६ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

भक्तपुर - BKT

प्रचार सामग्री नहटाउँदा नगर बन्यो कुरुप

३१ जेष्ठ २०७४, बुधबार ०८:४०

जेठ ३१, भक्तपुर । स्थानीय तहको निर्वाचनमा प्रयोग भएका प्रचार सामग्री नहटाउँदा जिल्लाका चार नगरपालिका कुरुप बनेको छ । 

पहिलो चरणअन्तर्गत स्थानीय तहको निर्वाचन सम्पन्न भएको आज ठीक एक महिना पुगेको छ । एक महिना बितिसक्दा पनि राजनीतिक दलहरुले निर्वाचनमा प्रयोग गरिएका प्रचार सामग्री नहटाउँदा जिल्लाका चार नगरपालिका कुरुप बनेका हुन् । 

भक्तपुरमा स्थानीय तहको निर्वाचन वैशाख ३१ गते सम्पन्न भएको थियो । 

जिल्लाको भक्तपुर, मध्यपुरथिमि, सूर्यविनायक र चाँगुनारायण नगरपालिकामा दलहरुका निर्वाचन सामग्रीले अझै रङ्गिएका छन् । निर्वाचन आचारसंहितामै निर्वाचन सकिएलगत्तै प्रचार सामग्री हटाउनु पर्ने व्यवस्था गरिए पनि दलका नेताले भने यसको कार्यान्वयन गरेका छैनन् । 

जिल्ला निर्वाचन कार्यालय भक्तपुरका प्रमुख उमेश राईले निर्वाचन सकिएलगत्तै त्यस्ता निर्वाचन सामग्री दलहरुले हटाउनु पर्ने आचारसंहिता रहेको स्पष्ट पार्नुभयो । आचारसंहिताअनुरुप काम नगर्दा निर्वाचन सामग्री रहेको उहाँले बताउनुभयो । 

दलहरुले निर्वाचनका लागि राखेको ब्यानर, तुल, फ्लेक्स, निर्वाचन चिह्न र पार्टीका झन्डा अझै पनि टोलटोल, गल्लीगल्ली र एतिहासिक तथा पुरातात्विक महत्वका सम्पदाका भित्ताभित्तामा टाँसिएर राख्दा नगर कुरुप बनेको हो । यसबारे विभिन्न दलका नेताहरुले केही दिनभित्रै त्यस्ता प्रचार सामग्री हटाउँला भन्ने जवाफ दिएका छन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी जुनसुकै भूमिका रहे पनि जनताको सेवामा क्रियाशील हुन्छु : रेनु दाहाल केपी शर्मा ओली झापा पुगे रास्वपामा क–कसले पाए टिकट, को कहाँबाट लड्दै छन् चुनाव ? रास्वपाले आशिका तामाङलाई दियो टिकट केपी शर्मा ओली र बालेन शाह आज झापा जाँदै सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या