जितेन्द्र खत्रि/असार ६, अर्घाखाँची ।  राष्ट्रिय जनमोर्चाले ठुलो शक्ति प्रदर्शन सहित अर्घाखाँची जिल्लाको भुमिकास्थान नगरपालिकामा आफ्नो उम्मेदवारी दर्ता गराएको "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

जितेन्द्र खत्रि/असार ६, अर्घाखाँची ।  राष्ट्रिय जनमोर्चाले ठुलो शक्ति प्रदर्शन सहित अर्घाखाँची जिल्लाको भुमिकास्थान नगरपालिकामा आफ्नो उम्मेदवारी दर्ता गराएको "/>

२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्घाखाँची - AGK

भुमिकास्थान नगरपालिकामा राष्ट्रिय जनमोर्चाद्वारा शक्ति प्रदर्शन

६ असार २०७४, मंगलवार ०१:०५


जितेन्द्र खत्रि/असार ६, अर्घाखाँची ।  राष्ट्रिय जनमोर्चाले ठुलो शक्ति प्रदर्शन सहित अर्घाखाँची जिल्लाको भुमिकास्थान नगरपालिकामा आफ्नो उम्मेदवारी दर्ता गराएको छ । 

राष्ट्रिय जनमोर्चाबाट भुमिकास्थान नगरपालिकाको मेयर पदमा कविराम खनाल, उपमेयरमा शकुन्तला रानाले आ(आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् । उम्मेदवारी दर्ता गर्ने क्रममा जिल्लाको भुमिकास्थान नगरपालिकामा राष्ट्रिय जनमोर्चाले शक्ति प्रदर्शन गरेको छ । उक्त प्रदर्शनमा ७ हजार भन्दा बढीको उपस्थिती रहेको थियो । जुन राष्ट्रिय जनमोर्चाको प्रदर्शन सन्धिखर्क लगायत जिल्लाभर अन्य दलका समर्थकहरुको उपस्थिती भन्दा बढी हो ।


उम्मेदवारी दर्ताको लागि राष्ट्रिय जनमोर्चाका हजारौं समर्थकहरुको बाजागाजा सहित उपस्थिती रहेको थियो । भूमिकास्थानमा अन्य दल भन्दा राष्ट्रिय जनमोर्चाको अवस्था बलियो छ । यहाँ कांग्रेस र माओवादीको तालमेल भएता पनि जनमोर्चाले सहजै जित्ने अनुमान गरिएको छ ।  साथै यस नगरपालिकामा  कांग्रेस र माओवादीले तालमेल गरे पनि राष्ट्रिय जनमोर्चाले  सहजै जित्ने अनुमान गरिएको छ । 

भुमिकास्थान नगरपालीकामा राष्ट्रिय जनमोर्चाबाट मेयरमा कविराम खनाल र उपमेयरमा शकुन्तला राना, कांग्रेसबाट उपमेयरमा खडानन्द बेल्वासे, एमालेबाट मेयरमा पिताम्बर भुसाल र उपमेयरमा सुनिता बेल्वासे, माओवादी केन्द्रबाट मेयरमा रेशम थापा , नयाँशक्तीबाट मेयरमा प्रेम बन्जाडे र उपमेयरमा गगां घिमिरे,  राप्रपाबाट मेयरमा धनबहादुर रायमाझी र उपमेयरमा प्रवित्रा पौडेलको मनोनयन दर्ता भएको निर्वाचन अधिकृत चेतप्रसाद उप्रेतीले जानकारी दिए ।  


यस गाउँपालिकामा कुल १८ हजार ३ सय ८ मतदाता रहेका छन् ।  जसमध्ये ८ हजार ७ सय ६५ पुरुष मतदाता रहेका छन् भने ९ हजार ५ सय ४३ महिला मतदाता रहेका छन् । उता उम्मेदवारी दर्ता पछि पनि  नेकपा एमाले र राष्ट्रिय जनमोर्चाको पनि तालमेलको लागि छलफल भईरहेको छ । 

स्रोतका अनुसार सन्धिखर्कको मेयरमा एमाले र उपमेयरमा राष्ट्रिय जनमोर्चालाई दिने, यस्तै भूमिकास्थानको मेयर पदमा राष्ट्रिय जनमोर्चालाई र उपमेयरमा एमालेलाई दिने गरी छलफल भएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान