२०८२, ४ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रुकुमका २७ वटा मतदानस्थल अति संवेदनशील

२०७४, ३१ जेष्ठ बुधबार ०९:४५

जेठ ३१, रुकुम । असार १४ गते हुने दोस्रोचरणको निर्वाचणमा यहाँका २७ वटा मतदानस्थललाई अति संवेदनशील मानिएको छ । 

जिल्लाका– ५ नंम्बर प्रदेशमा पर्ने तीन गाउँपालिकाका– ३१ मतदानस्थलमध्ये चारवटा मतदानस्थल सामान्य रहे पनि २७ वटा मतदान स्थललाई अति संवेदनशील मानिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ छ । 

जिल्लाको पुथा उत्तरगङ्गा गाउँपालिकामा रहेका १४ स्थान, भूमे गाउँपालिकामा रहेका आठ स्थान र सिस्ने गाउँपालिकामा रहेका पाँच स्थान गरेर २७ स्थानलाई अतिसंवेदनशील मानिएको प्रहरीको भनाइ छ । 

ती स्थानमा सुरक्षा व्यवस्था कडा पारिएको प्रहरी नायब उपरीक्षक अङ्गुर जिसीले बताउनुभयो । उहाँका अनुसार एउटा बुथमा कम्तीमा पनि १५ जना म्यादी प्रहरी, सात नेपाल प्रहरीका साथै सशस्त्र प्रहरी, सादा पोसाकका प्रहरी र नेपाली सेनालाई खटाउने तयारी भइरहेको छ । 

भौगोलिकरुपले विकट रहेका कारण विप्लब माओवादीका कार्यकर्ताले निर्वाचन बिथोल्ने गतिविधि गर्नसक्ने प्रहरीको अनुमान छ । यसका साथै विकटता कारण मतदाता सहजरुपमा मतदान केन्द्र आउन समस्या हुने, राजनीतिक दलबीच बढी प्रतिस्पर्धा भएको ठाउँमा विवादका कारण निर्वाचन बिथोलिन सक्ने भएकाले पनि सुरक्षा व्यवसथा निकै कडा पारिएको उहाँले बताउनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने विज्ञताका आधारमा मन्त्री छनोट हुन्छः रवि लामिछाने जति ठूलो शक्ति त्यति ठूलो जिम्मेवारी प्राप्त गरेका छौँ: सभापति लामिछाने नारायणगढ-मुग्लिन सडक खण्डका ४३ ठाउँ पहिरोको जोखिममा खोटाङमा हेलिकप्टर दुर्घटना मलाई बोल्न आउँदैन भन्छन्, त्यसकै लागि क्लास राम्रोसँग लिइरहेको छु : आशिका तामाङ जग्गासम्बन्धी विवादमा छोराले गरे आमाको हत्या मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ चुनावी लहरले मात्र दीर्घकालीन राजनीतिक स्थायित्व सुनिश्चित गर्न सक्दैन : शंकर पोखरेल प्रधानमन्त्री कार्कीले पशुपतिमा गरिन् रुद्राभिषेक पूजा सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी पुस्तक जलाएको घटनाको छानबिन गरी कारबाही गर्न गृह मन्त्रालयको निर्देशन १३ अंकले बढ्यो नेप्से