६ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

बझाङका महिला उम्मेदवार उप—प्रमुखमै सिमित

३० जेष्ठ २०७४, मंगलवार ०६:५१

मकरराज धामी/जेठ ३०, बझाङ । बझाङ जिल्लामा ठूला तथा साना दलहरुले उम्मेदवारको टुंगो लगाएको भए पनि स्थानीय तहको प्रमुख पदमा महिला उम्मेदवारको  नाम  समावेश भएको छैन । 

समग्रमा हेर्ने हो भने बझाङमा स्थानीय तहको प्रमुखमा महिलाको उम्मेदवारी शून्य देखिएको छ । ठूला दल नेकपा एमाले,नेपालि काँग्रेस र माओवादि केन्द्रले महिलालाई उम्मेदवार बनाएका छैन भने साना दल नयाँशक्ति राप्रपा जनमोर्चा लगायतका दलले ठूला दलसँग तालमेलको तयारी गरेकाले प्रमुख पदमा उम्मेदवार उठाएका छैनन् । दश गाउपालिका र दुई नगरपालिका रहेको बझाङमा वडा अध्यक्षमा समेत महिलालाई टिकट दिईएकोे छैन ।

जिल्लाका प्रमुख तीन दलहरु बीचको चुनावि प्रतिस्पर्धामा महिला उम्मेदवार उठाउँदा पराजित हुने डर र महिलाहरूले दबाब दिन नसक्दा प्रमुख पदको टिकट पाउन नसकेको महिला अधिकारकर्मी जयन्ती जोशीको भनाइ छ । एक त महिला आफैमा आत्माविश्वास छैन अर्को कुरा राजनैतिक दलहरुको मानसिकता अझै पनि महिला केहि गर्न सक्दैनन भन्ने भएकाले महिलाहरूले पार्टी निर्णय स्विकार्न बाध्य भएको बताईन ।

झण्डै वीस बर्ष पछि स्थानिय तहको निर्वाचन हुन गई रहेकाले आफु भन्दा सिनियर नेतृत्वका व्यक्तिहरु बाँकी रहँदा आफुले मेयरको टिकट नपाएको काँग्रेस बाट उपमेयर पदका उम्मेदवार अमृता देवी सिंहको भनाई छ । जयपृथ्वी नगरपालिकाको मेयर पदका लागी आफ्नो दावी भएको भए पनि आफु भन्दा अग्रणी व्यक्तित्वहरुको योगदानका कारण पार्टीको निर्णय स्वीकार्नु परेको र उपमेयरमा चित्त बुझाउनु परेको उनको भनाई छ ।

लामो समय पछि हुन गईरहेको स्थानिय तहको निर्वाचन संघिय प्रणालि बाट हुन गईरहेकाले आफुलाई एक्कासी मेयर पदमा दावी गर्न अप्ठयारो भएको जयपृथ्वी नगरपालिका नेकपा एमाले उपमेयरका उम्मेदवार जुना जाग्रीले बताईन । लामो समय पछि निर्वाचन हुदा हामीले पार्टीको वरियताक्रम र योगदान दिएको व्यक्ति लाई प्रमुख छानेको र आफुहरुले जिद्धि गरेको भए मेयरको टिकट पाउथ्यौँे एक्कासी जिम्म्वारी सम्हाल्दा असजिलो हुन्छ कि भन्ने डरले मेयरको टिकट नलिएको उनको भनाई छ ।

त्यस्तै माओवादि केन्द्र उपमेयरका उम्मेदवार सरिता खडकाको पनि भनाई उस्तै छ लामो समय पछि नयाँ ढंगले निर्वाचन हुन गई रहेको र सिंहदरवारको सेवा गााउघरमा दिनुपर्दा सेवाग्राहिलाई भने जस्तो सेवा दिन सकिदैनकि भन्ने सोच आएकाले मेयरको दावी नगरेको उनको भनाई छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी जुनसुकै भूमिका रहे पनि जनताको सेवामा क्रियाशील हुन्छु : रेनु दाहाल केपी शर्मा ओली झापा पुगे रास्वपामा क–कसले पाए टिकट, को कहाँबाट लड्दै छन् चुनाव ? रास्वपाले आशिका तामाङलाई दियो टिकट केपी शर्मा ओली र बालेन शाह आज झापा जाँदै सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या