२०८२, ४ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

यस्तो छ माओवादी केन्द्रबाट मन्त्री बन्नेहरुको सुची

२०७४, ५ असार सोमबार ०८:०९

असार ५, काठमाडौं । माओवादी केन्द्रबाट देउवा सरकारमा एक दर्जन बढी सांसदहरु सहभागी हुने भएका छन् । 

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सरकारमा जानेहरुको नाम टुंगो लगाएका हुन् । प्रचण्डले पार्टीका शीर्ष नेतासँगको सल्लाहपछि सरकारमा जानेको नाम मन्त्रीका लागि छनोट गरेको स्रोतले जनाएको छ । 

प्रधानमन्त्री शेरबहादुर देउवाले असार १५ गतेपछि मन्त्रिमण्डल बिस्तारको तयारी गरिरहेका बेला माओवादी केन्द्रले पार्टीको तर्फबाट सरकारमा जानेहरूको सूची तयार पारेको हो ।

माओवादी केन्द्रका तर्फबाट सरकारमा सांसद शिवकुमार मण्डल, श्यामकुमार श्रेष्ठ र कालिकोटका महेन्द्र शाहीलाई मन्त्री बनाउने तयारी भएको छ । यस्तै माओवादी केन्द्रका तर्फबाट मन्त्रीमण्डलमा सहभागी हुनेहरुको सूचीमा सांसद रेखा शर्मा, सन्तकुमार थारु र मानबहादुर थारुमध्ये एकजना गिरिराजमणि पोख्रेल रहेका छन् ।

पार्टी अध्यक्ष प्रचण्डको कार्यशैलीप्रति बारम्बार असहमति जनाउदै आएका नारायणकाजी श्रेष्ठ समूहबाट पोख्रेल मन्त्री बन्ने पक्का रहेको माओवादी केन्द्र श्रोतले जनाएको छ ।

त्यस्तै राज्यमन्त्रीमा सृजना तरामु मगर, सीता नेपाली, सुरेन्द्रप्रसाद जैशवाल, लालेन्द्रकुमार मण्डलको चर्चा रहेको छ ।

यस्तै माओवादी केन्द्रले सांसद मण्डललाई आपूर्ति र श्रेष्ठलाई सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी दिने भएको छ । पार्टी भित्र युवा नेता शाहीलाई कर्णालीका तर्फबाट जसरी पनि मन्त्री बनाउनुपर्ने भन्दै ब्यापक दबाब सिर्जना भएपछि  उनलाई मन्त्रीको सुचिमा पारेपनि मन्त्रालयको भने टुंगो लगाइएको छैन । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने विज्ञताका आधारमा मन्त्री छनोट हुन्छः रवि लामिछाने जति ठूलो शक्ति त्यति ठूलो जिम्मेवारी प्राप्त गरेका छौँ: सभापति लामिछाने नारायणगढ-मुग्लिन सडक खण्डका ४३ ठाउँ पहिरोको जोखिममा खोटाङमा हेलिकप्टर दुर्घटना मलाई बोल्न आउँदैन भन्छन्, त्यसकै लागि क्लास राम्रोसँग लिइरहेको छु : आशिका तामाङ जग्गासम्बन्धी विवादमा छोराले गरे आमाको हत्या मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ चुनावी लहरले मात्र दीर्घकालीन राजनीतिक स्थायित्व सुनिश्चित गर्न सक्दैन : शंकर पोखरेल प्रधानमन्त्री कार्कीले पशुपतिमा गरिन् रुद्राभिषेक पूजा सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी पुस्तक जलाएको घटनाको छानबिन गरी कारबाही गर्न गृह मन्त्रालयको निर्देशन १३ अंकले बढ्यो नेप्से सरकारी तलब, भत्ता तथा सेवा–सुविधा नलिने रास्वपा सांसद सुदन गुरुङको घोषणा