६ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्घाखाँची - AGK

सन्धिखर्कलाई नेपालकै नमुना शहर बनाउने कांग्रेसको प्रतिबद्धता

२ असार २०७४, शुक्रबार १२:३२

असार २, अर्घाखाँची । सन्धिखर्क नगरपालिकालाइ समृद्ध र नेपालकै नमुना शहर बनाउने गरि नेपाली कांग्रेसले घोषणा पत्र सार्बजनिक गरेको छ ।

सन्धिखर्क नगरपालिकालाइ ग्रिन सिटी बनाउने तथा बैदेसिक रोजगारीमा गएका युबाहरुलाई स्वदेसमै कृषि तथा पर्यटनको माध्यमबाट स्वरोजगार बनाउने कार्यक्रम सहितको घोषणा पत्र सार्बजनिक गरीएको छ ।

सन्धिखर्कको साथी होटलमा पत्रकार सम्मेलनको आयोजना गरि नगरपालिकाका मेयर पदका उम्मेदवार कमल प्रसाद भुसाल र उपमेययरका उम्मेदवार कमला आचार्यले सन्धिखर्क नगरलाइ समृद्ध, स्वस्थ र सभ्य नगर बनाउने सहितको घोषणा पत्र सार्बजनिक गर्नु भएको हो । .

आफ्नो कार्यकालमा नगरलाइ दुध, मासु, तरकारी र अण्डामा निर्भर बनाउने, प्रत्येक वडामा सस्तो तथा सुपथ मुल्यको पशल सञ्चालन गर्ने, सन्धिखर्कका सबै घरमा एक घर एक धाराको ब्यबस्था गर्ने पनि घोषणा पत्रमा समावेस गरिएको छ ।

सुपा देउराली, अर्घा, खाँची तथा मथुराबेसीलाई धार्मिक पर्यटकीय स्थलको रुपमा विकास गर्ने, केवलकारको सम्भाब्यताको अध्यन गरि अर्घा , खाँची र सुपा देउरालीमा केवलकार सञ्चालन गरिने छ ।

नगरका विभिन्न वडाहरुमा ब्यबसायीक कृषि, पशुपालन र पर्यटनको माध्यमबाट आत्मनिर्भर बनाउने, र घर आगनमै मेरो मेयर कार्यक्रम सञ्चालन गरिने पनि घोषणा पत्रमा समावेस गरिएको छ ।

सन्धिखर्क नगरपालिकाको उपमेयर पदको उम्मेदवार कमला आचार्यले सन्धिखर्क नगरपालिकालाई स्वच्छ सफा र हराबराका साथै सबैको हक स्थापित गराउन कांग्रेस प्रतिबद्ध भएर लाग्ने बताउनुभयो ।

घोषणापत्र सार्बजनिक कार्यक्रममा मन्तब्य राख्दै नेपाली कांग्रेसका नेता तथा पुर्ब मन्त्री रेवती प्रसाद भुसालले संबिधान कार्यन्वयन गर्ने र परिबर्तन सस्थागत गर्न कांग्रेस विना असम्भव हुने बताउनु भयो । उहाले कांग्रेस विना स्थानीय तहको विकास असम्भव भएको बताउदै कांग्रेसले जिते पछि समृद्ध शहर बनाउने बताउनु भयो।

कार्यक्रममा पुर्ब केन्द्रिय सदस्य महेन्द्र भुसाल, कांग्रेस नेता हिम्मत टण्डन, कांग्रेस जिल्ला सदस्य नेत्र भटराइ, सिता भुसाल, दलित संघका जिल्ला अध्यक्ष मणिराम परियार लगायतले मन्तब्य राख्दै कांग्रेसले कसैलाइ झुठा आश्वासन नदिने गर्न सकने काम मात्र घोषणा पत्रमा समावेस गरेको बताउनु भएको छ ।

कार्यक्रम सन्धिखर्क नगरिपालिका कांग्रेसका सचिव युवराज खत्री, सुर्य भुसाल लगाएतले कांग्रेसलाई जिताउन लागीपर्न आग्रह गर्नुभएको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी जुनसुकै भूमिका रहे पनि जनताको सेवामा क्रियाशील हुन्छु : रेनु दाहाल केपी शर्मा ओली झापा पुगे रास्वपामा क–कसले पाए टिकट, को कहाँबाट लड्दै छन् चुनाव ? रास्वपाले आशिका तामाङलाई दियो टिकट केपी शर्मा ओली र बालेन शाह आज झापा जाँदै सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या