असार १, बुटवल ।  रुपन्देहीको तिलोत्तमानगरपालिकाका युवा व्यवसायी शिवकुमार लामिछाने तिलोत्तमा नगरपालिका वडा नं. १३ को वडा अध्यक्ष पदमा स्वतन्त्र उम्मेदवारी दिने"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

असार १, बुटवल ।  रुपन्देहीको तिलोत्तमानगरपालिकाका युवा व्यवसायी शिवकुमार लामिछाने तिलोत्तमा नगरपालिका वडा नं. १३ को वडा अध्यक्ष पदमा स्वतन्त्र उम्मेदवारी दिने"/>

६ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

चुनव जिते तलव भत्ता नलिने स्वतन्त्र उम्मेदवारको घोषणा

१ असार २०७४, बिहीबार ११:३४


असार १, बुटवल ।  रुपन्देहीको तिलोत्तमानगरपालिकाका युवा व्यवसायी शिवकुमार लामिछाने तिलोत्तमा नगरपालिका वडा नं. १३ को वडा अध्यक्ष पदमा स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका छन् ।

विहिवार रिपोर्टर्स क्लव नेपाल रुपन्देहीको ‘रिपोर्टस ग्यालेरीमा’ पत्रकार सम्मेलन आयोजना गरी उनले स्वतन्त्र उम्मेदवारी घोषणा गरेका हुन् । राजनीतिक दलहरुले सरकारी तथा सार्वजनिक निकायलाई चरम राजनीतिक अखडा बनाउंदा जनता राजनीतिक दलका गतिविधिप्रति दिक्क भएकाले जनताको माग अनुसार राजनीतिक दलहरुको गलत क्रियाकलापको बिरोधमा आफु स्वतन्त्र उम्मेदवारको रुपमा खडा भएको लामिछानेले बताए ।

 पाँचबर्ष सम्म बिदेशमा श्रम गरेर नेपाल फर्केका लामिछानेले बिदेशमा जति मिहिनेत नेपालमा गर्ने हो भने नेपालमै पनि केही गर्न सकिन्छ र गर्नुपर्छ भन्ने भावनाले आफुले नेपालमै व्यवसाय गरेर सफल भएको दाबी गरे । नेपालमै केही गरौ भन्ने भावना भएका युवाहरुलाई प्रोत्साहन गर्ने काम नेपालका राजनीतिक दलहरुले गर्न नसक्दा युवाहरु बिदेश पलायन हुने क्रम बढेको भन्दै उनले आफुले चुनाव जिते युवा लक्षीत कार्यक्रम मार्फत वडाका  युवाहरुलाई बिदेश पलायन हुनबाट रोक्ने कार्यक्रम ल्याउने उद्घोष गरे । 

आफुले चुनाव जिते वडा भित्र निर्माण हुने बिकास आयोजना चार बर्ष नपुग्दै  भत्के/बिग्रिए निर्माणको जिम्मा लिने ठेकेदार कम्पनिले नै मर्मत सम्भार गर्नुपर्ने नियम लागु गर्ने बताउदै उनले वडामा रहेका सरकारी बिद्यालयहरुमै बोर्डिङ्ग स्कुल सरहको अंग्रेजी माध्यमबाट पठन पाठनको व्यवस्था मिलाउने प्रतिवद्धता जनाए ।उनले वडा अध्यक्षले पाउने सेवा सूबिधा बापतको रकम सडक बत्तिमा खर्च गरेर वडालाई रातिमा पनि उज्यालो बनाउने र चोरी डंकैति हुनबाट जोगाउने बताए ।

आफुले चुनाव जिते एक महिना भित्रै वडावासीलाई एम्बुलेन्स सेवा प्रदान गर्ने र तिन महिना सम्म पनि केही गर्न नसके पदबाट राजीनामा दिने बताए । बिबेकशील नेपाली दलको समर्थन आफुलाई रहेको र नयां शक्ति पार्टीले पनि  समर्थन गर्ने प्रतिवद्धता जनाएको र वडावासी युवाहरुको समर्थन रहेकोले आफूले चुनाव जित्ने लामिछानेले दाबी गरे । क्लवका अध्यक्ष प्रकाश खनाल, पत्रकार कृष्ण खनाल लगायतले बोलेका थिए । 






प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी जुनसुकै भूमिका रहे पनि जनताको सेवामा क्रियाशील हुन्छु : रेनु दाहाल केपी शर्मा ओली झापा पुगे रास्वपामा क–कसले पाए टिकट, को कहाँबाट लड्दै छन् चुनाव ? रास्वपाले आशिका तामाङलाई दियो टिकट केपी शर्मा ओली र बालेन शाह आज झापा जाँदै सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या