७ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

यस्तो छ माओवादी केन्द्रबाट मन्त्री बन्नेहरुको सुची

५ असार २०७४, सोमबार ०८:०९

असार ५, काठमाडौं । माओवादी केन्द्रबाट देउवा सरकारमा एक दर्जन बढी सांसदहरु सहभागी हुने भएका छन् । 

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सरकारमा जानेहरुको नाम टुंगो लगाएका हुन् । प्रचण्डले पार्टीका शीर्ष नेतासँगको सल्लाहपछि सरकारमा जानेको नाम मन्त्रीका लागि छनोट गरेको स्रोतले जनाएको छ । 

प्रधानमन्त्री शेरबहादुर देउवाले असार १५ गतेपछि मन्त्रिमण्डल बिस्तारको तयारी गरिरहेका बेला माओवादी केन्द्रले पार्टीको तर्फबाट सरकारमा जानेहरूको सूची तयार पारेको हो ।

माओवादी केन्द्रका तर्फबाट सरकारमा सांसद शिवकुमार मण्डल, श्यामकुमार श्रेष्ठ र कालिकोटका महेन्द्र शाहीलाई मन्त्री बनाउने तयारी भएको छ । यस्तै माओवादी केन्द्रका तर्फबाट मन्त्रीमण्डलमा सहभागी हुनेहरुको सूचीमा सांसद रेखा शर्मा, सन्तकुमार थारु र मानबहादुर थारुमध्ये एकजना गिरिराजमणि पोख्रेल रहेका छन् ।

पार्टी अध्यक्ष प्रचण्डको कार्यशैलीप्रति बारम्बार असहमति जनाउदै आएका नारायणकाजी श्रेष्ठ समूहबाट पोख्रेल मन्त्री बन्ने पक्का रहेको माओवादी केन्द्र श्रोतले जनाएको छ ।

त्यस्तै राज्यमन्त्रीमा सृजना तरामु मगर, सीता नेपाली, सुरेन्द्रप्रसाद जैशवाल, लालेन्द्रकुमार मण्डलको चर्चा रहेको छ ।

यस्तै माओवादी केन्द्रले सांसद मण्डललाई आपूर्ति र श्रेष्ठलाई सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी दिने भएको छ । पार्टी भित्र युवा नेता शाहीलाई कर्णालीका तर्फबाट जसरी पनि मन्त्री बनाउनुपर्ने भन्दै ब्यापक दबाब सिर्जना भएपछि  उनलाई मन्त्रीको सुचिमा पारेपनि मन्त्रालयको भने टुंगो लगाइएको छैन । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी जुनसुकै भूमिका रहे पनि जनताको सेवामा क्रियाशील हुन्छु : रेनु दाहाल केपी शर्मा ओली झापा पुगे रास्वपामा क–कसले पाए टिकट, को कहाँबाट लड्दै छन् चुनाव ? रास्वपाले आशिका तामाङलाई दियो टिकट केपी शर्मा ओली र बालेन शाह आज झापा जाँदै सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या