जेठ २८, वीरगंज | नेकपा एमाले, पर्साको सचिवालय बैठकले वीरगंज महानगरका वडा अध्यक्षहरूको नामावली तयार गरेको र चाडै सार्वजनिक गरिने जनाइएको छ । 

यसैगरी एमाले"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... जेठ २८, वीरगंज | नेकपा एमाले, पर्साको सचिवालय बैठकले वीरगंज महानगरका वडा अध्यक्षहरूको नामावली तयार गरेको र चाडै सार्वजनिक गरिने जनाइएको छ । 

यसैगरी एमाले"/>

१४ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एमालेबाट वीरगंज महानगरपालिकाको मेयरमा बसरुद्दीन अन्सारी

२८ जेष्ठ २०७४, आईतवार १३:०७

जेठ २८, वीरगंज | नेकपा एमाले, पर्साको सचिवालय बैठकले वीरगंज महानगरका वडा अध्यक्षहरूको नामावली तयार गरेको र चाडै सार्वजनिक गरिने जनाइएको छ । 

यसैगरी एमाले केन्द्रीय कमिटीले नेशनल मेडिकल कलेजका प्रबन्ध निर्देशक बसरुद्दीन अन्सारीलाई पार्टी प्रवेश गराउने निर्णयमा पनि सहमति गरेको  छ । डा. शर्माले सचिवालय बैठकबाट पार्टी प्रवेश र पार्टी केन्द्रीय कार्यालयले महानगर प्रमुखको उम्मेदवारमा अन्सारीलाई टिकट दिने सहमति भएको निर्णय गरेको बताउनु भयो ।

नगरप्रमुख तथा उपप्रमुखको टिकट केन्द्रबाट दिने हुनाले सचिवालयले केन्द्रीय निर्णयको स्वागत गर्ने निर्णय गरेको उनले बताउनु भयो । एमाले, पर्साले नगर प्रमुखको लागि चिरञ्जीवी आचार्य, सुन्दर कुर्मी र मनोज चौधरीको नाम सिफारिस गरी पठाएको थियो । 

मेडिकल कलेजका प्रबन्ध निर्देशक अन्सारी एमाले प्रवेशसँगै पार्टीबाट नगर प्रमुखका उम्मेदवार हुन लागेका हुन् । उनले एमाले प्रवेश गर्ने र वीरगंज महानगरको एमालेबाट नगर प्रमुखको प्रत्याशी हुने अंसारीले बताउनु भएको छ ।

यसैबिच नेशनल मेडिकल कलेजका प्रबन्धक/निर्देशक एवं समाजसेवी बसरुदिन अंसारीले वीरगंज महानगरपालिकाको वडा नं. २० हरपतगंजमा इफतारी एवं स्थानियबासीहरुसंग चुनावी छलफल कार्यक्रम सम्पन्न गर्नु भएको छ ।


मुस्लिम समुदायको महान पर्व रमदानको अवसरमा आज हरपतगंज स्थित मस्जिदमा नेशनल मेडिकल कलेजका एमडि बसरुदिन अंसारी, स्थानिय प्रवेज अंसारी, लालमहम्मद अंसारी, मेराज अंसारी लगायत स्थानिय मुस्लिम समुदायका रोजा गर्ने सर्वसाधारणहरुले सामुहिक रुपमा इफतारी गर्नु भएको छ ।

सो अवसरमा वीरगंज महागरपालिकाका नेकपा एमालेबाट मेयरका उम्मेदवार समेत रहनु भएका अंसारीले हुन लागेको स्थानिय तहको निर्वाचनमा आफुलाई सहयोग गर्न स्थानियबासीहरुसंग आग्रह समेत गर्नु भएको थियो । वीरगंज महानगरलाई नेपालकै नमुना शहर बनाउनेमा प्रतिबद्धता जनाउनु हुदै उहांले आफु मेयरमा निर्वाचित भए पछि स्थानिय युवाहरुको लागि मनोरञ्जन पार्क, खेलकुदको विकास, उच्चशिक्षा, बृद्धाश्रम, गरिबि न्युनिकरण, रोजगारीको व्यवस्था, नगरको सम्पूर्ण विकास गर्ने बताउनु भएको छ । वीरगंजलाई २४ घण्टा विद्युत परिपुर्ति गर्न सोलार पावरको व्यवस्था, सडकको स्तरोन्नती, सरसफाई, बजार व्यवस्थापनमा समेत ध्यान दिने बताउनु भयो । 

सो अवसरमा आकाश एफएमका एमडि आशिक अंसारी, मधेसी पत्रकारसमाज पर्साका अध्यक्ष श्रवण प्रसाद साह, पत्रकार नेहाल खान, अकलु यादव, संतोष पासवान, लगायतको सहभागीता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युक्रेन सङ्कट समाधानमा चरणबद्ध प्रक्रिया आवश्यकः ट्रम्प गाजामा आँधीका कारण जनजीवन जोखिममा,उद्धार कार्य प्रभावित इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार व्यक्ति युएईबाट पक्राउ उपत्यक ट्राफिक प्रहरीलाई ‘म्याजिक लाइट’ हस्तान्तरण थाइल्यान्ड–कम्बोडिया सीमा विवाद : चीनको मध्यस्थता प्रयास जसपा नेपाल र जसपाबीच एकता घोषणा नक्कली सुन दिएर पाँच लाख ठगी गर्ने गिरोह पक्राउ शान्तितर्फ युक्रेन–रुस वार्ता नजिकिएको ट्रम्पको दाबी नेकपाले सांसद र मन्त्री भइसकेकालाई समानुपातिक सूचीमा नराख्ने अधिकांश दलले समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्द सूची आज पेस गर्दै राजनीतिमा आमूल परिवर्तन आउनुपर्छ : मन्त्री खरेल करेन्ट लागेर एक महिलाको मृत्यु डुबेर तीन वर्षीय बालकको निधन सुनको मूल्य सामान्य घट्यो वर्तमान अवस्थामा निर्वाचन नै उत्तम विकल्प हो : संयोजक दाहाल रास्वपाको केन्द्रीय समिति बैठक : सहमति अनुमोदन आइतबार एमाले सचिवालय बैठक निर्वाचनमा सहभागी हुने प्रमुख दलका शीर्ष नेताहरूको प्रतिबद्धता निर्वाचनलाई सफल बनाउन दलहरुसँग प्रधानमन्त्रीको आग्रह प्रधानमन्त्री कार्की र तीन शीष नेताबीच छलफल जारी