असार १, भक्तपुर । नेकपा (एमाले) स्थायी समिति बैठकले संविधान संशोधनको विषयलाई अगाडि सारेर निर्वाचन बिथोल्ने कार्य अराजनीतिक भएको निष्कर्ष निकालेको छ । 

Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... असार १, भक्तपुर । नेकपा (एमाले) स्थायी समिति बैठकले संविधान संशोधनको विषयलाई अगाडि सारेर निर्वाचन बिथोल्ने कार्य अराजनीतिक भएको निष्कर्ष निकालेको छ । 

२९ मंसिर २०८२, आईतवार
काठमाडौँ - KTM

संविधान संशोधनको नाममा निर्वाचनलाई नबिथोलौं: एमाले

१ असार २०७४, बिहीबार ०९:३६

असार १, भक्तपुर । नेकपा (एमाले) स्थायी समिति बैठकले संविधान संशोधनको विषयलाई अगाडि सारेर निर्वाचन बिथोल्ने कार्य अराजनीतिक भएको निष्कर्ष निकालेको छ । 

केपी ओली निवास बालकोटमा आज बसेको स्थायी कमिटीको बैठकले संविधान संशोधनको विवाद निकालेर निर्वाचन बिथोल्ने कार्य नगर्न राजपालाई आग्रह गर्ने निर्णय गरेको एमाले सचिव एवम् प्रचार विभाग प्रमुख योगेश भट्टराईले बताउनुभयो । 

बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले भन्नुभयो – “संविधान संशोधनको विषय निर्वाचनसँग सम्बन्धित विषय होइन । यो अलग विषय भएकाले संविधान संशोधनलाई अगाडि सारेर निर्वाचन बिथोल्ने काम गर्नु हुँदैन ।” 

संवैधानिक आयोगको सिफारिसमा बनेको स्थानीय तहको सङ्ख्या र सीमाङ्कनको आधारमा पहिलो चरणको निर्वाचन सम्पन्न भएको र दोस्रो चरणको निर्वाचनको सम्मुखमा आएर फेरि सङ्ख्या र सीमाङ्कन हेरफेर गर्ने कुरामा एमाले कुनै हालतमा सहमति हुन नसक्ने उहाँले बताउनुभयो । 

स्थानीय तहको सङ्ख्या थपघट तथा संविधान संशोधन गर्नुपर्ने भए पनि संसदीय निर्वाचनपछि संवैधानिक र कानुनी माध्ययमबाट पुनर्विचार गर्न सकिने एमालेको धारणा रहेको उहाँले बताउनुभयो । 

बैठकले प्रधानमन्त्री शेरबहादुर देउवाबाट निर्वाचन सार्ने र निर्वाचनलाई अन्योलतातर्फ धकेल्ने गरी आएको अभिव्यक्तिप्रति एमालेले चिन्ता व्यक्त गरेको छ र यस्ता भ्रमपूर्ण अभिव्यक्ति नदिन सरकारलाई आग्रह समेत गरेको छ । 

राजपाको आन्दोलनलाई देखाएर चार वटा प्रदेशको निर्वाचन सार्ने कार्य एमालेलाई कुनै हालतमा स्वीकार्य नहुने बैठकमा निर्णय भएको जानकारी दिँदै सचिव भट्टराईले असार १४ गतेकै निर्धारित मितिमा निर्वाचन हुनुपर्नेमा जोड दिनुभयो । 

राजपालाई निर्वाचनमा सहभागी गराउन संविधान संशोधन र स्थानीय तहको सङ्ख्या निर्धारणका विषयमा बाहेक अन्य विषयमा लचिलो हुन एमाले तयार रहेको उहाँको भनाइ थियो । 

सचिव भट्टराईले भन्नुभयो– “राजपाले उठाएका सबै माग तत्काल पूरा हुन सक्दैनन् । कतिपय माग अहिले पूरा हुन्छन् । त्यही मागलाई लिएर आगामी १४ गतेको निर्वाचनमा भाग लिन एमाले बैठकले राजपालाई अपिल गरेको छ ।” 

उहाँका अनुसार एमालेले आज साँझसम्ममा सबै प्रदेशको उम्मेदवारको टुङ्गो लगाउने छ ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली