मोहम्मद ईजहार शेष | असार ४, परासी | दोस्रो चरणको स्थानीय तहको निर्वाचनमा नवलपरासी प्रदेश नम्बर ५ मा रहेको ७ वटा स्थानीय तह मध्ये दुईवटा स्थानीय तहमा उत्साहपुर्ण तरीकाले"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... मोहम्मद ईजहार शेष | असार ४, परासी | दोस्रो चरणको स्थानीय तहको निर्वाचनमा नवलपरासी प्रदेश नम्बर ५ मा रहेको ७ वटा स्थानीय तह मध्ये दुईवटा स्थानीय तहमा उत्साहपुर्ण तरीकाले"/>
२०८२, ६ फाल्गुन बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नवलपरासीमा कतै उल्लाश र कतै त्राशमा उमेदवारी दर्ता, ५० भन्दा बढि गिरफ्तार

२०७४, ४ असार आईतवार १७:०८

मोहम्मद ईजहार शेष | असार ४, परासी | दोस्रो चरणको स्थानीय तहको निर्वाचनमा नवलपरासी प्रदेश नम्बर ५ मा रहेको ७ वटा स्थानीय तह मध्ये दुईवटा स्थानीय तहमा उत्साहपुर्ण तरीकाले मनोनयन तर्दा भएपनि पाँचवटा स्थानीय तहमा त्राशपुर्ण वातावरणमा मनोनयन दर्ता भएको छ । 

परासी क्षेत्रको सुनवल र बर्दघाट नगरपालिकामा मनोनयन दर्ताको क्षण उमेदवार र तिनका समर्थकहरुका लागि उल्लासपुर्ण रहेपनि त्यो बातावरण राजपाको प्रभाव रहेको पाँचवटा स्थानीय तहमा बन्न सकेन । राजपाको आमसभाको क्रममा सनिवार परासीमा भएको झडप र फायरीङ्गको क्रममा दर्जनौं नेता कार्यकर्ता घाईत्ते भएपछि राजपाको प्रभाव रहेको क्षेत्रमा त्रासपुर्ण वातावरणमा उमेदवारहरु मनोयन दर्ता गराएका छन् । जिल्लाको रामग्राम नप र गाँउपालिकाहरु सरावल , पाल्हीनन्दन , प्रतापपुर र सुस्ता गाँउपालिकामा राजपाको बिरोधका बावजुद  मनोनयन दर्ता भएको छ । मनोनयन दर्ता भईरहेको बेला बिरोध गर्न पुगेका राजपाकाका कार्यकर्ताहरु प्रतापपुर र सुस्ता गाउँपालिकावाट गिरफ्तार भएका छन् । संयुक्त लोकतान्त्रिक मधेसी थरुहट मोर्चाका जिल्ला संयोजक मुकुर्जि गिरीले अहिलेसम्म पचासभन्दा बढि राजपका नेता कार्यकर्ताहरु गिरफ्तार भएको बताउनु भएको छ ।

राजपा नेपालले विरोध गर्ने कार्यक्रम भए आन्दोलनको नेतृत्व गर्ने नेताहरु गिरफ्तार भएपछि कडा सुरक्षा व्यवस्थाका कारण शान्तिपुर्ण तरीकाले उमेदवारी दर्ता भएको छ । जिल्लामा नेपाली कांग्रेस, एमाले, माओवादि, राप्रपा, बहुजन,नयाँ शक्ति नेपाल, नेपाल लोकतान्त्रिक फोरम र संघिय समाजवादि लगायत पार्टिहरुले मनोयन दर्ता गराएका छन् । भने नयाँ शक्ति नेपाल, नेपाल फोरम लोकतान्त्रिक र संघिय समाजवादि पार्टिको गठबन्धन भएको छ ।

कडा सुरक्षाका साथ सुरु भएको उमेदवारी दर्तामा सुनवल नगरपालिका बाट मेयरमा १३ जस्मा स्वतन्त्र ५, उपमेयरमा १० जना छन् भने स्वतन्त्र ३ जना रहेका छन् , बर्दघाट नगरपालिकामा मेयर १३ स्वतन्त्र ५, उपमेयर ७ स्वतन्त्र २, प्रतापुर गाँउपालिकामा अध्यक्ष ८ स्वतन्त्र ३ उपाध्यक्षमा ५, त्रिवेणी गाँउपालिकामा अध्यक्ष ७ उपाध्यक्ष ५, पाल्हीनन्दन गाँउपालिकामा अध्यक्ष ७ स्वतन्त्र ३ उपाध्यक्ष ६ र रामग्राम नगरपालिकामा मेयरमा १० स्वतन्त्र ३ उपमेयरमा ७ जना रहेका छन् । त्यस्तै रामग्राम नगरपालिकाको मेयर पदको १० जना उमेदवमर मध्ये एक तेस्रो लिङ्गि पनि उमेदवारी दिएका छन् । नेकपामाले बाट गिता सैथवारले तेस्रो लिङ्गिमा उमेदवारी दिएको रामग्राम नगरपालिकाका मुख्य निर्वाचन अधिकृत कैलाश केसिले बताउनु भएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धारिलो हतियार देखाएर मोटरसाइकल लुट्ने २ जना समातिए नागढुङ्गामा झण्डै ३ केजी चाँदीसहित एक युवक पक्राउ दुर्गा प्रसाईंलाई ४ दिन हिरासतमा राख्न अनुमति नेप्से परिसूचक दोहोरो अंकले घट्यो बेलायत पठाउने भन्दै लाखौँ रकम ठगी गर्ने महिला पक्राउ काठमाडौँमा बढ्दै वायु प्रदूषण, सचेत रहन आग्रह निर्वाचन सफल बनाउन राष्ट्रपतिको आह्वान दुर्गा प्रसाईंलाई बिना सर्त रिहा गर्न आजपाको माग घट्यो सुनको मूल्य कक्षा १२ को वार्षिक परीक्षा तालिका सार्वजनिक तत्काल निर्वाचनमा खटिनुहोला,पार्टीको जिम्मेवारी पछि तोक्नेछौं : कुलमान घिसिङ मोटरसाइकल दुर्घटनामा परी चालकको मृत्यु नेताहरू भ्रष्ट भए, राजनीतिलाई उनीहरूले कमाई खाने भाँडो बनाए: राजेन्द्र लिङदेन नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट काठमाडौँको फोहोर व्यवस्थापनमासमेत अन्तर्राष्ट्रिय चलखेल हुन्थ्यो: बालेन शाह आगामी निर्वाचनपछि बलियो सरकार बन्छ, जनताको समस्या समाधान हुन्छ : लामिछाने कांग्रेसले बोलायो अनुशासन समितिको बैठक लागू औषध ब्राउन सुगरसहित चार जना पक्राउ सुनचाँदीको मुल्य घट्यो पशुपति दर्शनमा आउँदा सुरक्षा सावधानी अपनाउन अनुरोध