2026-06-29 02:30 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

तेश्रो चरणको चुनाव असोज २ गते, मनोनयन असार ५ गते


असार १, काठमाडौं । सरकारले प्रदेश नम्बर २ मा तेस्रो चरणमा चुनाव गर्ने भएको छ । तर प्रदेश नम्बर १, ५ र ७ मा भने असार १४ मानै निर्वाचन हुनेछ । 

निर्वाचन आयोगको असहमति हुँदाहुँदै पनि राजपालाई निर्वाचनमा सहभागी गराउन सरकारले प्रदेश नम्बर २ को चुनाव तेस्रो चरणमा गराउने भएको हो । सरकारले राजपालाई सहमतिमा ल्याउन भन्दै चुनाव असोजलाई सारेपनि राष्ट्रिय जनता पार्टी (राजपा)  भने त्यतिबेलाको चुनावमा पनि आउने/नआउने भन्नेमा अन्यौल देखिएको छ । 

आज सिंहदरबारमा सत्तारुढ दलहरुबीच भएको सहमति अनुसार नै प्रदेश नम्बर २ को चुनाव सार्ने सहमति भएको हो । बैठकमा  कांग्रेस, माओवादी र राष्ट्रिय जनता पार्टीका शीर्ष नेताहरुको सहभागिता थियो । 

प्रदेश २ को चुनाव तेश्रो चरणमा गर्ने भन्ने बिषयमा सत्तारुढ दलले टुङ्गो लगाएपछी अब मन्त्रिपरिषद् बैठक बसेर औपचारिक निर्णय गर्ने तयारी छ । 

भोलीको मनोनयन असार ५ गते हुने 

सत्तारुढबीचको वार्तामा २ नम्बर प्रदेशको चुनाव सार्ने सहमति संगै बाँकी प्रदेशका लागि भोलि हुने भनि तोकिएको मनोनयन दर्ता तीन दिन पछि गर्ने सहमति भएको छ । सहमति अनुसार ३ प्रदेशमा निर्वाचनको लागि मनोनयन असार ५ गते हुने भएको छ । 

सत्तापक्षको बैठकपछि माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुषालले दुई नम्बर प्रदेशमा चुनाव सार्ने र मनोनयन तीन दिन पछि सार्ने विषयमा सहमति भएको जानकारी दिइन् । प्रवक्ता पम्फा भुषालले भनिन्, ‘मन्त्रिपरिषद् बैठक बसेर आजै यो विषयमा निर्णय हुन्छ ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दाइलाई कुटपिट गरी हत्या गर्ने भाइ पक्राउ सुनचाँदीको मूल्य घट्यो जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रास्वपाको पदाधिकारी निर्वाचन अन्तर्गत मतदान जारी प्रतिनिधि सभा बैठक फेरि सूचना टाँसेर स्थगित सुनको मूल्य बढ्दा चाँदीको घट्यो ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण