२०८२, ४ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

बझाङका महिला उम्मेदवार उप—प्रमुखमै सिमित

२०७४, ३० जेष्ठ मंगलवार ०६:५१

मकरराज धामी/जेठ ३०, बझाङ । बझाङ जिल्लामा ठूला तथा साना दलहरुले उम्मेदवारको टुंगो लगाएको भए पनि स्थानीय तहको प्रमुख पदमा महिला उम्मेदवारको  नाम  समावेश भएको छैन । 

समग्रमा हेर्ने हो भने बझाङमा स्थानीय तहको प्रमुखमा महिलाको उम्मेदवारी शून्य देखिएको छ । ठूला दल नेकपा एमाले,नेपालि काँग्रेस र माओवादि केन्द्रले महिलालाई उम्मेदवार बनाएका छैन भने साना दल नयाँशक्ति राप्रपा जनमोर्चा लगायतका दलले ठूला दलसँग तालमेलको तयारी गरेकाले प्रमुख पदमा उम्मेदवार उठाएका छैनन् । दश गाउपालिका र दुई नगरपालिका रहेको बझाङमा वडा अध्यक्षमा समेत महिलालाई टिकट दिईएकोे छैन ।

जिल्लाका प्रमुख तीन दलहरु बीचको चुनावि प्रतिस्पर्धामा महिला उम्मेदवार उठाउँदा पराजित हुने डर र महिलाहरूले दबाब दिन नसक्दा प्रमुख पदको टिकट पाउन नसकेको महिला अधिकारकर्मी जयन्ती जोशीको भनाइ छ । एक त महिला आफैमा आत्माविश्वास छैन अर्को कुरा राजनैतिक दलहरुको मानसिकता अझै पनि महिला केहि गर्न सक्दैनन भन्ने भएकाले महिलाहरूले पार्टी निर्णय स्विकार्न बाध्य भएको बताईन ।

झण्डै वीस बर्ष पछि स्थानिय तहको निर्वाचन हुन गई रहेकाले आफु भन्दा सिनियर नेतृत्वका व्यक्तिहरु बाँकी रहँदा आफुले मेयरको टिकट नपाएको काँग्रेस बाट उपमेयर पदका उम्मेदवार अमृता देवी सिंहको भनाई छ । जयपृथ्वी नगरपालिकाको मेयर पदका लागी आफ्नो दावी भएको भए पनि आफु भन्दा अग्रणी व्यक्तित्वहरुको योगदानका कारण पार्टीको निर्णय स्वीकार्नु परेको र उपमेयरमा चित्त बुझाउनु परेको उनको भनाई छ ।

लामो समय पछि हुन गईरहेको स्थानिय तहको निर्वाचन संघिय प्रणालि बाट हुन गईरहेकाले आफुलाई एक्कासी मेयर पदमा दावी गर्न अप्ठयारो भएको जयपृथ्वी नगरपालिका नेकपा एमाले उपमेयरका उम्मेदवार जुना जाग्रीले बताईन । लामो समय पछि निर्वाचन हुदा हामीले पार्टीको वरियताक्रम र योगदान दिएको व्यक्ति लाई प्रमुख छानेको र आफुहरुले जिद्धि गरेको भए मेयरको टिकट पाउथ्यौँे एक्कासी जिम्म्वारी सम्हाल्दा असजिलो हुन्छ कि भन्ने डरले मेयरको टिकट नलिएको उनको भनाई छ ।

त्यस्तै माओवादि केन्द्र उपमेयरका उम्मेदवार सरिता खडकाको पनि भनाई उस्तै छ लामो समय पछि नयाँ ढंगले निर्वाचन हुन गई रहेको र सिंहदरवारको सेवा गााउघरमा दिनुपर्दा सेवाग्राहिलाई भने जस्तो सेवा दिन सकिदैनकि भन्ने सोच आएकाले मेयरको दावी नगरेको उनको भनाई छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने विज्ञताका आधारमा मन्त्री छनोट हुन्छः रवि लामिछाने जति ठूलो शक्ति त्यति ठूलो जिम्मेवारी प्राप्त गरेका छौँ: सभापति लामिछाने नारायणगढ-मुग्लिन सडक खण्डका ४३ ठाउँ पहिरोको जोखिममा खोटाङमा हेलिकप्टर दुर्घटना मलाई बोल्न आउँदैन भन्छन्, त्यसकै लागि क्लास राम्रोसँग लिइरहेको छु : आशिका तामाङ जग्गासम्बन्धी विवादमा छोराले गरे आमाको हत्या मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ चुनावी लहरले मात्र दीर्घकालीन राजनीतिक स्थायित्व सुनिश्चित गर्न सक्दैन : शंकर पोखरेल प्रधानमन्त्री कार्कीले पशुपतिमा गरिन् रुद्राभिषेक पूजा सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी पुस्तक जलाएको घटनाको छानबिन गरी कारबाही गर्न गृह मन्त्रालयको निर्देशन १३ अंकले बढ्यो नेप्से