मोहम्मद ईजहार शेष | असार ४, परासी | दोस्रो चरणको स्थानीय तहको निर्वाचनमा नवलपरासी प्रदेश नम्बर ५ मा रहेको ७ वटा स्थानीय तह मध्ये दुईवटा स्थानीय तहमा उत्साहपुर्ण तरीकाले"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... मोहम्मद ईजहार शेष | असार ४, परासी | दोस्रो चरणको स्थानीय तहको निर्वाचनमा नवलपरासी प्रदेश नम्बर ५ मा रहेको ७ वटा स्थानीय तह मध्ये दुईवटा स्थानीय तहमा उत्साहपुर्ण तरीकाले"/>
६ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नवलपरासीमा कतै उल्लाश र कतै त्राशमा उमेदवारी दर्ता, ५० भन्दा बढि गिरफ्तार

४ असार २०७४, आईतवार १७:०८

मोहम्मद ईजहार शेष | असार ४, परासी | दोस्रो चरणको स्थानीय तहको निर्वाचनमा नवलपरासी प्रदेश नम्बर ५ मा रहेको ७ वटा स्थानीय तह मध्ये दुईवटा स्थानीय तहमा उत्साहपुर्ण तरीकाले मनोनयन तर्दा भएपनि पाँचवटा स्थानीय तहमा त्राशपुर्ण वातावरणमा मनोनयन दर्ता भएको छ । 

परासी क्षेत्रको सुनवल र बर्दघाट नगरपालिकामा मनोनयन दर्ताको क्षण उमेदवार र तिनका समर्थकहरुका लागि उल्लासपुर्ण रहेपनि त्यो बातावरण राजपाको प्रभाव रहेको पाँचवटा स्थानीय तहमा बन्न सकेन । राजपाको आमसभाको क्रममा सनिवार परासीमा भएको झडप र फायरीङ्गको क्रममा दर्जनौं नेता कार्यकर्ता घाईत्ते भएपछि राजपाको प्रभाव रहेको क्षेत्रमा त्रासपुर्ण वातावरणमा उमेदवारहरु मनोयन दर्ता गराएका छन् । जिल्लाको रामग्राम नप र गाँउपालिकाहरु सरावल , पाल्हीनन्दन , प्रतापपुर र सुस्ता गाँउपालिकामा राजपाको बिरोधका बावजुद  मनोनयन दर्ता भएको छ । मनोनयन दर्ता भईरहेको बेला बिरोध गर्न पुगेका राजपाकाका कार्यकर्ताहरु प्रतापपुर र सुस्ता गाउँपालिकावाट गिरफ्तार भएका छन् । संयुक्त लोकतान्त्रिक मधेसी थरुहट मोर्चाका जिल्ला संयोजक मुकुर्जि गिरीले अहिलेसम्म पचासभन्दा बढि राजपका नेता कार्यकर्ताहरु गिरफ्तार भएको बताउनु भएको छ ।

राजपा नेपालले विरोध गर्ने कार्यक्रम भए आन्दोलनको नेतृत्व गर्ने नेताहरु गिरफ्तार भएपछि कडा सुरक्षा व्यवस्थाका कारण शान्तिपुर्ण तरीकाले उमेदवारी दर्ता भएको छ । जिल्लामा नेपाली कांग्रेस, एमाले, माओवादि, राप्रपा, बहुजन,नयाँ शक्ति नेपाल, नेपाल लोकतान्त्रिक फोरम र संघिय समाजवादि लगायत पार्टिहरुले मनोयन दर्ता गराएका छन् । भने नयाँ शक्ति नेपाल, नेपाल फोरम लोकतान्त्रिक र संघिय समाजवादि पार्टिको गठबन्धन भएको छ ।

कडा सुरक्षाका साथ सुरु भएको उमेदवारी दर्तामा सुनवल नगरपालिका बाट मेयरमा १३ जस्मा स्वतन्त्र ५, उपमेयरमा १० जना छन् भने स्वतन्त्र ३ जना रहेका छन् , बर्दघाट नगरपालिकामा मेयर १३ स्वतन्त्र ५, उपमेयर ७ स्वतन्त्र २, प्रतापुर गाँउपालिकामा अध्यक्ष ८ स्वतन्त्र ३ उपाध्यक्षमा ५, त्रिवेणी गाँउपालिकामा अध्यक्ष ७ उपाध्यक्ष ५, पाल्हीनन्दन गाँउपालिकामा अध्यक्ष ७ स्वतन्त्र ३ उपाध्यक्ष ६ र रामग्राम नगरपालिकामा मेयरमा १० स्वतन्त्र ३ उपमेयरमा ७ जना रहेका छन् । त्यस्तै रामग्राम नगरपालिकाको मेयर पदको १० जना उमेदवमर मध्ये एक तेस्रो लिङ्गि पनि उमेदवारी दिएका छन् । नेकपामाले बाट गिता सैथवारले तेस्रो लिङ्गिमा उमेदवारी दिएको रामग्राम नगरपालिकाका मुख्य निर्वाचन अधिकृत कैलाश केसिले बताउनु भएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी जुनसुकै भूमिका रहे पनि जनताको सेवामा क्रियाशील हुन्छु : रेनु दाहाल केपी शर्मा ओली झापा पुगे रास्वपामा क–कसले पाए टिकट, को कहाँबाट लड्दै छन् चुनाव ? रास्वपाले आशिका तामाङलाई दियो टिकट केपी शर्मा ओली र बालेन शाह आज झापा जाँदै सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या