असार ४, बझाङ | २०६४ सालको निर्वाचनमा दुबै क्षेत्रबाट नेपाली कांग्रेसले पराजित हुनुपर्यो । त्यस्तै २०७१ सालमा भएको निर्वाचनमा पनी पराजित नै भएको थियो । नेपा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

असार ४, बझाङ | २०६४ सालको निर्वाचनमा दुबै क्षेत्रबाट नेपाली कांग्रेसले पराजित हुनुपर्यो । त्यस्तै २०७१ सालमा भएको निर्वाचनमा पनी पराजित नै भएको थियो । नेपा"/>

६ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

‘बझाङमा नेपाली काँग्रेसभित्र अन्तरघात गर्नेलाई तरुण दलले ठिक पार्छ’

४ असार २०७४, आईतवार ०३:३८


असार ४, बझाङ | २०६४ सालको निर्वाचनमा दुबै क्षेत्रबाट नेपाली कांग्रेसले पराजित हुनुपर्यो । त्यस्तै २०७१ सालमा भएको निर्वाचनमा पनी पराजित नै भएको थियो । नेपाल तरुण दल जिल्ला कार्य समीती बझाङका अध्यक्ष विष्णु ऐडीले तरुण दलमा आबद्ध जिल्ला भरीका सबै युवाहरुलाई बताउनु भयो । 

नेपाल तरुण दल जिल्ला कार्य समीतीको आयोजनामा शनीबार भएको र्यालीलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनु भएको हो । स्थानीय तहको निर्वाचमा  नेपाली कांग्रेस भित्र अन्तरघात गर्नेलाई तरुण दलले ठिक पार्ने समेत बताउनु भयो । सर्व साधारण जनाताका लागी नेपली कांग्रेस पार्टी एउटै भए पनि जिल्ला स्तर र राजनीती बुझ्नेहरुले गुट उप गुट बनाएका कारण नेपाली कांग्रेसले पराजित हुनु परेको उहाँको भनाई छ । 

नेपाली कांग्रेसका भातृ संघ संगठन, नेपाली कांग्रेसका कार्यकर्ता तथा तरुणदलका युवाहरु सयौँको उपस्थितमा रहेको कार्यक्रममा सबै तरुण दलले आ आफ्नो क्षेत्रमा चनाखो भएर बस्न उहाँले आग्रह गर्नु भयो । आधीकारीक उम्मेद्धरलाई सहयोग गर्ने , जाई कुनै पार्टी माथी नलाग्ने, आई लाग्नेलाई न छोड्न समेत उहाँले तरुण युवा लाई निर्देशन दिनु भयो ।  साथै कार्यक्रममा बोल्दै ऐडीले पार्टी भित्र अन्तर घात गरेको सुईको पाए आफुलाई र पार्टीका जिम्मेबार ब्यक्तीलाई जानकारी गराउन उहाँले निर्देशन समेत दिनु भएको छ । 


कार्यक्रममा बोल्दै तरुण दल जिल्ला अध्यक्ष ऐडीले नेपाली कांग्रेसको कुनै पार्टी संग दुस्मनी र कुनै पार्टी संग लेनदेन तथा प्रतिस पर्दाको भावना समेत नरहेको बताउनु भएको छ । सिङ्गो पार्टीको लडाई जिल्लामा भएको गरीबी , अशिक्षा, भ्रटाचार, घुसखोरीसंगको लडाई रहेकाले यसमा सबै जनताले सचेत हुन समेत उहाँले आग्रह गर्नु भयो । 

वृहत आमसभामा बोल्दै नेपाली कांग्रेसका पार्टी सभापती हर्कजंग बहादुर सिहँले पार्टी भित्र अन्तर घात गर्ने ब्यक्तीलाई तरुण दलले जस्तो सजाय दिए पनि हुने र त्यसको जिम्मेबारी सिङ्गो नेपाली काँग्रेस पार्टीले लिने बताउनु भएको छ । चुनाबी माहोल निकै ताती सकेका कारणले अरु पार्टीको काम कर्तब्यहरुमा तरुण दलले चनाखो हुन समेत उहाँले निर्देशन दिनु भयो ।

तरुण दल जिल्ला कार्य समीतीले प्रत्यक निर्वाचन केन्द्रमा २१/२१ जनाको समुह बनाई परिचालन समेत गरेको तरुण दल जिल्ला कार्य समीतीका अध्यक्ष ऐडीले जानकारी दिनु भयो । - डीबी विष्टबाट 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी जुनसुकै भूमिका रहे पनि जनताको सेवामा क्रियाशील हुन्छु : रेनु दाहाल केपी शर्मा ओली झापा पुगे रास्वपामा क–कसले पाए टिकट, को कहाँबाट लड्दै छन् चुनाव ? रास्वपाले आशिका तामाङलाई दियो टिकट केपी शर्मा ओली र बालेन शाह आज झापा जाँदै सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या