२०८२, २८ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

ओखलढुङ्गा - OKL

एमाले जिताउन यज्ञराजको दौडधुप

२०७४, २८ जेष्ठ आईतवार १६:३९

ओखलढुंगामा चुनावी सरगर्मी बढेको छ । दोस्रो चरणको निर्वाचनको तयारी जिल्लामा अन्तीम चरणमा पुगेको छ । दलहरु चुनावी अभियान लिएर गाउँगाउँमा पुगेका छन् भने राज्यका निकायहरु पनि चुनावी तयारी र मतदाता शिक्षा दिनमा व्यस्त देखिएका छन् । जिल्लाका एक नगरपालिका सहित आठ वटै स्थानीय तहमा अहिले चुनावी सरगर्मी निकै बढेको छ । 

सांसद सहितका केन्द्र र जिल्ला स्तरका नेताहरु यतिबेला आ आफ्नो पार्टीका उमेद्वारलाई जिताउन गाउँमा पुगेर घरदैलो अभियानमा जुटेका छन् । एमाले सांसद यज्ञराज सुनुवार निकै सकृय भएर एमाले जिताउन लागि परेका छन् । केही दिन यता जिल्लाका विभिन्न पालिकामा पुगेर एमालेका उमेद्वारलाई भोट माग्नमा व्यस्त छन् । 


यसैविच आज सुनकोशी गाउँपालिका ९ ककनीमा उमेद्वारी परिचयात्मक तथा अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न भएको छ । सांसद सुनुवारको प्रमुखआतिथ्यतामा भएको कार्यक्रममा एमालेका उमेद्वारलाई जिताउन आवहन गरिएको थियो । कांग्रेस र माओवादी केन्द्रका दर्जनबढी नेता एमालेमा प्रवेश गरेको एमालेबाट वडा अध्यक्षका उमेद्वार झनक कार्कीले जानकारी दिए । 

कांग्रेसको गड मानिने स्थानमा एमालेका युवा उमेद््वारहरु चुनावी मैदानमा छन् । एमाले युवाहरुलाई जिताउने अभियानमा सांसद सुनुवार लागि परेका हुन् । मोलुङ, मानेभञ्ज्याङ,  सुनकोशी र चम्पादेवी गाउँपालिका र सिद्धिचरण नगरपालिकाका टोलटोलमा पुगेर सांसद सुनुवारले मत मागिरहेका छन् । एमालले गरेका राम्राकामका बारेमा जानकारी दिँदै नयाँ नेतृत्वमा एमालेले अघि सारेका युवाहरुलाई पुर्याउन मतदाता माझ पुगेर आवहन गरिरहेको सांसद सुनुवारले बताए । ओखलढुंगाका आठ स्थानीय तह र त्यसभित्र पर्ने ७५ वटै वडाका धेरै ठाउँमा एमाले विजयी हुने र ओखलढुंगामा पहिलो शक्तिका रुपमा एमाले स्थापीत हुने सांसद सुनुवारको दावी छ । 


कांग्रेस सांसद रामहरि खतिवडा र एमालेका अन्य साांसदहरु हर्कबोल राई र सकुन्तला राजभण्डारी पनि निकै सकृय भएर प्रचारमा लागि परेका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से मन्त्रिपरिषद् विस्तार हुँदै, थप दुई नयाँ मन्त्री नियुक्त पोखरामा महिला हत्या प्रकरणमा संलग्न दुई जना पक्राउ साउदीमा अवैध रूपमा बसेका ६२ जना नेपालीले पाए ‘एक्जिट भिसा’ श्रम स्वीकृतिसम्बन्धी भ्रामक सूचना हटाउन वैदेशिक रोजगार विभागको निर्देशन पोर्चुगल पठाइ दिने भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ