असर १, काठमाडौँ । लोकसेवा आयोगका हरेक गतिविधि अब मोबाइल एप्सबाट जानकारी लिन सकिने भएको छ । 

आयोगको ६७औँ वार्षिकोत्सवको अवसरमा आज उपराष्ट्रपति नन्दबहादुर"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

असर १, काठमाडौँ । लोकसेवा आयोगका हरेक गतिविधि अब मोबाइल एप्सबाट जानकारी लिन सकिने भएको छ । 

आयोगको ६७औँ वार्षिकोत्सवको अवसरमा आज उपराष्ट्रपति नन्दबहादुर"/>

६ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

लोकसेवा आयोगमा सबैको पहुँच हुनुपर्छ: उपराष्ट्रपति

१ असार २०७४, बिहीबार ०८:११


असर १, काठमाडौँ । लोकसेवा आयोगका हरेक गतिविधि अब मोबाइल एप्सबाट जानकारी लिन सकिने भएको छ । 

आयोगको ६७औँ वार्षिकोत्सवको अवसरमा आज उपराष्ट्रपति नन्दबहादुर पुनले सो मोबाइल एप्सको सार्वजनिक गर्नुभयो । गुगलबाट ‘पिएससी नेपाल’ मोबाइलमा डाउनलोड गरी मोबाइलबाटै विज्ञापन, परीक्षाको नतिजा र स्वीकृत नामावलीलगायत आयोगका प्रत्येक गतिविधिबारे जानकारी लिन सकिन्छ । 

त्यसैगरी आयोगले अनलाइन दरखास्त दिने व्यवस्थालाई थप सुधार गर्नुका साथै जतिसक्दो चाँडो अनलाइन पेमेन्टको समेत व्यवस्था गर्ने भएको आयोगले जनाएको छ । सो अवसरमा उपराष्ट्रपति पुनले दुर्गम क्षेत्रका नागरिकका लागि लोकसेवासम्म सहज पहुँचको व्यवस्था हुनुपर्नेमा जोड दिनुभयो । 

“बेलाबेलामा संवैधानिक निकायमाथिको निष्पक्षतामा प्रश्न र गुनासाहरू उठिरहेको सन्दर्भमा लोकसेवा आयोगको निष्पक्षतामाथि अहिलेसम्म कुनै प्रश्न उठेको छैन, यो आफैँमा सकारात्मक हो” –उहाँले भन्नुभयो । 

समारोहमा प्रधानमन्त्री शेरबहादुर देउवाले लोकसेवा आयोग राजनीतिक पार्टीको प्रभावमा नपर्ने र जागिरको भर्ती केन्द्र भन्दा टाढै रहने संस्था हो भन्नुभयो । नेपालमा भनसुन उद्योग फस्टाउँदै गएको भन्दै प्रधानमन्त्री देउवाले त्यसमा आयोग नितान्त फरक र अलग रहेको बताउनुभयो । 

आयोगको परीक्षण प्रविधिमा सुधार ल्याउन र गुणस्तरमा अभिवृद्धि गर्न राजपत्राङ्कित प्रथम श्रेणी अप्राविधिकतर्फको पाठ्यक्रममा आमूल परिवर्तन गरिएको अध्यक्ष उमेश मैनालीले जानकारी दिनुभयो । 

आयोगले वार्षिकोत्सवको अवसरमा तीनजना कर्मचारीलाई यो वर्षको उत्कृष्ट कर्मचारी पुरस्कारसमेत प्रदान गरेको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी जुनसुकै भूमिका रहे पनि जनताको सेवामा क्रियाशील हुन्छु : रेनु दाहाल केपी शर्मा ओली झापा पुगे रास्वपामा क–कसले पाए टिकट, को कहाँबाट लड्दै छन् चुनाव ? रास्वपाले आशिका तामाङलाई दियो टिकट केपी शर्मा ओली र बालेन शाह आज झापा जाँदै सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या