असार ३, प्युठान ।  एमाले केन्द्रीय सदस्य तथा प्रचार बिभागका उपप्रमुख सूर्य थापाले आगामी स्थानीय तहको निर्वाचनमा देशभक्त पार्टी नेकपा एमालेका सूर्यध्वजा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

असार ३, प्युठान ।  एमाले केन्द्रीय सदस्य तथा प्रचार बिभागका उपप्रमुख सूर्य थापाले आगामी स्थानीय तहको निर्वाचनमा देशभक्त पार्टी नेकपा एमालेका सूर्यध्वजा"/>

६ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

प्युठान - PTN

राजमो भित्ते घडीको लंगुर रातिमा देखिने जुनकिरि: सूर्य थापा

३ असार २०७४, शनिबार ०२:०५


असार ३, प्युठान ।  एमाले केन्द्रीय सदस्य तथा प्रचार बिभागका उपप्रमुख सूर्य थापाले आगामी स्थानीय तहको निर्वाचनमा देशभक्त पार्टी नेकपा एमालेका सूर्यध्वजाबहाक उम्मेदवारलाई जिताउन अपिल गरेका छन । 

नेकपा एमाले स्वर्गद्वारी नगर कमिटीले प्यूठानको भिंगृमा आयोजना गरेको सभामा बोल्दै युवा नेता थापाले सो आह्वान गरेका हुन । ‘महिनाको दुइ पटक पोइल जाने, पहिले दाइसँग, अहिले भाइसँग । भित्ते घडिको सुइजस्तै लङगुर हल्लिए झै हल्लिने पार्टीको नाम तपाइ आफै चिन्नुहुन्छ’ थापाले भने ।  

राष्ट्रिय जनमोर्चालाइ इंगित गर्दै उनले कहिले कहिले एमाले त कहिले माववादी केन्द्रसँग तालमेल गर्ने राजमोको हैसियत जिल्लावाट खुस्केको टिप्पणी गरे । जिल्लामा राजमोको हविगत यिनै गतिविधले निर्धारण गर्ने भन्दै आगामी निर्वाचनले उ झनै पत्तासाफ भएर जाने समेत ठोकुवा गरे ।

भिंगृबाटै नेपाली कांग्रेसबाट उम्मेदवार बनेका मेयरका उम्मद्वारलाइ ब्यंग्य गर्दै थापाले समाजसेवा गरी पार्टी राजनीतिमा लाग्ने एमाले मात्र भएको जनाउँदै थापाले धन कमाएर दलमा लागेर समाजसेवी हु भन्नेलाइ खरो रुपमा टिप्पणी गरेका छन । ‘तपाइलाइ थाहा छ धन कमाएर त्यसैको स्वाङमा राजनीतिमा लागेका ब्यक्ति पनि यहि भिंगृमै छन्,’ थापाले भने, ‘यस्ता ब्यक्तिबाट ग्रामीण विकासको कल्पना समेत गर्न सकिन्न ।’


विकासप्रेमी सुर्यध्वजाबाहक उम्मेद्वारलाइ छान्न आग्रह गर्दै उनले अरु पार्टीका उम्मेद्वार रातिमा मात्र देखिने जुनकिरीको संज्ञा दिएका छन् । थापाले आगामी निर्वाचनमा मेयर नेत्रबहादुर रोकाया, उपमेयर गोमा रेग्मीसहित सूर्यध्वाजाबहाकलाई जिताउन अपिल गरे । 

कार्यक्रममा करिव एक घण्टा मन्तब्य दिएका थापाले दर्शक दिर्घमा राजमो र माववादीबाट प्रवेश गरेका र अन्य सहभागीहरुबाट खुवै तालि खाएका थिए । जिल्लामा उनैको अगुवाइमा संविधान सभा निर्वाचनमा दुवै क्षेत्र निर्वाचित गराउन सफल थापा अहिले स्थानीय तह निर्वाचनमा समेत सबै पालिकामा सुर्यध्वजाबाहक उम्मेदवारलाइ बिजयी गराउन गाउँ केन्द्रित अभियानमा छन् ।

बिहिवार भिंगृको चुनावि आमसभामा सहभागी थापाले शुक्रवार झिमरुक गाउँपालिकाको तुषारामा चुनावी सभामा सम्वोधन गरेका छन । चुनावी अभियानका लागि थापा जिल्लामा आएसँगै जिल्लामा चुनावी सरगर्मि तातेको छ ।  अन्य दल समर्थीत उम्मेद्वार तथा जिल्ला नेतृत्व पनि काप्ने गर्दछन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी जुनसुकै भूमिका रहे पनि जनताको सेवामा क्रियाशील हुन्छु : रेनु दाहाल केपी शर्मा ओली झापा पुगे रास्वपामा क–कसले पाए टिकट, को कहाँबाट लड्दै छन् चुनाव ? रास्वपाले आशिका तामाङलाई दियो टिकट केपी शर्मा ओली र बालेन शाह आज झापा जाँदै सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या