मो इमरान खान/जेठ ३१, कपिलवास्तु ।  राष्ट्रिय जनता पार्टी नेपाल नेतृत्वको संघीय गठबन्धनद्वारा घोषित मधेश बन्दको क्रममा आज दोस्रो दिन नेपाल बन्द ले कपिलवास्तु ज"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

मो इमरान खान/जेठ ३१, कपिलवास्तु ।  राष्ट्रिय जनता पार्टी नेपाल नेतृत्वको संघीय गठबन्धनद्वारा घोषित मधेश बन्दको क्रममा आज दोस्रो दिन नेपाल बन्द ले कपिलवास्तु ज"/>

२०८२, ४ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

मधेश बन्दको आज दोस्रो दिन पनि कपिलवस्तु ठप्प

२०७४, ३१ जेष्ठ बुधबार १०:२६


मो इमरान खान/जेठ ३१, कपिलवास्तु ।  राष्ट्रिय जनता पार्टी नेपाल नेतृत्वको संघीय गठबन्धनद्वारा घोषित मधेश बन्दको क्रममा आज दोस्रो दिन नेपाल बन्द ले कपिलवास्तु जिल्ला पुर्ण रुपले बन्द गरेका छन । 

मुख्य व्यापारिक नाका तौलिहवा को जिल्ला प्रसासन अगाडी तथा बिधुत प्राधिकरण अगाडि बिहानैदेखि मुख्य सडकको चौक चौकमा त्यसैगरी बाइपास सडक खण्डको ठाउँ ठाउँमा टायर बाली प्रदर्शन जारी रहेको छ । 

प्रदर्शनकै क्रममा २ वटा मोटरसाईकल मा तोडफोड तथा राष्ट्रिय जनता पार्टी नेपालका कार्यकर्ताले संघिय समाजवादी फोरम नेपाल को महाराजगंज पार्टि कार्यलयमा गई संघिय समाजवादी फोरम नेपालको झण्डामा आगाजनि गरेका छन । 

आज पनि दोस्रो दिन कपिलवास्तुको बजार, शैक्षिक संस्था, सवारीसाधन, प्रतिस्ठान, कलकारखाना ठप्प रहेको राजपा नेपाल कपिलवास्तुका ६ दलीय अध्यक्ष कालिपद शर्मा उर्फ जनसन तथा राजपा नेपाल कपिलवास्तुका संयोजक कैलाश अग्राहारी, जनाएका छन । 


आन्दोलन परिचालन समितिका नेता बासुदेव कासौधन, मो सलिम , बिष्णु बारी, मकसुदन चौधारी आदि कार्यकर्ताहरु एवं पार्टीका स्थानीय नेता कार्यकर्ताहरु आन्दोलनलाई ससक्त बनाउन बिहानै देखि सडकमा उत्रेका छन । 

ओलि चोर देश छोड, एमाले पार्टि मुर्दाबाद, काग्रेस पार्टि मुर्दाबाद, माओबादी पार्टि मुर्दाबाद, पुलिस÷प्रसासन मुर्दाबाद नारा लगाउदै आज दोस्रो दिन पनि कपिलवास्तु पुर्ण रुपले बन्द गरेका छन ।  घोषित स्थानीय तहको निर्वाचन मधेश विरोधी भएकोले राजपाद्वारा घोषित चार दिनको बन्दको आज दोस्रो दिन पनि कपिलवास्तु जिल्ला पूर्ण रुपले प्रभावित भएको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने विज्ञताका आधारमा मन्त्री छनोट हुन्छः रवि लामिछाने जति ठूलो शक्ति त्यति ठूलो जिम्मेवारी प्राप्त गरेका छौँ: सभापति लामिछाने नारायणगढ-मुग्लिन सडक खण्डका ४३ ठाउँ पहिरोको जोखिममा खोटाङमा हेलिकप्टर दुर्घटना मलाई बोल्न आउँदैन भन्छन्, त्यसकै लागि क्लास राम्रोसँग लिइरहेको छु : आशिका तामाङ जग्गासम्बन्धी विवादमा छोराले गरे आमाको हत्या मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ चुनावी लहरले मात्र दीर्घकालीन राजनीतिक स्थायित्व सुनिश्चित गर्न सक्दैन : शंकर पोखरेल प्रधानमन्त्री कार्कीले पशुपतिमा गरिन् रुद्राभिषेक पूजा सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी पुस्तक जलाएको घटनाको छानबिन गरी कारबाही गर्न गृह मन्त्रालयको निर्देशन १३ अंकले बढ्यो नेप्से