२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

इलाम - ILM

तेह्रथुममा एमालेले सबै उम्मेदवारको टुङ्गो लगायो

१ असार २०७४, बिहीबार ०९:३०

असार १, तेह्रथुम । जिल्लाका दुईवटा नगरपालिका, चारवटा गाउँपालिका र ४३ वटै वडामा नेकपा (एमाले)ले उम्मेदवारको टुङ्गो लगाएको छ । 

एकै पदमा पाँचजनासम्म आकाङ्क्षी भएपछि गाउँ, नगर, जिल्ला हुँदै प्रदेश कमिटीसम्मको रस्साकस्सीपछि एमालेले जिल्लैभरिका सबै उम्मेदवारको टुङ्गो लगाएको हो । एमालेले पत्रकार सम्मेलन गर्दै जिल्लाका सबै स्थानीय तहमा गरी २२६ जना उम्मेदवारको नामावली सार्वजनिक गरेको छ । 

एमालेले जिल्लाका छवटै प्रमुख पदमा पुरुषमात्रै उम्मेदवार बनाएको छ भने उपप्रमुखमा एक दलित महिलासहित सबै महिला उम्मेदवार चयन गरेको छ । मेन्छ्यायेम गाउँपालिका–१ मा एमालेले दलित महिला सदस्यका लागि उम्मेदवार नपाएपछि खाली राखेको छ । 

वडाध्यक्षमा सबै पुरुषमात्रै उम्मेदवार छन् । खुला सदस्यमा पनि तीनजना महिलालाई मात्रै उम्मेदवार बनाएको छ । केही साताअघिसम्म एमालेले पनि साना दलसँग गठबन्धन गर्ने भनिएको भए पनि जित सुनिश्चित भन्दै एमालेले एकल उम्मेदवारी घोषणा गरेको छ । 

एमालेले म्याङ्लुङ नगरपालिकाको प्रमुखमा सञ्जयकुमार तुम्बाहाम्फे, लालीगुराँस नगरपालिकाको प्रमुखमा कमलबहादुर खड्का, आठराई गाउँपालिकाको अध्यक्षमा मानबहादुर लिम्बू ,फेदाप गाउँपालिकाको अध्यक्षमा हरि चोङ्वाङ, मेन्छ्यायेम गाउँपालिकाको अध्यक्षमा यादवबहादुर खापुङ र छथर गाउँपालिकाको अध्यक्षमा सन्तोष तिगेलालाई उम्मेदवार बनाएको छ । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त… विशेष महाधिवेशन : आज बिहानैदेखि प्रतिनिधिको नाम दर्ता सुरु निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु