६ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रुकुमका २७ वटा मतदानस्थल अति संवेदनशील

३१ जेष्ठ २०७४, बुधबार ०९:४५

जेठ ३१, रुकुम । असार १४ गते हुने दोस्रोचरणको निर्वाचणमा यहाँका २७ वटा मतदानस्थललाई अति संवेदनशील मानिएको छ । 

जिल्लाका– ५ नंम्बर प्रदेशमा पर्ने तीन गाउँपालिकाका– ३१ मतदानस्थलमध्ये चारवटा मतदानस्थल सामान्य रहे पनि २७ वटा मतदान स्थललाई अति संवेदनशील मानिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ छ । 

जिल्लाको पुथा उत्तरगङ्गा गाउँपालिकामा रहेका १४ स्थान, भूमे गाउँपालिकामा रहेका आठ स्थान र सिस्ने गाउँपालिकामा रहेका पाँच स्थान गरेर २७ स्थानलाई अतिसंवेदनशील मानिएको प्रहरीको भनाइ छ । 

ती स्थानमा सुरक्षा व्यवस्था कडा पारिएको प्रहरी नायब उपरीक्षक अङ्गुर जिसीले बताउनुभयो । उहाँका अनुसार एउटा बुथमा कम्तीमा पनि १५ जना म्यादी प्रहरी, सात नेपाल प्रहरीका साथै सशस्त्र प्रहरी, सादा पोसाकका प्रहरी र नेपाली सेनालाई खटाउने तयारी भइरहेको छ । 

भौगोलिकरुपले विकट रहेका कारण विप्लब माओवादीका कार्यकर्ताले निर्वाचन बिथोल्ने गतिविधि गर्नसक्ने प्रहरीको अनुमान छ । यसका साथै विकटता कारण मतदाता सहजरुपमा मतदान केन्द्र आउन समस्या हुने, राजनीतिक दलबीच बढी प्रतिस्पर्धा भएको ठाउँमा विवादका कारण निर्वाचन बिथोलिन सक्ने भएकाले पनि सुरक्षा व्यवसथा निकै कडा पारिएको उहाँले बताउनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी जुनसुकै भूमिका रहे पनि जनताको सेवामा क्रियाशील हुन्छु : रेनु दाहाल केपी शर्मा ओली झापा पुगे रास्वपामा क–कसले पाए टिकट, को कहाँबाट लड्दै छन् चुनाव ? रास्वपाले आशिका तामाङलाई दियो टिकट केपी शर्मा ओली र बालेन शाह आज झापा जाँदै सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या