प्रज्वल पाैडेल/असार २, काठमाडौं । नेकपा एमाले महासचिव इश्वर पाेख्रेलले राजपालाई प्रयाेग गरेर नेपाली काङ्ग्रेसले प्रदेश नं २ काे निर्वाचन "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

प्रज्वल पाैडेल/असार २, काठमाडौं । नेकपा एमाले महासचिव इश्वर पाेख्रेलले राजपालाई प्रयाेग गरेर नेपाली काङ्ग्रेसले प्रदेश नं २ काे निर्वाचन "/>

६ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

राजपालाई प्रयाेग गरेर काङ्ग्रेसले निर्वाचन सार्याे: पाेख्रेल

२ असार २०७४, शुक्रबार ०९:५९



प्रज्वल पाैडेल/असार २, काठमाडौं ।

नेकपा एमाले महासचिव इश्वर पाेख्रेलले राजपालाई प्रयाेग गरेर नेपाली काङ्ग्रेसले प्रदेश नं २ काे निर्वाचन सारेकाे बताउनुभएको छ ।


शुक्रबार राजधानीमा प्रेस चाैतारी नेपालले अायाेजना गरेकाे अन्तर संवाद कार्यक्रममा बाेल्दै पाेख्रेलले निर्वाचन अायाेग,एमाले र अान्दोलनरत दलकाे असहमति हुदाँहुदै निर्वाचन सारिएको धारणा राख्नुभयाे ।

महासचिव पाेख्रेलले भन्नुभयाे -" केही दिन अघि पुर्व गृहमन्त्री विमलेन्द्र निधिकाे डिजाइनमा प्रदेश नं २ का काङ्ग्रेसकाे सांसदकाे भेलाले अाफ्नाे पार्टी हारिने निष्कर्ष निकालेपछि केन्द्रलाई निर्वाचन सार्नुपर्ने दबाब दिएर सरकारले तेस्राे चरणमा निर्वाचन पुर्याइएकाे जानकारी अाएकाे छ ।

माअाेवादी कसरी फस्याे थाहा भएन ।"

एमालेले देशैभरी एकै चरणमा निर्वाचन गर्नुपर्ने माग गरिरहँदा समेत वास्ता नगरी प्रचण्ड सरकारले दुई चरणमा गर्ने निर्णय गरेकाे बताउँदै पाेख्रेलले भन्नुभयाे-"अहिले फेरि अनेक बहानामा तेस्रो चरणमा गर्ने सरकारकाे तयारी छ जुन अलाेकतान्त्रिक र राष्ट्रिघाती छ ।"


चुनाव सार्ने निर्णय मधेसी जनताको चाहना विपरित रहेको भन्दै उहाँले दोस्रो चरणको निर्वाचनमा एमाले पहिलो शक्ति बन्ने ठोकुवा गर्नुभयो । उहाँले सत्तारूढ दलकाे चुनाव सारेर गरेकाे गैह्र जिम्मेवारी कार्यकाे एमालेले भण्डाफाेर गर्ने बताउनुभयो ।


पाेख्रेलले असार १४ मा निर्वाचन गर्न निर्वाचन अायाेग, सुरक्षा संयन्त्र सक्षम छ भन्दा भन्दै र उपेन्द्र यादव, राजपा लगाएत सबै दलकाे असहमति जनाउँदा जनाउदै सरकारले एकलाैटी ढंगमा किन याे सब नाटक गरिएको हाे भन्दै प्रश्न गर्नुभयाे । उहाँले असाेज २ गते पनि तेस्रो चरणमा सरकारले निर्वाचन गराउने र अान्दोलनरत पक्ष चुनावमा अाउनेमा शंका रहेकाे बताउनुभयाे ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी जुनसुकै भूमिका रहे पनि जनताको सेवामा क्रियाशील हुन्छु : रेनु दाहाल केपी शर्मा ओली झापा पुगे रास्वपामा क–कसले पाए टिकट, को कहाँबाट लड्दै छन् चुनाव ? रास्वपाले आशिका तामाङलाई दियो टिकट केपी शर्मा ओली र बालेन शाह आज झापा जाँदै सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या