी जुनसुकै भूमिका रहे पनि जनताको सेवामा क्रियाशील हुन्छु : रेनु दाहाल केपी शर्मा ओली झापा पुगे रास्वपामा क–कसले पाए टिकट, को कहाँबाट लड्दै छन् चुनाव ? रास्वपाले आशिका तामाङलाई दियो टिकट केपी शर्मा ओली र बालेन शाह आज झापा जाँदै सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या