जेठ २८, परासी | सुनवल नगरपालिकाको नेपाली कांग्रेसको तर्फका मेयरपदका उम्मेदवार भिम बहादुर थापाक्षेत्रीले सनिबार नगरको वडा नं. ११ र १३ मा घरदैलो कार्यक्रम गरेका छन् । सयभन्दा ब"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

जेठ २८, परासी | सुनवल नगरपालिकाको नेपाली कांग्रेसको तर्फका मेयरपदका उम्मेदवार भिम बहादुर थापाक्षेत्रीले सनिबार नगरको वडा नं. ११ र १३ मा घरदैलो कार्यक्रम गरेका छन् । सयभन्दा ब"/>

६ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नवलपरासीको सुनवल नगरपालिकाको मेयरमा भरत थापा बलियो

२८ जेष्ठ २०७४, आईतवार ०२:२१

जेठ २८, परासी | सुनवल नगरपालिकाको नेपाली कांग्रेसको तर्फका मेयरपदका उम्मेदवार भिम बहादुर थापाक्षेत्रीले सनिबार नगरको वडा नं. ११ र १३ मा घरदैलो कार्यक्रम गरेका छन् । सयभन्दा बढि कार्यकर्ताका साथ उम्मेदवार भरत थापाले ति वडाहरुमा घरदैलो गर्दै मतदाताहरु संग भोट मागेका छन् भने त्याहाँका समस्याहरु पहिचान गरि मेयर भएपछि सामाधान गर्ने प्रतिबद्धता समेत जनाएका छन् । भरत थापा लोकप्रिय र युवा समाजसेवी भएका कारण उनी अहिलको बलियो उम्मेदवारको रुपमा लिइएका छन् । 

उम्मेदवार थापाले विहान वडा नं १३ बडेरा क्षेत्रमो घरदैलो गरेका हुन् भने दिउसाँ वडा नं. ११मा घरदैलो कार्यक्रम गरेका हुन् । आगामी असार २ गते उम्मेदवारको मनोनय दर्ता हुदैछ । मेयरका उम्मेदवार थापाले चुनावी पं्रचार पं्रसारलाई तिब्रता दिदै सबै मतदाता भेटने प्रयासमा जुटेका छन् । थापाले सुनवल नगरलाई स्मार्ट सिटी बनाउने देखि सामाजिक सुरक्षाको व्यवस्था समेत मिलाउने एजेण्डालाई लिएर मतदाताको घरदैलोमा पुगीरहेका छन् ।


त्यसैबिच वडा नं. १ मा नेपाली कांग्रेसले आमसभा गरेको छ । जिल्ला सभापति विष्णु लामिछानेको प्रमुख अतिथ्यतामा सो आम सभा आयोजना गरिएको थियो । आमसभामा नेपाली कांग्रेसमा नेताहरुले सुनवलमा नेपाली कांग्रेसले नै विजय हात पार्ने आफनो तर्क राखे । सुनवलमा नेपाली कांग्रेसले मात्र विकास गर्न सक्ने भन्दो हामीसंग त्यस्तो लोकप्रिय र महत्वपुर्ण एजेण्डा रहेको बताउदै चुनाव नेपाली कांग्रेसको पक्षमा ल्याउन सबै कार्यकर्ताहरुलाई आगं्रह समेत गरेका थिए ।

सुनवलका मेयरका उम्मेदवार भरत थापा र उपमेयकार उम्मेदवार तारा भण्डारी दुईटै उम्मेदवार लोकपिंय र सक्षम उम्मेदवार रहेको वक्ताहरुले भन्दै सुनवलबासीलाई आफनो उम्मेदवार जिताउन आग्रह गरे । सभामा जिल्ला उपसभापति अर्जुन कुमार पोख्रेल, महासमिति सदस्य विष्णु पौडेल, महासमिति सदस्य तथा मेयकार उम्मेदवार भरत थापा, नगरसभापति पप्पु रायमाझी, महाधिवेशन प्रतिनिधि अनिता शर्मा, तरुणदलका जिल्ला सदस्य यज्ञप्रसाद पौडेल, ऋषिराम पौडेल र  राष्ट्रिय स्तरका लोकदोहोरी गायकहरु समेत मन्तब्य राखेका थिए । सभामा नेकपा एमाले र माओबादी केन्द्रका गरि करिब १०० जना कार्यकर्ताहरु नेपाली कांग्रेसमा प्रवेश गरेका थिए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी जुनसुकै भूमिका रहे पनि जनताको सेवामा क्रियाशील हुन्छु : रेनु दाहाल केपी शर्मा ओली झापा पुगे रास्वपामा क–कसले पाए टिकट, को कहाँबाट लड्दै छन् चुनाव ? रास्वपाले आशिका तामाङलाई दियो टिकट केपी शर्मा ओली र बालेन शाह आज झापा जाँदै सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या