जेठ २८, बैतडी | स्थानीय तहको दोस्रो चरणको निर्वाचनका लागि राप्रपाले बैतडीका १० वटै स्थानीय तहमा उम्मेदवारको नाम टुङ्गो लगाएको छ । 

दशरथचन्द नगरपालिका प्रमुखमा पु"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... जेठ २८, बैतडी | स्थानीय तहको दोस्रो चरणको निर्वाचनका लागि राप्रपाले बैतडीका १० वटै स्थानीय तहमा उम्मेदवारको नाम टुङ्गो लगाएको छ । 

दशरथचन्द नगरपालिका प्रमुखमा पु"/>

६ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

बैतडीमा राप्रपाद्वारा उम्मेदवार घोषणा

२८ जेष्ठ २०७४, आईतवार ०१:३३

जेठ २८, बैतडी | स्थानीय तहको दोस्रो चरणको निर्वाचनका लागि राप्रपाले बैतडीका १० वटै स्थानीय तहमा उम्मेदवारको नाम टुङ्गो लगाएको छ । 

दशरथचन्द नगरपालिका प्रमुखमा पुष्करराज जोशी (लख्खा भाइ), उपप्रमुखमा अम्बिका भण्डारी, पाटन नगरपालिका प्रमुखमा रणबहादुर विष्ट, उपप्रमुखमा रमा भण्डारी, पुर्चौडी नगरपालिका प्रमुखमा बृजलाल पन्त, उपप्रमुखमा पूर्णिमा बम तथा मेलौली नगरपालिका प्रमुखमा सुरेन्द्रबहादुर चन्द र उपप्रमुखमा चन्द्रकला साउदको नाम टुङ्गो लगाएको राप्रपाका जिल्ला अध्यक्ष प्रेम चन्दले जानकारी दिनुभयो । 

यस्तै, शिवनाथ गाउँपालिका अध्यक्षमा रामसिंह साउद, उपाध्यक्षमा सुन्दरी महता, सिगास गाउँपालिकामा अध्यक्षमा रामसिंह साउद, उपाध्यक्षमा राजमति धामीको नाम टुङ्गो लगाएको छ । 

दोगडाकेदार गाउँपालिकामा अध्यक्षमा इन्द्रदेव शरण भट्ट, पञ्चेश्वर गाउँपालिका अध्यक्षमा वीरेन्द्रबहादुर चन्द, सुर्नया गाउँपालिका अध्यक्षमा देवबहादुर चन्द, डिलासैनी अध्यक्षमा देवदत्त नाथको नाम टुङ्गो लगाएको छ भने उपाध्यक्षको नाम टुङ्गो लगाउन बाँकी रहेको छ । 

बाँकी रहेका उपाध्यक्षको नाम र जिल्लामा रहेका ८४ वटै वडामध्ये केही वडामा चुनावी प्रचारप्रसारसँगै उम्मेदवारको टुङ्गो लगाउने काम भइरहेको राप्रपा बैतडीले जनाएको छ । 

उम्मेदवारको टुङ्गो लगाउन बाँकी रहेका स्थानमा छलफल चलिरहेकाले केही दिनमै टुङ्गो लाग्ने राप्रपाका जिल्ला अध्यक्ष चन्दले बताउनुभयो । 

मुख्य दल नेपाली काँगे्रसले जिल्लामा उम्मेदवार टुङ्गो लगाउन नसक्दा केन्द्रमा पठाएको छ भने नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), नयाँ शक्ति नेपालले उम्मेदवारको टुङ्गो लगाइसकेका छन् । 

उम्मेदवार घोषणासँगै बैतडीका राजनीतिक दलहरुले चुनावी प्रचारप्रसारलाई तीव्रता दिएका छन् । स्थानीय तहको निर्वाचनको मिति नजिकिएसँगै बैतडीमा पनि चुनावी माहोल तात्दै गएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी जुनसुकै भूमिका रहे पनि जनताको सेवामा क्रियाशील हुन्छु : रेनु दाहाल केपी शर्मा ओली झापा पुगे रास्वपामा क–कसले पाए टिकट, को कहाँबाट लड्दै छन् चुनाव ? रास्वपाले आशिका तामाङलाई दियो टिकट केपी शर्मा ओली र बालेन शाह आज झापा जाँदै सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या