असार ३, बुटवल । लामो समय माओवादी आन्दोलनमा सहभागी युवाहरुको ठूलो समूह सो पार्टीबाट विद्रोह गर्दै एमालेमा आवद्ध भएको छ । नेकपा माओवादी केन्द्र रुपन्देहीका पुर्व ज"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... असार ३, बुटवल । लामो समय माओवादी आन्दोलनमा सहभागी युवाहरुको ठूलो समूह सो पार्टीबाट विद्रोह गर्दै एमालेमा आवद्ध भएको छ । नेकपा माओवादी केन्द्र रुपन्देहीका पुर्व ज"/>
६ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

बुटवलमा माओवादीका पूर्व जिल्ला सदस्यसहित ५० युवा एमालेमा प्रवेश

३ असार २०७४, शनिबार १४:४३

असार ३, बुटवल । लामो समय माओवादी आन्दोलनमा सहभागी युवाहरुको ठूलो समूह सो पार्टीबाट विद्रोह गर्दै एमालेमा आवद्ध भएको छ । नेकपा माओवादी केन्द्र रुपन्देहीका पुर्व जिल्ला कमिटी सदस्य रहेका विकास ज्ञवालीको नेतृत्वमा ५० जनाभन्दा बढी युवाहरुले माओवादीबाट विद्रोह गर्दै एमालेमा आवद्ध भएका हुन् ।

उनीहरुलाई एमाले उपमहासचिव विष्णु पौडेलले पार्टीमा स्वागत गरेका थिए । त्यसक्रममा बोल्दै उपमहासचिव पौडेलले माओवादी छाडेर आएका युवाहरुलाई एमालेले उचित जिम्मेवारी प्रदान गर्ने बताए । उनले एमाले अभिभावक बनेर युवाहरुलाई संरक्षण प्रदान गर्ने उल्लेख गर्दै त्यसका लागि मातहतका कमिटीलाई निर्देशन दिइसकेको बताए ।

कार्यक्रममा पुर्व माओवादी नेता ज्ञवालीले आफू सशस्त्र युद्धदेखि नै क्रान्तिकारी नाराको आकर्षणका कारण माओवादीमा लागेको तर अहिले माओवादी नेताहरुको विलासी जीवन देखेर सो पार्टीमा रहन नसक्ने निष्कर्षका साथ एमालेमा आवद्ध भएको बताए । प्रदेश विभाजन विरुद्धको आन्दोलन, राष्टियताप्रतिको अडान, केपि ओली नेतृत्वको सरकारको कार्यशैलीले आफूलाई एमालेप्रति आकर्षित गरेको उनले बताए ।

सोही कार्यक्रममा प्रतिष्ठित व्यवसायी तथा मासु व्यवसायी संघ रुपन्देहीका अध्यक्ष कृष्ण पौडेल पनि माओवादी छाडेर एमाले प्रवेश गरेका छन् । उद्योगी व्यवसायीको हकहितको संरक्षण अरु दलले गर्न नसक्ने ठानेर आफू एमालेमा आवद्ध भएको उनले बताए । उनी २०५२ सालदेखि नै माओवादीमा आवद्ध थिए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी जुनसुकै भूमिका रहे पनि जनताको सेवामा क्रियाशील हुन्छु : रेनु दाहाल केपी शर्मा ओली झापा पुगे रास्वपामा क–कसले पाए टिकट, को कहाँबाट लड्दै छन् चुनाव ? रास्वपाले आशिका तामाङलाई दियो टिकट केपी शर्मा ओली र बालेन शाह आज झापा जाँदै सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या