असार ३, विराटनगर । नेकपा (एमाले) र विजयकुमार गच्छदार नेतृत्वको नेपाल लोकतान्त्रिक फोरमबीच विराटनगर महानगरपालिकाको निर्वाचनमा प्रमुख र उपप्रमुख पदका लागि चुनावी ताल"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

असार ३, विराटनगर । नेकपा (एमाले) र विजयकुमार गच्छदार नेतृत्वको नेपाल लोकतान्त्रिक फोरमबीच विराटनगर महानगरपालिकाको निर्वाचनमा प्रमुख र उपप्रमुख पदका लागि चुनावी ताल"/>

६ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एमाले र लोकतान्त्रिक फोरमबीच चुनावी तालमेल

३ असार २०७४, शनिबार ०८:०६


असार ३, विराटनगर । नेकपा (एमाले) र विजयकुमार गच्छदार नेतृत्वको नेपाल लोकतान्त्रिक फोरमबीच विराटनगर महानगरपालिकाको निर्वाचनमा प्रमुख र उपप्रमुख पदका लागि चुनावी तालमेल भएको छ । 

नेकपा(एमाले)का प्रमुख पदको उम्मेदवार विनोद ढकाललाई लोकतान्त्रिक फोरमले सघाउने छ भने उपप्रमुखमा सो पार्टीलाई एमालेले सघाउने सहमति भएको लोकतान्त्रिक फोरम नेपालका जिल्ला अध्यक्ष भक्तिनाथ माझीले जानकारी दिनुभएको छ । 

यसबाहेक, वडामा दुबैबीच कुनै सहमति नभएको बताइएको छ । लोकतान्त्रिक फोरमले उपप्रमुख पदको उम्मेदवारको आजै टुङ्गो लगाउने बताइएको छ ।

यसैगरी नेपाली काँग्रेसबाट विराटनगर महानगरपालिकाका प्रमुख पदका उम्मेदवार भीम पराजुलीले सञ्चारक्षेत्रको विकासमा सकारात्मक भूमिका खेल्ने बताउनु भएको छ । 

नेपाल प्रेस युनियन मोरङसँग भएको अन्तर संवाद कार्यक्रममा आज पराजुलीले १– नं प्रदेशको सम्भावित राजधानीको रुपमा रहेको विराटनगरमा सञ्चारक्षेत्रको विकासमा आपूmले सहयोग गर्ने बताउनुभयो । 

उहाँले विराटनगर औद्योगिक नगर भएकोले उद्योग, कलकारखाना र औद्योगिक विकासमा काँग्रेसले समन्वयकारी भूमिका निर्वाह गर्ने स्पष्ट पार्नुभयो । उपप्रमुखकी उम्मेदवार इन्दु कार्कीले महिला हकहित र अधिकार संरक्षणका लागि आफ्नो पहिलो प्राथमिकता हुने बताउनुभयो ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी जुनसुकै भूमिका रहे पनि जनताको सेवामा क्रियाशील हुन्छु : रेनु दाहाल केपी शर्मा ओली झापा पुगे रास्वपामा क–कसले पाए टिकट, को कहाँबाट लड्दै छन् चुनाव ? रास्वपाले आशिका तामाङलाई दियो टिकट केपी शर्मा ओली र बालेन शाह आज झापा जाँदै सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या