जेठ ३०, काठमाडौं । प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले असार १४ गतेको निर्वाचन हुँदैन वा सर्छ भनेर चुनावको विपक्षमा नबोल्नको लागि चेतावनी दिएका छन् । "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

जेठ ३०, काठमाडौं । प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले असार १४ गतेको निर्वाचन हुँदैन वा सर्छ भनेर चुनावको विपक्षमा नबोल्नको लागि चेतावनी दिएका छन् । "/>

६ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘स्थानीय तहको संख्या थपे असार १४ गतेको निर्वाचन हुँदैन’

३० जेष्ठ २०७४, मंगलवार ०८:१४


जेठ ३०, काठमाडौं । प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले असार १४ गतेको निर्वाचन हुँदैन वा सर्छ भनेर चुनावको विपक्षमा नबोल्नको लागि चेतावनी दिएका छन् । 

यादवले भने,‘निर्वाचनको सम्पूर्ण तयारी भैसकेको छ, अब पनि निर्वाचन हुँदैन भनेर यसको विपक्षमा बोल्ने काम नगरौं, असार १४ गते तोकिएकै मितिमा दोस्रो चरणको स्थानीय तहको निर्वाचन हुन्छ, ढुक्क हुनुहोस् ।’

मंगलबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै प्रमुख निर्वाचन आयुक्त डा. यादवले निर्वाचनको विपक्षमा कसैलेपनि कुरा गर्न नहुने बताएका हुन् । यादवले भने,‘मुलुक निर्वाचनमा गैसकेको छ, २ गते मनोनयन हुन्छ, १४ गते निर्वाचन हुन्छ, आयोग अब निर्वाचनबाट एक ईन्चपनि ब्याक हुँदैन्, चारवटै प्रदेशमा एकै चरणमा निर्वाचन हुन्छ, यसको सम्पूर्ण तयारी आयोगले गरिसकेको छ ।’ यादवले चुनावको मुखामा आएर निर्वाचनको विपक्षमा कुनै कुरा नगर्न चेतावनी दिएका छन् । उनले भने,‘आयोग चुनावमा होमिसकेको छ।’

यादवले सबै जिल्लामा निर्वाचन सामाग्री पु¥याई सकिएको र निर्वाचनको तयारी पूरा भैसकेको जानकारी गराए । उनले भने,‘निर्वाचनको सम्पूर्ण तयारी भैसकेको छ, हामीले संबेदनशिलताको आधारमा अनुगमन टोलि खटाएका छौं, असार १४ गतेको निर्वाचन मिति सार्ने भन्ने कुरा हल्लामात्रै हो, २ र ५ नम्बर प्रदेश को निर्वाचन सर्ने हल्ला मात्र हो, यसमा कुनै सत्यता छैन, यी सबै अनुमानका कुराहरु मात्रै हुन् ।’

यादवले अब स्थानीय तहको संख्या थप भएमा पनि निर्वाचन गर्न नसकिने दाबी गरे । उनले भने,‘निर्वाचनको सम्पूर्ण तयारी भैसकेको छ, अब पनि स्थानीय तहको संख्या थप्ने भन्ने कुरा कहाँबाट सम्भव छ, यो असंम्भव कुरा हो, अब मत खसाल्न मात्र बाँकी छ ।’ 

उनले ४६१ स्थानमा एकै चरणमा निर्वाचन हुने र अब पनि संख्या थपे आयोगले निर्वाचन गर्न नसक्ने जिकिर गरे । उनले आयोगका सबै कर्मचारी मुख्य निर्वाचन अधिकृतदेखि अन्य कर्मचारीहरु ४६१ निर्वाचन क्षेत्रमा पुगिसकेको समेत जनाए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी जुनसुकै भूमिका रहे पनि जनताको सेवामा क्रियाशील हुन्छु : रेनु दाहाल केपी शर्मा ओली झापा पुगे रास्वपामा क–कसले पाए टिकट, को कहाँबाट लड्दै छन् चुनाव ? रास्वपाले आशिका तामाङलाई दियो टिकट केपी शर्मा ओली र बालेन शाह आज झापा जाँदै सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या