असार ३, काठमाडौँ । राष्ट्रिय जनता पार्टीले संविधान संशोधन नभई हुने स्थानीय तहको निर्वाचनमा पार्टीले भाग नलिने पुनः स्पष्ट पारेको छ । 

राजपाको मागअनुसा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... असार ३, काठमाडौँ । राष्ट्रिय जनता पार्टीले संविधान संशोधन नभई हुने स्थानीय तहको निर्वाचनमा पार्टीले भाग नलिने पुनः स्पष्ट पारेको छ । 

राजपाको मागअनुसा"/>

६ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

संविधान संशोधन नभई हुने निर्वाचनमा भाग लिदैँनौ: महतो

३ असार २०७४, शनिबार ०७:५०

असार ३, काठमाडौँ । राष्ट्रिय जनता पार्टीले संविधान संशोधन नभई हुने स्थानीय तहको निर्वाचनमा पार्टीले भाग नलिने पुनः स्पष्ट पारेको छ । 

राजपाको मागअनुसार संविधान संशोधनलाई प्राथमिता दिन ठूला तीन दल नेपाली काँग्रेस, नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) सँग आग्रह गर्दै सो पार्टीले सरकार तराई÷मधेसका जनताको मागप्रति गम्भीर हुन नसकेको आरोप लगाएको छ । 

राजपाका अध्यक्ष मण्डलका सदस्य एवम् नेता राजेन्द्र महतोले आज यहाँ आयोजित साक्षात्कारमा स्थानीय तहको असार १४ गते हुने निर्वाचनमा पार्टीले भाग नलिने जानकारी दिँदै पार्टीले प्रदेश नं २ को निर्वाचन सार्न सरकारलाई कुनै आग्रह गरेको छैन भन्नुभयो । 

उहाँले भन्नुभयो, “संविधान संशोधन नभई हुने निर्वाचनमा हामी भाग लिदैँनौ, संविधानलाई वैधानिकता दिई आफ्नो खुट्टामा आफैँ बञ्जरो हान्ने काम गर्दैनौँ ।” 

नेता महतोले राजपाले आफ्नो माग संवैधानिक दायराबाट समाधान होस् भन्ने चाहेको चर्चा गर्दै गणतन्त्र स्थापनाका लागि मधेसी जनताले निर्वाह गरेको भूमिकालाई बिर्सन नहुनेमा पनि जोड दिनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी जुनसुकै भूमिका रहे पनि जनताको सेवामा क्रियाशील हुन्छु : रेनु दाहाल केपी शर्मा ओली झापा पुगे रास्वपामा क–कसले पाए टिकट, को कहाँबाट लड्दै छन् चुनाव ? रास्वपाले आशिका तामाङलाई दियो टिकट केपी शर्मा ओली र बालेन शाह आज झापा जाँदै सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या