असार ३, प्युठान ।  एमाले केन्द्रीय सदस्य तथा प्रचार बिभागका उपप्रमुख सूर्य थापाले आगामी स्थानीय तहको निर्वाचनमा देशभक्त पार्टी नेकपा एमालेका सूर्यध्वजा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

असार ३, प्युठान ।  एमाले केन्द्रीय सदस्य तथा प्रचार बिभागका उपप्रमुख सूर्य थापाले आगामी स्थानीय तहको निर्वाचनमा देशभक्त पार्टी नेकपा एमालेका सूर्यध्वजा"/>

२०८२, ४ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

प्युठान - PTN

राजमो भित्ते घडीको लंगुर रातिमा देखिने जुनकिरि: सूर्य थापा

२०७४, ३ असार शनिबार ०२:०५


असार ३, प्युठान ।  एमाले केन्द्रीय सदस्य तथा प्रचार बिभागका उपप्रमुख सूर्य थापाले आगामी स्थानीय तहको निर्वाचनमा देशभक्त पार्टी नेकपा एमालेका सूर्यध्वजाबहाक उम्मेदवारलाई जिताउन अपिल गरेका छन । 

नेकपा एमाले स्वर्गद्वारी नगर कमिटीले प्यूठानको भिंगृमा आयोजना गरेको सभामा बोल्दै युवा नेता थापाले सो आह्वान गरेका हुन । ‘महिनाको दुइ पटक पोइल जाने, पहिले दाइसँग, अहिले भाइसँग । भित्ते घडिको सुइजस्तै लङगुर हल्लिए झै हल्लिने पार्टीको नाम तपाइ आफै चिन्नुहुन्छ’ थापाले भने ।  

राष्ट्रिय जनमोर्चालाइ इंगित गर्दै उनले कहिले कहिले एमाले त कहिले माववादी केन्द्रसँग तालमेल गर्ने राजमोको हैसियत जिल्लावाट खुस्केको टिप्पणी गरे । जिल्लामा राजमोको हविगत यिनै गतिविधले निर्धारण गर्ने भन्दै आगामी निर्वाचनले उ झनै पत्तासाफ भएर जाने समेत ठोकुवा गरे ।

भिंगृबाटै नेपाली कांग्रेसबाट उम्मेदवार बनेका मेयरका उम्मद्वारलाइ ब्यंग्य गर्दै थापाले समाजसेवा गरी पार्टी राजनीतिमा लाग्ने एमाले मात्र भएको जनाउँदै थापाले धन कमाएर दलमा लागेर समाजसेवी हु भन्नेलाइ खरो रुपमा टिप्पणी गरेका छन । ‘तपाइलाइ थाहा छ धन कमाएर त्यसैको स्वाङमा राजनीतिमा लागेका ब्यक्ति पनि यहि भिंगृमै छन्,’ थापाले भने, ‘यस्ता ब्यक्तिबाट ग्रामीण विकासको कल्पना समेत गर्न सकिन्न ।’


विकासप्रेमी सुर्यध्वजाबाहक उम्मेद्वारलाइ छान्न आग्रह गर्दै उनले अरु पार्टीका उम्मेद्वार रातिमा मात्र देखिने जुनकिरीको संज्ञा दिएका छन् । थापाले आगामी निर्वाचनमा मेयर नेत्रबहादुर रोकाया, उपमेयर गोमा रेग्मीसहित सूर्यध्वाजाबहाकलाई जिताउन अपिल गरे । 

कार्यक्रममा करिव एक घण्टा मन्तब्य दिएका थापाले दर्शक दिर्घमा राजमो र माववादीबाट प्रवेश गरेका र अन्य सहभागीहरुबाट खुवै तालि खाएका थिए । जिल्लामा उनैको अगुवाइमा संविधान सभा निर्वाचनमा दुवै क्षेत्र निर्वाचित गराउन सफल थापा अहिले स्थानीय तह निर्वाचनमा समेत सबै पालिकामा सुर्यध्वजाबाहक उम्मेदवारलाइ बिजयी गराउन गाउँ केन्द्रित अभियानमा छन् ।

बिहिवार भिंगृको चुनावि आमसभामा सहभागी थापाले शुक्रवार झिमरुक गाउँपालिकाको तुषारामा चुनावी सभामा सम्वोधन गरेका छन । चुनावी अभियानका लागि थापा जिल्लामा आएसँगै जिल्लामा चुनावी सरगर्मि तातेको छ ।  अन्य दल समर्थीत उम्मेद्वार तथा जिल्ला नेतृत्व पनि काप्ने गर्दछन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विज्ञताका आधारमा मन्त्री छनोट हुन्छः रवि लामिछाने जति ठूलो शक्ति त्यति ठूलो जिम्मेवारी प्राप्त गरेका छौँ: सभापति लामिछाने नारायणगढ-मुग्लिन सडक खण्डका ४३ ठाउँ पहिरोको जोखिममा खोटाङमा हेलिकप्टर दुर्घटना मलाई बोल्न आउँदैन भन्छन्, त्यसकै लागि क्लास राम्रोसँग लिइरहेको छु : आशिका तामाङ जग्गासम्बन्धी विवादमा छोराले गरे आमाको हत्या मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ चुनावी लहरले मात्र दीर्घकालीन राजनीतिक स्थायित्व सुनिश्चित गर्न सक्दैन : शंकर पोखरेल प्रधानमन्त्री कार्कीले पशुपतिमा गरिन् रुद्राभिषेक पूजा सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी पुस्तक जलाएको घटनाको छानबिन गरी कारबाही गर्न गृह मन्त्रालयको निर्देशन १३ अंकले बढ्यो नेप्से सरकारी तलब, भत्ता तथा सेवा–सुविधा नलिने रास्वपा सांसद सुदन गुरुङको घोषणा इनिशा बिक हत्या प्रकरणका दोषीलाई कारबाहीको माग गर्दै काठमाडौँमा खबरदारीसहित प्रदर्शन क्यानडा पठाउने भन्दै रकम ठगी गर्ने एक जना महिला पक्राउ