६ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुगु - MG

नगरपालिका भित्र गरिने बिकासी योजनाका निर्णय सार्वजानीक

१ असार २०७४, बिहीबार ११:४२

नन्द बहादुर रोकाया/असार १, मुगु । मुगु जिल्लाको एकमात्र नगरपालीका छायाँनाथ रारा नगरपालिका भित्र गरिने बिकासी योजनाका निर्णय सार्वजानीक गरीएका छन । 

छायाँनाथ रारा नगरपालिकाले बुधबार आयोजना गरेको पत्रकार सम्मेलनमा अब नगरपालिका लाई बिकास संवृदीको लागी एक द्धारप्राणी बाट काम गरीन भन्दै बिकासी निर्णय सावजानीक गरेको छ । 

बिगतका बर्षहरुमा एकै गाउँमा बिभिन्न सरकारी तथा गैरसरकारी कार्यलयका कार्यक्रम डुप्लीकेसन भई छरीएर काम गरेकाले जनताले सेवा सुविधा नपाएकाले अब हुने बिकासी कार्यक्रम लाई एकद्धार प्राली बाट अघि बढाईने छायाँनाथ रारा नगरपालीकाका मेयर हरीजङ शाहीकोले बताउनुभयो । 

उहाले अब नगरको बिकासक एजेन्डामा माथील्लो बाटोबाट मात्र यातायातका साधनहरु सञ्चालनमा ल्याईदाँ रारा भ्रमणका लागी आउने आन्तरिक तथा बाह्य पर्यटकहरु गमगढी नआउने भएकाले जिल्लालाई फाईदा नहुने भएकाले  नगरपालिकाको पिना हुदै सदरमुकाम भित्रिएको मोटरबाटोमा रारा आउने आन्तरिक पर्यटकहरुलाई तल्लो बाटोबाट ल्याउने र नगरपालिकाका १४ वटै वडाहरुमा रहेका समस्याहरुको पहिचान गरी समस्या समाधान गर्ने ६ महिना एक बर्षमा नगरपालिकाका सबै क्षेत्रहरुमा बिद्युत सञ्चालनमा ल्याउनु को साथै नगर को स्वास्थ्य, शिक्षा सञ्चार,खानेपानीको उचित ब्याबस्थाप गरीने शाहीले जानकारी दिनुभयो । 

यो आर्थिक बर्षमा एक लाख पर्यटक रारा भित्रयाउनुका साथै रारा आउने आन्तरीक पर्यटक तथा बाह्य पर्यटकका लागी शुल्क समेत निधारण गरीएको बताउनुभयो । भारत र चिनका पर्यटक बाहेक अन्य देशका पर्यटकका लागी ५०० र भारत र चिनका पर्यटकका लागी ३०० देश भित्रका पर्यटकाक लागी २०० र जिल्लाका पर्यटकका लागी निशुल्को शुल्क लिईने निर्णय गरीएको समेत जानकारी दिनुभयो । 

सरोकारवाला निकायसँगको निरन्तरको छलफल तथा अन्र्तरक्रियाबाट आएका सुझाव अनुसार अब देखि सरकारी तथा गैर सरकारी निकायका कार्यक्रमहरुलाई दोहोरपना हुन नदिन एकद्वार प्रणाली लागु गर्ने, सञ्चारलाई प्रभावकारी  बनाउन बाम, टोप्ला र घट्ट लेखको डाँडामा नेपाल टेलिकमका टावर विस्तार गर्ने, विद्युतिकरण नपुगेका बस्तिका लागि तत्काल टेण्डर आह्वान गर्ने निर्णय समेत गरिएको नगरपालिकाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी जुनसुकै भूमिका रहे पनि जनताको सेवामा क्रियाशील हुन्छु : रेनु दाहाल केपी शर्मा ओली झापा पुगे रास्वपामा क–कसले पाए टिकट, को कहाँबाट लड्दै छन् चुनाव ? रास्वपाले आशिका तामाङलाई दियो टिकट केपी शर्मा ओली र बालेन शाह आज झापा जाँदै सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या