२०८२, २८ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

तेह्रथुम - TRT

आठराईमा तामझामका साथ उम्मेदवारी दर्ता

२०७४, ४ असार आईतवार १६:५८

अमृत बास्तोला | असार ४, तेह्रथुम । दोस्रो चरणमा असार १४ गते हुने स्थानीय तहको निर्वाचनका लागि तेह्रथुममा राजनीतिकदलहरु तामझामका साथ उम्मेदवारी दार्ता गरेका छन् । दुई नगरपालिका र चार गाउँपालिका सहति ६ वटा स्थानीय तह रहेको तेह्रथुममा नेपाली काँग्रेस, एमाले र माओवादी केन्द्रले लोपउन्मुख नौमति बाजा, जातिय संस्कृति झल्कने ढोलचान, संगेनी नाच र र्याली सहित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेद्धारी दर्ता गराएका हुन् ।

नेपाली काँग्रेस–माओवादी गठबन्धनले आठराई गाउँपालिकाको अध्यक्ष पदमा नारायण ईङनाम र उपाध्यक्षमा रमिला खनालको उम्मेदवारी दार्ता गरेको छ । ईङनाम नेपाली काँग्रेका हुन भने खनाल माओवादी केन्द्रकी उम्मेदवार हुन । एमालेले गाउँपालिकाको अध्यक्ष पदमा मानबहादुर कन्दङवा र उपाध्यक्षमा रुपादेवि कन्दङवाको उम्मेदवारी दार्ता गराएको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले आठराई गाउँपालिकाको प्रमुखमा धनराज कन्दङवा र उपप्रमुखमा वर्षा इङनामको उम्मेदवारी दर्ता गरेको छ । नयाँ शक्ति पार्टीले अध्यक्षमा टिकाराम गुरुङ र उपाध्यक्षमा हिमा दंगालको उम्मेदवारी दर्ता गराएको छ । संघीय लोकतान्त्रीक राष्ट्रिय मंच, संघीय लिम्बुवान मंच नेपालले प्रमुखमा मृगेन इङनाम र उपप्रमुखमा चुवाङमा कन्दङवाको उम्मेदवारी दर्ता गरेको छ ।

आठराई गाउँपालिकाको अध्यक्ष पदमा सुवास फोम्बोले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । अध्यक्ष पदका स्वतन्त्र उम्मेदवार फोम्बोले गाउँपालिकाको अध्यक्षको लागि प्राप्त तलब एक रुपैयाँ नलिई जनताको आवश्यकतामा खर्चिने बताएका छन् । आठराई गाउँपालिका २, खाम्लुङ निवासी फोम्बो माओवादी निकट हुन ।

आठराई गाउँपालिकामा १२ हजार ५ सय ६७ जना मतदाता रहेको निर्वाचन अधिकृत पदमराज पाण्डेले जानकारी दिए । उनका अनुसार यहाँ १४ मतदान स्थल र १६ मतदान केन्द्र रहेका छन् । 

आचारसहिता दलहरुले पालना गरेन

नेकपा एमाले आठराईमा उम्मेदवारी दर्ताका लागि निकालेको र्यालीमा बालबालिकाको प्रयोग गरेको छ । नाराजुलुस र बाजागाजा सहितको र्यालीमा नौमति बाजाकोलागि दमाह र टेम्पो बजाउन बालकलाई लगाएको हो । निर्वाचन आचारसंहिता अनुसार कुनै पनि दलको जुलुस र र्यालीमा बालबालिकाको प्रयोग गर्न नपाईने आठराई स्थित निर्वाचन अधिकृत पादमराज पाण्डेले जानकारी दिए । निर्वाचन चिन्ह अंकित टिर्सट, टोपी, झोला लगायतका प्रचार सामग्री सहित तेह्रथुममा दलहरुले उम्मेदवारी दार्ता गराएका छन् । ठूला राजनीतिक दल नेपाली काँग्रेस, एमाले, माओवादी केन्द्रले आचारसहिता विपरीत निर्वाचन चिन्ह अंकित प्रचार सामग्री सहितको र्याली प्रदर्शन गरी निर्वाचन कार्यालयमा उम्मेदवारी दर्ता गराएका छन् । आठराई गाउँपालिकामा निर्वाचन चिन्ह अंकित टिर्सट, टोपी, झोला लगायतका प्रचार सामग्री प्रयोग नगर्ने गत जेठ ३० दलहरुले निर्वाचन कार्यालयमा प्रतिवद्धता जनाएका थिए । चुनावी गार्मागर्मी बढेसंगै दलहरुले निर्वाचन आचारसहिता बिर्सिदै गएका छन् । निर्वाचन कार्यालयले निर्वाचन समयावधी भर कुनै पनि जिन्सी प्रचार सामग्री प्रदर्शन तथा वितरण नगर्न दलहरुलाई निर्देशन दिइएको थियो, निर्वाचन अधिकृत पाण्डेले भने यस बिषयमा पुर्न दलहरु सँग छलफल गरिने छ ।

बैशाखी टेकेर उम्मेदवारी दर्ता

आठराई गाउँपालिका वडा नं. २ खाम्लालुङका गजेन्द्रबहादुर चोङवाङले बैशाखी टेकेर आफ्नो उम्मेदवारी निवार्चन कार्यालयमा दर्ता गराएका छन् । गत महिनामा मोटरसाइकल दुर्घटना परी चोङवाङको दायाँ खुट्टा भाँचिएको थियो । चोङवाङले आठराई गाउँपालिका वडा नं. २ खाम्लालुङका लागि नेकपा एमालेको तर्फबाट वडाध्यक्षको उम्मेदवारी दार्ता गराएका हुन् । खाम्लालुङमा रिङ रोड, शिक्षा क्षेत्रमा आमुल परिवर्तनका लागि वडाध्यक्षको उम्मेदवारी दिएको चोवाङले बताए । 

नेपाली काँग्रसले खाम्लालुङमा दिलकुमार फोम्बोलाई वडाध्यक्ष पदका लागि उम्मेदवारी दर्ता गराएको छ । फोम्बो व्यापारबाट राजनीतिमा आएका स्थानीय युवा नेतृत्व हुन् । सम्बृद्ध आठराई निर्माणका लागि खाम्लालुङ प्राकितिक स्रोत र साधानले सम्मपन्न भएकाले पर्यटकिय क्षेत्रको प्रर्वद्धन, खानेपानीको व्यावस्था, सडक निर्माण, शिक्षा, स्वास्थ्य कृषि र बेरोजगारी समस्या हल गर्न वडाध्यक्षमा उम्मेदवारी दिएको फोम्बोको भनाई छ  । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से मन्त्रिपरिषद् विस्तार हुँदै, थप दुई नयाँ मन्त्री नियुक्त पोखरामा महिला हत्या प्रकरणमा संलग्न दुई जना पक्राउ साउदीमा अवैध रूपमा बसेका ६२ जना नेपालीले पाए ‘एक्जिट भिसा’ श्रम स्वीकृतिसम्बन्धी भ्रामक सूचना हटाउन वैदेशिक रोजगार विभागको निर्देशन