६ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

जिउँदो सहिदको नामले चिनिने ललन चौधरी माओवादी केन्द्र प्रवेश

३१ जेष्ठ २०७४, बुधबार ०९:३३


जेठ ३१, काठमाडौं । २०३६ र २०४६ सालको लोकतान्त्रिक आन्दोलनमा जनकपुर क्षेत्रका कमाण्डर एवं नेपाली कांग्रेसका नेता ललन चौधरी माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।

चौधरी बुधबार पूर्व प्रधानमन्त्री एवं पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेट गरी माओवादी केन्द्रमा प्रवेश गरेका हुन । चौधरीले लोकतान्त्रिक आन्दोलनका क्रममा पाँच वर्ष लामो जेल जीवन बिताएका थिए । चौधरी नेपाल विद्यार्थी संघको जिल्ला अध्यक्ष र केन्द्रीय सदस्य, नेपाल तरुण दलको केन्द्रीय सदस्य हुँदै हाल नेपाली कांग्रेस महासमिति सदस्य र केन्द्रीय खेलकूद विभागको नेतासमेत भएका थिए ।

जनकपुर क्षेत्रमा जिउँदो सहिदको नामले चिनिने चौधरी ‘माओवादी नीति र प्रचण्डको नेतृत्व क्षमताबाट प्रभावित भएर आफू माओवादी केन्द्रमा प्रवेश गरेको’ बताए । चौधरीले भने, ‘दशकौं लामो राजनीति गरियो । तर, देशको एकता र सबैको हितका लागि सोच्ने र लड्ने पार्टी माओवादी मात्रै लाग्यो । प्रचण्डको राजनीतिक क्षमताबाट म निकै प्रभवित छु, त्यसै भएर माओवादी केन्द्रमा आएँ । अब म निस्वार्थ रुपमा राजनीतिमा निरन्तर लाग्नेछु ।’

चौधरीलाई माओवादीमा प्रवेश गराउँदै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ललन चौधरीको माओवादी आन्दोलनमा प्रवेशले जनकपुर क्षेत्रमा नयाँ उत्साह र गति पैदा गर्ने’बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी जुनसुकै भूमिका रहे पनि जनताको सेवामा क्रियाशील हुन्छु : रेनु दाहाल केपी शर्मा ओली झापा पुगे रास्वपामा क–कसले पाए टिकट, को कहाँबाट लड्दै छन् चुनाव ? रास्वपाले आशिका तामाङलाई दियो टिकट केपी शर्मा ओली र बालेन शाह आज झापा जाँदै सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या