६ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

बुबा एमालेबाट छोरा माओबादी केन्द्रबाट उम्मेदवार

१ असार २०७४, बिहीबार ११:५७

असार १, बैतडी । बैतडीको पुरचौडी नगरपालिका–७ मा वडा अध्यक्ष पदका लागि बुबाछोरा उम्मेदवार बनेका छन् । 

पुरचौडी नगरपालिका–७ मा नेकपा (एमाले)का तर्फबाट ६८ वर्षीय नागी साउद अध्यक्ष पदका उम्मेदवार बन्नुभएको छ भने उहाँका छोरा उज्ज्वल साउद नेकपा माओवादी केन्द्रबाट अध्यक्ष पदका उम्मेदवार बन्नुभएको छ । नाताले बुबाछोरा भए पनि वैचारिक भिन्नता भएपछि आफूहरु अलगअलग पार्टीबाट उम्मेदवार बनेको उज्ज्वल साउदले बताउनुभयो । 

उज्ज्वलका बुबा नागी पनि अहिले चुनावी प्रचारप्रसारमा जुट्नु भएको छ । विसं २०५४ को स्थानीय निर्वाचनमा साविकको कोटिला गाविसको अध्यक्ष पदमा निर्वाचित भएर काम गरेको अनुभव भएकाले आफूले अहिले पनि उम्मेदवारी दिएको उहाँले बताउनुभयो । 

बुबाछोरा उम्मेदवार बनेपछि दुवैले आफ्नै किसिमले प्रचारप्रसार गरिरहेका छन् । पहिलेको निर्वाचनमा जितेको र सबैले चिनेका व्यक्ति भएकाले आफूले वडा अध्यक्ष पदमा जित्ने नागी बताउनुहुन्छ । उज्ज्वल आफू युवा वर्गको समर्थनमा जित्ने दाबी गर्नुहुन्छ । 

एकैघरका दुईजना उम्मेदवार बनेपछि घरपरिवारका अन्य सदस्यलाई भने मतदानका विषयमा अलमल परेको छ । नागीकी श्रीमती एवम् उज्ज्वलकी आमा नन्दालाई सबैभन्दा बढी समस्या भएको छ । श्रीमान् र छोरा दुवै उम्मेदवार बनेपछि उहाँ कसैलाई पनि भोट नहाल्ने मनस्थितिमा पुग्नुभएको छ । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी जुनसुकै भूमिका रहे पनि जनताको सेवामा क्रियाशील हुन्छु : रेनु दाहाल केपी शर्मा ओली झापा पुगे रास्वपामा क–कसले पाए टिकट, को कहाँबाट लड्दै छन् चुनाव ? रास्वपाले आशिका तामाङलाई दियो टिकट केपी शर्मा ओली र बालेन शाह आज झापा जाँदै सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या