दलसिंह गिरी/असार ५, कालिकोट । सिंगो नेपालकै आर्थिक ब्यह्भार थेग्न सक्ने सामथ्र्य कर्नालीमा रहेको बर्तमान संसद सदस्य तुलाराज विष्टले बताउनु भएको छ ।  Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

दलसिंह गिरी/असार ५, कालिकोट । सिंगो नेपालकै आर्थिक ब्यह्भार थेग्न सक्ने सामथ्र्य कर्नालीमा रहेको बर्तमान संसद सदस्य तुलाराज विष्टले बताउनु भएको छ । 

२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

सामर्थ्य सहितको कर्नाली, राज्यको उपहास: सांसद विष्ट

५ असार २०७४, सोमबार ०९:३१


दलसिंह गिरी/असार ५, कालिकोट । सिंगो नेपालकै आर्थिक ब्यह्भार थेग्न सक्ने सामथ्र्य कर्नालीमा रहेको बर्तमान संसद सदस्य तुलाराज विष्टले बताउनु भएको छ । 

आम्दानीको प्रमुख श्रोतको रुपमा रहेको जलसम्पदालाई मात्र प्रबर्धन गर्न सके सिंगो नेपालकै आर्थिक ब्यह्भार थेग्न सक्ने विष्टले बताउनु भएको हो । अन्तरदेशिय जलसुशासन, खानेपानी तथा सरसफाईका सवालका बारेमा आइतबार आयोजित एक अन्तरक्रिया कार्यक्रममा बोल्दै विष्टले कर्नाली क्षेत्रका सम्भाब्यता, भौगोलिक अवस्था, यहाको परिस्थीतिको कुनैपनि अध्ययन नगरी राज्यले अझैपनि कर्नालीलाई शौतेनी ब्यवहार देखाएको आरोप लगाउनु भएको छ । राज्य स्तरबाट बजेट विनियोज देखि सरकारको अर्थपूर्ण प्रतिनिधित्व छनोट सम्म पनि सौतेनी ब्यवहार देखाएको भन्दै यस्तो आरोप लगाउनु भएको हो । 

जल, जमिन, जडिबुटी, जंगल, र पर्यटकिय क्षेत्रको भण्डारण रहेको कर्नाली भन्दै फुका गफ हाक्ने शिर्षर्थ नेताहरुले ब्यवहारत अपमान शैली देखाउने गरेको बताउनु भएको छ । कर्नाली समृद्धिका लागि अबको नयाँ जनप्रतिनिधिहरुले केन्द्रको मुख नताकि यो पाटी त्यो पाटी हैन जनताको जनप्रतिनिधिको रुपमा एक ढिक्का भएर समृद्धिमा लाग्नुपर्ने बताउनु भएको छ । 

किर्डाक नेपाल कालिकोटको सहजिकरण, जिल्ला खानेपानी तथा स्वच्छता समन्वय समितिको समन्वय, खानेपानी तथा सरसफाई उपभोक्ता महासंघ नेपाल कालिकोटको आयोजनामा आयोजित १ दिने अन्तरक्रिया कार्यक्रममा गाउ तथा नगरपालिकाका जनप्रतिनिधिहरुले अबको ५ बर्षमा गाउ समाज हुदै सिंगो कर्नाली समृद्धिका लागि प्रमुख सवाल केलाउदै समाधान उपाय सहित अगाडी बढ्ने प्रतिवद्धता गरेका छन् । अन्तरक्रियामा बोल्दै जनप्रतिनिधिहरुले समाज परिवर्तनको पहिलो आधार ब्यवहार परिवर्तन, शिक्षा र सरसफाइ भएकाले यसको प्रत्याभूतिको लागि आफ्नो पहिलो काम रहने बताएका छन् ।

बर्तमान संसद सदस्य विष्टको प्रमुख आथित्यता, खानेपानी तथा सरसफाई उपभोक्ता महासंघ नेपाल कालिकोटका अध्यक्ष चित्रसिंह गाउलेको अध्यक्षतामा आयोजित अन्तरक्रियामा जिल्लामा पानीको अवस्था, यसको उपयोग र अबको आवश्यकताबारे छलफल गरिएको छ । 

गाउपालिका तथा नगरपालिकाका जननिर्वाचित प्रमुख, उपप्रमुख तथा कार्यालयका कार्यकारीहरुको उपस्थिति, पत्रकार, नागरिक समाज, खानेपानी तथा सरसफाई संग काम गर्ने गैससका प्रमुख प्रतिनिधि सरकारी कार्यालयका प्रमुख प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य