६ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

आज नवलपरासीको परासी क्षेत्र लगायत तराईका जिल्ला बन्द

३० जेष्ठ २०७४, मंगलवार ०२:५२

सरु शर्मा/जेठ ३०, नवलपरासी । राष्ट्रिय जनता पार्टी नेपालले आह्वान गरेको मधेस, थरुहट र लिम्बुवान बन्दका कारण आज नवलपरासीको परासी क्षेत्र लगायत तराईका जिल्ला बन्द भएका छन् । 

बन्दका कारण परासी आसपासका क्षेत्रमा शैक्षिक सँस्था, पसल, कलकारखाना, सवारी साधन ठप्प भएका छन् । पुर्ब पश्चिम राजमार्गमा पनि सवारीका साधन निकै कममात्रामा चलेको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ । 

हिजो सदरमुकाम परासीमा मसाल जुलुस प्रदर्शन गरेको गठबन्धनले आज र भोली तथा असार १ र २ गते तराई बन्दको आह्वान गरेको हो । बन्द भएपछि लामो दुरीमा गएका यात्रुहरु बाटोमै अलपत्र परेका छन् । नेपाल भारत सिमा क्षेत्र महेशपुरमा पनि भारतबाट आउदै गरेका यात्रु बाटोमै अलपत्र परेको हाम्रा सहकर्मीहरुले बताएका छन् ।  

बन्दका क्रममा कुटनितिक नियोगका सवारी, एम्बुलेन्स, जन्ती, शवबाहन, पत्रकार, पानी बोक्ने गाडी बाहेक अन्य सवै बन्द रहने राजपाले जनाएको छ । राजपाले आज मोटरसाईकल चल्न दिने तर ईरिक्सा भने बन्द हुने निर्णय गरेको प्रवक्ता राधेरमण पाण्डेले बताउनुभयो । 

सरकारले माग पूरा गर्ने्तिर कुनै चासो नदिएपछि बाध्य भएर मधेस, थरुहट र लिम्बुवानमा संघर्षका कार्यक्रम सार्वजनिक गरेको गठबन्धनले जनाएको छ । बन्द भएपछि जिल्लामा सुरक्षा व्यवस्था कडा पारीएको जिल्ला प्रसासनले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी जुनसुकै भूमिका रहे पनि जनताको सेवामा क्रियाशील हुन्छु : रेनु दाहाल केपी शर्मा ओली झापा पुगे रास्वपामा क–कसले पाए टिकट, को कहाँबाट लड्दै छन् चुनाव ? रास्वपाले आशिका तामाङलाई दियो टिकट केपी शर्मा ओली र बालेन शाह आज झापा जाँदै सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या