असार ३, विराटनगर । नेकपा (एमाले) र विजयकुमार गच्छदार नेतृत्वको नेपाल लोकतान्त्रिक फोरमबीच विराटनगर महानगरपालिकाको निर्वाचनमा प्रमुख र उपप्रमुख पदका लागि चुनावी ताल"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

असार ३, विराटनगर । नेकपा (एमाले) र विजयकुमार गच्छदार नेतृत्वको नेपाल लोकतान्त्रिक फोरमबीच विराटनगर महानगरपालिकाको निर्वाचनमा प्रमुख र उपप्रमुख पदका लागि चुनावी ताल"/>

२०८२, २८ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एमाले र लोकतान्त्रिक फोरमबीच चुनावी तालमेल

२०७४, ३ असार शनिबार ०८:०६


असार ३, विराटनगर । नेकपा (एमाले) र विजयकुमार गच्छदार नेतृत्वको नेपाल लोकतान्त्रिक फोरमबीच विराटनगर महानगरपालिकाको निर्वाचनमा प्रमुख र उपप्रमुख पदका लागि चुनावी तालमेल भएको छ । 

नेकपा(एमाले)का प्रमुख पदको उम्मेदवार विनोद ढकाललाई लोकतान्त्रिक फोरमले सघाउने छ भने उपप्रमुखमा सो पार्टीलाई एमालेले सघाउने सहमति भएको लोकतान्त्रिक फोरम नेपालका जिल्ला अध्यक्ष भक्तिनाथ माझीले जानकारी दिनुभएको छ । 

यसबाहेक, वडामा दुबैबीच कुनै सहमति नभएको बताइएको छ । लोकतान्त्रिक फोरमले उपप्रमुख पदको उम्मेदवारको आजै टुङ्गो लगाउने बताइएको छ ।

यसैगरी नेपाली काँग्रेसबाट विराटनगर महानगरपालिकाका प्रमुख पदका उम्मेदवार भीम पराजुलीले सञ्चारक्षेत्रको विकासमा सकारात्मक भूमिका खेल्ने बताउनु भएको छ । 

नेपाल प्रेस युनियन मोरङसँग भएको अन्तर संवाद कार्यक्रममा आज पराजुलीले १– नं प्रदेशको सम्भावित राजधानीको रुपमा रहेको विराटनगरमा सञ्चारक्षेत्रको विकासमा आपूmले सहयोग गर्ने बताउनुभयो । 

उहाँले विराटनगर औद्योगिक नगर भएकोले उद्योग, कलकारखाना र औद्योगिक विकासमा काँग्रेसले समन्वयकारी भूमिका निर्वाह गर्ने स्पष्ट पार्नुभयो । उपप्रमुखकी उम्मेदवार इन्दु कार्कीले महिला हकहित र अधिकार संरक्षणका लागि आफ्नो पहिलो प्राथमिकता हुने बताउनुभयो ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से मन्त्रिपरिषद् विस्तार हुँदै, थप दुई नयाँ मन्त्री नियुक्त पोखरामा महिला हत्या प्रकरणमा संलग्न दुई जना पक्राउ साउदीमा अवैध रूपमा बसेका ६२ जना नेपालीले पाए ‘एक्जिट भिसा’ श्रम स्वीकृतिसम्बन्धी भ्रामक सूचना हटाउन वैदेशिक रोजगार विभागको निर्देशन