२०८२, ५ फाल्गुन मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

कपिलवस्तुमा बम विस्फोट, आठजना घाइते

२०७४, ४ असार आईतवार १०:५१

असार ४, कपिलवस्तु । बाणगङ्गा नगरपालिकामा आज बम विस्फोट हुँदा आठजना घाइते भएका छन् । 

बाणगङ्गास्थित निर्वाचन अधिकृतको कार्यालय नजिकै बम विस्फोट भएको हो । बम विस्फोटबाट बाणगङ्गा–५ मटेरियाका ३८ वर्षीय लालबहादुर थारू र सोही ठाउँका ४५ वर्षीय शेषराम गुप्ता गम्भीर घाइते भएको इलाका प्रहरी कार्यालय पिपराका प्रहरी निरक्षीक राजु कार्कीले जानकारी दिनुभयो । दुवै जनालाई उपचारका लागि बुटवल अस्पताल पठाइएको छ । 

अन्य घाइतेमा बाणगङ्गा–५ का बेझे थारू, विजय थारू, कमलेशप्रसाद लोनिया, बाणगङ्गा–९ का रुपलाल गुरुङ, उनकी श्रीमती सुशीला गुरुङ र सात महिनाकी छोरी मिनाक्षी रहेका छन् । बम कसले विस्फोट गराएको भन्ने बारेमा यकिन हुन सकेको छैन 

। नेकपा (एमाले)ले मनोनयन दर्ता गरेर फर्किएपछि नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रको सयुक्त गठबन्धनले मनोनयन दर्ता गर्ने क्रममा सो बम विस्फोट भएको हो । 

विस्फोट विप्लव माओवादीले गराएको आशंका गरिएको छ । रातो टालोसहितको साइकललाई एक अपरिचित व्यक्तिले भीड नजिकै छाडेर गएको केही क्षणमै विस्फोट भएको बताइएको छ ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धारिलो हतियार देखाएर मोटरसाइकल लुट्ने २ जना समातिए नागढुङ्गामा झण्डै ३ केजी चाँदीसहित एक युवक पक्राउ दुर्गा प्रसाईंलाई ४ दिन हिरासतमा राख्न अनुमति नेप्से परिसूचक दोहोरो अंकले घट्यो बेलायत पठाउने भन्दै लाखौँ रकम ठगी गर्ने महिला पक्राउ काठमाडौँमा बढ्दै वायु प्रदूषण, सचेत रहन आग्रह निर्वाचन सफल बनाउन राष्ट्रपतिको आह्वान दुर्गा प्रसाईंलाई बिना सर्त रिहा गर्न आजपाको माग घट्यो सुनको मूल्य कक्षा १२ को वार्षिक परीक्षा तालिका सार्वजनिक तत्काल निर्वाचनमा खटिनुहोला,पार्टीको जिम्मेवारी पछि तोक्नेछौं : कुलमान घिसिङ मोटरसाइकल दुर्घटनामा परी चालकको मृत्यु नेताहरू भ्रष्ट भए, राजनीतिलाई उनीहरूले कमाई खाने भाँडो बनाए: राजेन्द्र लिङदेन नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट काठमाडौँको फोहोर व्यवस्थापनमासमेत अन्तर्राष्ट्रिय चलखेल हुन्थ्यो: बालेन शाह आगामी निर्वाचनपछि बलियो सरकार बन्छ, जनताको समस्या समाधान हुन्छ : लामिछाने कांग्रेसले बोलायो अनुशासन समितिको बैठक लागू औषध ब्राउन सुगरसहित चार जना पक्राउ सुनचाँदीको मुल्य घट्यो पशुपति दर्शनमा आउँदा सुरक्षा सावधानी अपनाउन अनुरोध